' पर, बु वि.सं. २०१३ असोज ६ गते धादिङको चैेनपुर-५, साल्भासमा जन्मनुभएका संविधानसभा सदस्य गुरुप्रसाद बुर्लाकोटी २०२६ सालमा भीमोदय माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्दा नै अखिलको पक्षमा लागेर १३ वर्षको उमेरदेखि राजनीतिमा प्रवेश गर्नुभयो । २०३६ सालसम्म धादिङमा कुनै कम्युनिस्ट सङ्गठन थिएन । उहाँकै सक्रियतामा २०३६ सालमै तत्कालीन मालेको जिल्ला सङ्गठन खोलियो । तीन कार्यकाल नेकपा (एमाले) को जिल्ला सचिव र एक कार्यकाल जिल्ला अध्यक्ष भएर उहाँले जिल्लामा १५ वर्ष पार्टीको नेतृत्व गर्नुभयो । राजनीतिक सक्रियता देखाएको आरोपमा २०४४ सालमा पञ्चायती सरकारले उहाँलाई पक्राउ गरी एक वर्ष जेल सजाय दियो । २०४६ मा पनि आन्दोलनका क्रममा पक्राउ परेर दुई महिना जेल सजाय उहाँले भोग्नुपरेको थियो । सभासद्‌ बुर्लाकोटी धादिङ क्षेत्र न॑ २ बाट २०७० साल मङ्सिर ४ मा भएको संविधानसभा निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित हुँदै सभासद्को भूमिकामा सक्रिय हुनुहुन्छ । उहाँसँग गोरखापत्रका लक्की चौधरीले गर्नुभएको : क्राकानीको सार : त “अक क. हि ८ हु १ 000? 0070 त गह न 0000? ।।।ि। (0 वैशाख १२ गते भूकम्प जाँदा कहाँ हुनुहुन्थ्यो ? भूकम्प जानु केही समयअघि घादिङमा एउटा विद्यालयको कार्यक्रमका लागि साथीसँग खाल्टे गाविस जाँदैथिएँ। बाटोमा भीर काटेको पाँच सेकेन्ड जतिमात्र भएको थियो । पछाडिबाट भीर खसेर सडक पुरियो । थोरै समयले फरक पप्यो, हामी दुवैजना पुरिन्थ्यौँ । धन्न भगवान्‌ दाहिना भएर बाँचियो । म मोटरसाइकलको पछाडि बसेको थिएँ। न (0 भूकम्पले घादिङमा के कति जनघनको क्षति भयो ? भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकबाट धादिङ जोडिएको जिल्ला भएकाले धेरै जनधनको क्षति भयो । तथापि भूकम्पको कम्पन त्यहाँबाट पूर्वी क्षेत्रतिर लागेकाले तुलनात्मकरूपमा नजिक भएर पनि कम क्षति भयो भन्न सकिन्छ । घादिङमा ७३३ जनाको भूकम्पमा परी मृत्यु मयो । ६७६ जनाले जिल्लाभित्रै र अन्यले काठमाडौं र अन्य जिल्लामा कामको सिलसिलामा गएर मृत्युवरण गर्नुभयो । जसमा २९१ पुरुष र ३८५ जना महिला छन्‌ । तीन हजारभन्दा बढी घाइते भए | जिल्लाको कुल ९५ हजार घरघुरीमध्ये ५५ घर भत्किएको 'छ | २०६८ को जनसंख्या अनुसार ७३ हजार घरधुरी देखाएको थियो तर अहिले संख्या बढेको पाइयो । ढुङ्गामाटाको घर कुनै बाँकी छैन । करोडौंको क्षति भएको छ। ५८७ विद्यालयमा पाँच हजार ४५९ कक्षा कोठामध्ये तीन हजार जति कक्षाकोठा पूर्ण क्षति भएका छन्‌ । खानेपानीका पुराना मूल सबै सुके । खानेपानीका पाइप र नहर सबै फुटेका छन्‌ । एक हजार जना जति जिल्लाबाट विस्थापित भएका छन्‌ । (0 छादिङमा पुनर्निर्माणको काम कसरी भड्रहेको छ ? धादिङको क्षेत्र नं. १ मा सबैभन्दा बढी क्षति पुगेको छ । पुनर्निर्माण होइन अब नवनिर्माणको काम गर्नुपर्छ । नवनिर्माणको काम पनि दुर्गमबाट सुरुआत गर्नुपर्छ । हामीले हाम्रो जिल्लामा त्यही गरेका छौं । मलाई लाग्छ घादिङमा अन्य जिल्लाको तुलनामा व्यवस्थितरूपले राहत वितरण र उद्धारको काम भयो । भत्केका संरचनाको पुनर्निर्माण पनि व्यवस्थितरूपले भइरहेको छ । गाँस, बास, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सरकारले ध्यान दिनुपर्छ । यस्तो बेला दलका नेता र सरकार संवेदनशील नभए राजनीतिमा युग परिवर्तन हुनसक्छ । जनता नयाँ नेतृत्वको खोजीमा लाग्छन्‌ । यो भूकम्पलाई अवसरको रूपमा लिई पुनर्निर्माणको काम सरकार र दलबाट हुनुपर्छ । 9 सरकारले आधुनिक प्रकृतिको घर डिजाइन .