७) । चि को क्‌ 0 ७ ४ ५ १ छ| )) सम्पादकीय धरहरा म बनाउँछ अशि ह्‌ नाउँछु अभियान गत वैशाख १२ गते गएको भूकम्पमा ७५३ वटा ऐतिहासिक सम्पदाको क्षति भएको भए पनि सबैभन्दा बढी चर्चा धरहराले पाएको थियो। भूकम्पले ठूलो धनजनको क्षति गत्यो तर सबैभन्दा चित्त दुखाइ धरहरा ढलेकोमा भएको थियो । धरहरा एउटा स्तम्भ मात्र नभएर काठमाडौँ उपत्यकाको विशिष्ट परिचय पनि हो। आम नेपालीले आफ्नोपनको गौरव ठानेको सुन्धारामा रहेको ऐतिहासिक धरहरा स्वाभिमानको प्रतीकको रूपमा नेपालीको नै खर्चमा पुनःनिर्माण गर्ने सङ्कल्प अभियान सुरू भएको छ। भूकम्पको कारण भग्नावशेषमा परिणत भएको धरहरा परिसरमा आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा म बनाउँछु भन्ने सङ्कल्प अभियानको प्रारम्भ गर्नुभएको छ। सो अवसरमा प्रधानसन्त्री ओलीले भूकम्पले हाम्रा ऐतिहासिक सम्पदा ढाले पनि नेपालीको इतिहास, आत्मविश्वास, | | गौरव र राष्ट्र निर्माणको सङ्कल्प नढलेको बताउनुभएको छ। सम्पदा |. पुनःनिर्माणमा विदेशी सहयोग उपणुक्त नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालीको इतिहास, कला, संस्कृति, आस्था र विश्वासका | ॥ धरोहरका रूपमा रहेका त्यस्ता सम्पदालाई प्रत्येक नेपालीले स्वामित्व | ग्रहण गर्ने गरी आफैँ निर्माण गर्नुपर्ने तर्फ पनि जोड दिनुभएको छ। नेपाल र नेपालीले गौरव गर्ने हाम्रा प्रकृति, संस्कृति जस्तै | ऐतिहासिक सम्पदाहरू त्तै हुन्‌। यी सम्पदामा आफ्नोपन जोगाइ राख्नको लागि नेपालीहरूले गरेका थोरै सहयोगले पनि महत्त्वपूर्ण अर्थ राख्दछ। धरहरा पुनःनिर्माणमा गरेको सहयोगले नेपालीलाई आफ्नो सम्पदासँग | भावनात्मक सम्बन्ध कागय्रम गराउने छ । प्रत्येक नेपालीलाई धरहराको | . पुनःनिर्माणमा मेरो पनि योगदान छ भन्ने गौरवको अनुभूति पनि हुनेछ। | . यसबाट राष्ट्रिय भावनाको विकास हुने कुरामा कुतै शङ्का छैन। । नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले रणबहादुर शाहकी रानी ललितत्रिपुरासुन्दरीको सम्झनामा वि.सं. पदद२ सा निर्माण । गर्न लगाएको धरहरा १९९० सालको महाभूकम्पमा भत्किएको थियो। | त्यसबेला दुई वर्षभित्र तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पुनःनिर्माण | गर्न लगाउनुभएको थियो। पहिले २०३ फिट उचाइको धरहरा | ' पुनःनिर्माणपछि २५० फिटको हुनेछ। यो १९९० साल अघिको उचाइ | . हो। पुनःनिर्माणपछि धरहराको स्वरूप पहिलेको जस्तै देखिए पनि भूकम्पजस्ता प्राकृतिक विपद सहतन गर्नसक्ने र फराकिलो हुनुपर्नेतिर भने | | ध्यान 'जानु आवश्यक छ। काठमाडौँको अत्यन्त व्यस्त ठाउँमा धरहरा | : | भए पनि यसले ओगटेको पाँच रोपनीभन्दा बढीको जग्गालाई वैज्ञानिक | तरिकाले व्यवस्थापन गर्न जरूरी हुन्छ। । धरहरा म बनाउँछु भन्ने सङ्कल्पलाई सार्थक बनाउन प्रत्येक | "| नेपालीको साथ र सहयोगको आवश्यक हुन्छ। यसका लागि अभियानको | .| उद्घोष गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक महिनाको तलब दिने | ॥| घोषणा गर्नुभएको छ। सोही समारोहमा रामगोपाल यादवले एक हजार | एक सय दुई रुपियाँ पुरातत्त्व विभागका महानिर्देशकलाई हस्तान्तरण | : | गरेर यो अभियानमा सहयोग गर्ने पहिलो सर्वसाधारण बन्नुभएको छ। ॥ हिन्दु, मुस्लिम र इसाई धर्मावलम्बीहरूको साझा प्रतीक मानिँदै आएको | ॥ धरहरा पुनःनिर्माणका लागि स्वदेश तथा विदेशमा बस्ने नेपालीको | सहयोग हुनु आफैँमा उपलब्धिको विषय हुनेछ। यसरी ऐतिहासिक्र | | सम्पदाको पुनःनिर्माणमा सहयोग गरेर धरहरा बनाउनमा मेरो पनि योगदान छ भन्ने गर्वबोध गर्न पाउनु ठूलो अवसर र उदाहरण पनि | बन्त सको देखिन्छ।