|
|
FE |, |
संस्मरण ले ह्या
fi । माधव सयपत्री
I.
| त भकम्पनको त्रासदी
ial
जहाँ भुंगैर अड्छु, एक टुक्रा घर्तीमाथि हुन्छु ।'
घर्ती, पृथ्वी अर्थात् माटोप्रति समिति यी शब्दबिम्वर साहित्यकार पारिजातका
हुन् । मानिसलगायत जीवहरू जहाँ, जति हिँडे पनि पुग्ने ठाउँ यै घर्ती नै हुन्छ । हिँडेर
कोही कहीँ पुग्दैन । जब हामी हिँडिरहेको घर्ती नाङ्लोमा पिठो छिन्किएमैँ उफ्रन्छ,
घर्तीबासी हामी मानव कहाँ जाने ? साँच्चै यो घर्तीमा सुरक्षित टुक्रा कहाँ छ ?
शनिबारको दिन । घरमै थिएँ | दिउँसै निद्राले झुम्म पारेको थियो | सुत्न खोज्दा
श्रीमतीले भनिन्, 'लेख्नपढ्न समय पाइनँ मन्ने अनि दिउँसै सुत्ने। लेखेर बस्नु
क्या !' मलाई अर्ती दिएर उनी. खेततिर बाख्रालाई घाँस काट्न हिँडिन् । सोचेँ, 'ठिकै
भनिन् । आ, सुत्दिनँ । एउटा रचना तयार पार्छु ।' एउटा बालकथाको फ्रेम कापीमा
तयार गरेँ र कथा टाइप गर्न थालेँ ।
तिन सय एकसठ्ठी शब्द टाइप गरेको रहेछु। आफू बसेको कुर्सी एक्कासि
हल्लिएको अनुभव भयो| टिमी बन्द भयो । बत्तीको लाइन काटिदिएछ । कुर्सी
लगातार हल्लिएकै थियो | मूकम्प आएको पक्का भएपछि बार्दलीमा निस्किएँ । बत्तीको
मेनस्विच अफ गरेँ । घर बेस्सरी हल्लिएपछि जिउ लर्खरायो । माथिबाटै बारीमा हाम
फालेँ । २०४५ सालको भूकम्पमा पनि मैले भ्यालबाट हाम फालेर ज्यान जोगाएको
fot | त्यो साल पनि घर भत्केको थियो|
अलि पर गएँ र घरतिर हेरेँ | हुरीमा रूख हल्लिएमँ' घर यता र उता गर्दै
थियो । हेदहिरदै घरको गारोको माटो झर्न थाल्यो | सुरुदेखि नै घर चर्कन थाल्यो।
जमिनमा अडिन गाह्रो भयो । ढल्न पो आँदैँ । घाँसको 'बुटो समातेँ, जरै उखेलियो ।
भिरालो खरपाखोमा पछारिएँ। घर्खराउँदै उठेर दहो गरी समातँ।
घर हल्लिरहेकै थियो | हेर्दाहेर्दै घरको एकपाखो झत्यो। लौ, घर सकियो ।
लगाएको कपडाबाहेक केही छैन । मलाई घरको भन्दा घरभित्र मएका किताब र
ल्यापटपको चिन्ता लाग्यो । ल्यापटप पनि चकनाचुर भयो होला । अब कसरी लेख्ने
काम गर्ने । लौ ! मेरो मनचिन्ते भाँडो सकियो ।
पारिपट्टि हेरेँ । वर्लङ्गबलङ्ग घरं ढल्दै थिए । घुलोले आकाशै ढाकेजस्तो भएको
थियो । अब सकेरै छाड्ने भयो । किताब र कम्प्युटरको चिन्ता हरायो । आफू उमिएको
धर्ती नै फाद्न आँटेपछि किताबको चिन्ता गरेर के काम । कम्प्युटरको के माया |
लाग्यौ- अब आफू उभिएको 'जमिन चिरिन्छ ₹ म त्यै चिरामा विलिन हुन्छु।
भूकम्प रोकिए पनि मलाई अत्यास लागिरह्यो । गाउँघरमा मानिस चिच्याउँदै
बारीतिर कुद्न थाले । मैले उनीहरूलाई सुरक्षित रहँन उर्दी गरेँ । मतानमुनि बाँधिएका
बाखा फुकाइदिन त्यता गएँ | मतान पनि ढल्मै आँटेको थियो । बाख्रा उघ्राइबसेका
200२ जेठ ।४ ९
em ङा हे । 0 रै भि क eee eee
|
|
|