त १ त ( $ । ३ 4 ; $ कलाणातागाररण्तिलगि पय म निहमाकात दो लमा रमाना जज _ककाल टा रु रमा? र छ5०5:52006 उखु 22000004 3207 लि शि तत्त्व नि गि पिजिति उ डड का र पतिको मा क) पि रात त? राई? 0070 एन्गु हि । 04 हे? पप न क च्क बु हयाणणबजाकणापणाणका एमा सपापमाकयरासाबएकणाणाडडाणाडाणकायाडाणणकाङ दमिएहएण छायड 2 क कागकाणणाएकाणाणाण मा डाडिसाबटाणक पमा जमा फाडिएणाणणकिदिजकाकाणाबटट नयस यज्य --य्माज विकासवादीहरू कसैले विकासले अन्ततोगत्वा विनाश निम्त्याउँछ भन्छन्‌ मने कतिपयले विनाशबाटै विकास सम्भव छ भन्छन्‌ । नेपालको सन्दर्ममा भूकम्पले ल्याएको विनाशबाटै सुरक्षित पुनर्निर्माणमार्फत दुतगतिमा विकासलाई आत्मसात गरी आर्थिक, सामाजिक, सांस्कृतिक, मीतिक विकासमार्फत देशलाई समृद्धिको बाटोतर्फ अगाडि बढाउनुपर्ने आवश्यकता र जनताको माग बनेको छ। कुनै पनि क्षेत्र वा इलाकाहरूमा समान प्रकृति र परिस्थितिमा रहेका महिला, पुरूष, वृद्ध, बालबालिका लगायतको जमातलाई समुदाय भनिन्छ । समुदायभित्रका सामाजिक, संस्कार, संस्कृति सम्पदा, ज्ञानगुन, सामाजिक विशेषता र सीपको उचित परिचालन गरी त्यो समाजको सामाजिक, आर्थिक उत्थान गर्नु नै वास्तवमा समुदाय परिचालन हो । हाम्रोजस्तो जातीय, वर्गीय, क्षेत्रीय, धार्मिक, मौगोलिक विविधतायुक्त समाजमा समुदायको सही, दिगो र छिटो विकासको लागि समुदायको उचित परिचालन अपरिहार्य छ । वि.सं. २०७२ वैशाख १२ गते गएको भूकम्प र त्यसपश्चातका पराकम्पनहरूको कारणले हाम्रो मुलुक निकै प्रभावित भएको छ। मुख्यगरी १४ जिल्लामा लगभग नौ लाख घर क्षतिग्रस्त मएको, आठ हजार आठसय ५६ जनाले ज्यान गुमाएको, २२ हजार जना अङ्गमङ्ग र घाइते भएको, सयौँ विद्यालय, पाटीपौवा, मठमन्दिरहरू क्षतिग्रस्त मएको राष्ट्रिय योजना आयोगको रिपोर्टले देखाएको छ। विनाशकारी भूकम्पले भौतिक र मानवीय क्षतिको साथै मान्छेको मन पनि भत्काएको छ । यस्तो विकराल अवस्थामा भूकम्पपीडित समुदायमा सरकारद्वारा राहत मलमपट्टि लगाउने प्रमुख माध्यम नै स्थानीय जनताको सहभागिताको आधारमा सही समुदाय परिचालन गर्न सक्नु हो । यसबाट त्यहाँका पीडित जनता आशावादी, उत्साही बन्छन्‌ । उनीहरूको सरकारसँगको निकटस्थता, सरकारमा आफ्नो पँहुच र आफ्नो गुनासा सजिलै सरकारसँग राख्न सक्ने अवस्थाको सिर्जना हुनेछ । यसको लागि पुनर्निर्माण प्राधिकरणले जनतालाई केन्द्रविन्दुमा राखेर जनताको हितलाई सर्वोपरि ठानेर जनतामाझ “चुलोदेखि कुलोसम्म, छानोदेखि मानोसम्म” जस्ता नेपाली समाज र माटो सुहाउँदो समुदाय परिचालन अभियान सञ्चालन गरी पीडित जनताको आँशु सरकारले पुछ्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ । स्थानीय समुदायको सहभागिता, संलग्नता, साथ र समर्थनविना विकासका कुनै पनि कार्यक्रम सफल हुन सक्दैनन्‌ भन्ने तथ्यलाई पुनर्निर्माण प्राधिकरणले मनन गरी जनताको मुहारमा हाँसो ल्याउन सही समुदाय परिचालन गर्नतर्फ निकै गम्मीर भएर सोच्न आवश्यक छ। पछाडि पारिएकालाई अगाडि ल्याउने, जनता केन्द्रित मोडेल, जनसहभागिता मोडेल जस्ता विकासे मोडेलहरूलाई पुनर्निर्माण प्राधिकरणले समुदाय परिचालनमार्फत राज्यबाट टाडा रहेका गाउँवस्तीका मानिससम्म पुग्याउन सक्नुपर्छ । नेपालमा विगतका विकास परियोजनाहरूमा टाठाबाठा र सीमित मानिसहरूले आफ्नो व्यक्तिगत फाइदा र चाहनालाई केन्द्रविन्दुमा राखेर समुदाय परिचालन अभियानलाई आफ्नो नियन्त्रणमा राखेको देख्निछ । यसले गर्दा लक्षित वर्ग र समुदायले उनीहरूको लागि ल्याइएको विकासको अभियान र प्रतिफलबाट प्रत्यक्ष लाम लिन सकेको देखिँदैन । त्यस्ता आयोजना असफल भएको पाइन्छ । त्यसैले पुनर्निर्माण अभियानमा समुदाय परिचालनमा उचित ध्यान दिनुपर्छ । विकास मान्छेको मुहारमा झल्किन्छ भन्ने मान्यतालाई सार्थकता दिन समुदाय परिचालनको ठूलो भूमिका रहन्छ। यसलाई सफल बनाउन सरकारले स्थानीय निकायको निर्वाचन तत्काल गराउनुपर्छ जसबाट जनताले आफ्ना प्रतिनिधिमार्फत गाउँ, टोल, जिल्ला हुँदै केन्द्रसम्म आफ्नो पहुँच पुग्याउन सक्छन्‌ । आफ्ना पीडा र आवश्यकता सम्बन्धित निकायसम्म पुग्याई आफूले चाहेजस्तो विकास र प्रविधिलाई भित्रुयाउन सकछन्‌ | मूकम्परहित मात्र होइन, आफ्नो समाज र संस्कृति अनुकूल स्थानीय साधन स्रोत र सीप प्रयोग गरी घर, वस्ती, पार्टीपौवा, मठमन्दिर, पुल कुलेसो, पँधेरो आदि निर्माण गर्न सक्छन्‌ । त्यसैले स्थानीय निकायको निर्वाचन पनि समुदाय परिचालनमार्फत पुनर्निर्माण प्राधिकरणलाई सफल बनाउने एउटा प्रमुख आधार बन्न सक्छ | सङ्गठन विकास र परिचालन, सीप विकास र परिचालन, पुँजीको: विकास र परिचालन, प्रविधिको विकास र परिचालन गरी समुदायमा भौतिक, आर्थिक, सामाजिक, साँस्कृतिक विकास गर्दै समग्र राष्ट्रको चौतर्फी विकासको लागि समुदाय परिचालनको अति महत्व छ । पुनर्निर्माण प्राधिकरणले सही समुदाय परिचालन गर्न सकेको खण्डमा जनताले सोचेझैँ चौतर्फी विकासको महसुस हुनसक्ने छ। यसो भएमा सुरक्षित पुनर्निर्माणमार्फत समृद्ध नेपाल निर्माण गर्न धेरै समय लाग्ने पनि छैन | तर पुनर्निर्माण अभियानमा इञ्जिनियरलगायत प्राविधिक, प्रशासकहरूको मात्रै हालिमुहाली गराई स्थानीय समुदायको ज्ञान, सीप, प्रथा, परम्परा, कला, धर्म, संस्कृति आदिलाई बेवास्ता गरी कार्य अगाडि बढाउन थालियो भने राउटे समुदायलाई सरकारले सहरमा बस, पक्की घर बनाइदिन्छु भन्दा नमानेजस्तै हुनेछ | दुर्गम्य क्षेत्रका भूकम्पपीडित जनताले आफूले चाहेजस्तो आफू, आफ्नो समाज र संस्कृति अनुकूल घर, वस्ती, मठमन्दिर र पाटीपौवा, पुल कुलेसो पाउने छैनन्‌ । आधुनिक प्रविधिका घर र वस्तीहरूमा आफूलाई सामाजिकीकरण, साँस्कृतीकरण गरी बस्न सक्ने छैनन्‌ । पीडित जनता आफूले चाहेको, खोजेको, रोजेको नेपाली समाज, संस्कृति र माटो सुहाउँदो पुनर्निर्माण अभियानमा वञ्चित हुने छन्‌ । त्यसैले यसमा नेपाल सरकार र पुनर्निर्माण प्राधिकरणको ध्यान जान आवश्यक छ। ४ 0025/170/0८020707019(09277471 | भमगममममममतसमममममममममममम नत त न री रपएरवाफ्र”- (- छ ०2002. फाणुव १९ (००8 १९, ,% 100)