र निर्माणको तालिम दिनुपर्छ । विपत्तिसँग सामना गर्ने तालिमको व्यवस्था गरिनुपर्छ । सरकारले घर निर्माणका लागि दिने भनेको दुई लाख अनुदान र सहुलियत क्रणको रकम बढाउनुपर्छ । दुर्गम गाउँका नागरिकले भत्केको घरको जग्गा राख्न आए बैङ्खले क्रण दिँदैन। सरकारले सहुलियतमा क्रण दिने व्यवस्था गरिदिनुपर्छ । 0) विपत्तिको सामना गर्ने सरकारी तयारीको मूल्याङ्कन मर्नुभयो ? सरकारको कुनै तयारी थिएन | लामो समयदेखि नेपालमा भूकम्प आउँछ भन्ने अनुमान गरिएको भए पनि सरकारको तयारी शून्य अवस्थामा थियो | भगवान्‌ दाहिना भएकाले शनिवार दिउँसो भूकम्प आयो र धेरै क्षति हुन पाएन । अरू दिन मूकम्प आएको भए, राति भूकम्प आएको मए लाखौँको ज्यान जान्थ्यो । सरकारको तयारी त थिएन-थिएन नागरिकको तयारी पनि थिएन | निकै लापरवाही ढङ्गले माटा र ढुङ्गाले घर निर्माणको काम भयो। (0 पुनर्निर्माणमा सरकारको काम प्रभावकारी हुन सक्तेको छ? बिल्कुलै छैन। यो सरकारले पुनर्निर्माणमा तागत लगाएकै छैन। नचल्ने गोरुको चालमा सरकारको हिँडाइ छ । पहिलो किस्ताबापत तत्काल राहतका लागि प्रदान गर्ने मनिएको १५ हजार रुपियाँ पनि पीडितले पाउन सकेका छैनन्‌ । जिल्ला प्रशासन कार्यालयलाई सोध्दा गृह मन्त्रालयबाट निकासा भएको छैन भन्छ । गृह मन्त्रालयलाई सोध्दा अर्थ मन्त्रालयले बजेट निकासा गरेन भन्छ । यस्तो बेलामा नागरिक निराश नभएर के होलान्‌ ? सरकारको काम गर्ने स्पष्ट योजना नै आएन । पुनर्निर्माणको काम एकदम सुस्त छ | यो प्रवृत्तिबाट जनताले राहत महसुस गर्न सक्दैन । घादिङको दैवीप्रकोप व्यवस्थापन समितिका तर्फबाट एकदम व्यवस्थितरूपले काम भयो । नवनिर्माणमा त्यसरी हुनसके काम प्रभावकारी हुनसक्छ । सरकारको कर्मचारी संयन्त्र परम्परागत छ । निकासा गर्ने शैली पुरानो (22034120101| र ढिलो छ। यस्तो विपत्तिका बेलामा सरकारको काम र कार्यकुशलता प्रभावकारी हुनुपर्छ । त्यो हुनसकेको छैन । नवनिर्माणका बेला सरकारले साना काममा अल्फिनु ठीक हुँदैन । ५ (0 राहत वितरणमा घेरै गुनासो आयो, अपारदर्शिताको आरोप लाग्यो घादिङमा कस्तो रहयो ? भूकम्प सबैको घरमा आएको हो । उसकोमा आयो मेरोमा आएन भन्ने होइन । सीमित स्रोतसाधन भए पनि सरकारले विना तयारीको अवस्थामा राहत, उद्धारमा घन्न यति काम पनि गर्नसक्यो। घादिङको हकमा कुरा गर्दा हामीले व्यवस्थित रूपले काम गग्यौँ । अन्य जिल्लाको तुलनामा हाम्रो जिल्लामा त्यति गुनासो र अपारदर्शिताको कुरा सुन्नुपरेन । जसले जहाँबाट सक्यो गन्यो। करिब ५५ हजार थान त्रिपाल वितरण गण्यौँ । सरकारले शुरुमै जस्तापाताको योजना ल्याएको भए त्रिपाल र पालमा खर्च हुने थिएन । बुद्धि नपुगेर सरकारले दोहोरो बोझ उठाउनुपप्यो। जनताले गुनासो गर्नु उपयुक्त होइन। विपत्तिबाट जोगाउने काम महत्त्वपूर्ण हो। अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको सत्य हो। वर्षात्‌ शुरु भयो। अब बाढी र पहिरोले पुनः जनधनको ठूलो क्षति गर्ने खतरा छ। (0 नेकपा (एमाले)ले एक महिने पुनर्निर्माणको अभियान चलायो, त्यसको प्रभात नागरिकमा पस्यो ? गर्नुपर्ने सरकारले हो तर सरकारले नगरेपछि एमालेले पुनर्निर्माणको काम शुरु गप्यो। यसको सन्देश पीडित नागरिकमा सकारात्मक रूपले ही) । रि तिल कस सित न क तक र त त 0000 गएको छ । विपत्तिका बेला साथमा लाग्नु पनि ठूलो काम हो ! पीडाका बेला मनमा मल्हम लगाउनु ठूलो काम हुन्छ । यस अवधिमा तराईका कैलाली... कञ्चनपुर, बर्दिया, बाँकेका नागरिकले पहाडमा आएर पुनर्निर्माणको काम्‌, गर्नुमयो । यसले राम्रो सन्देश गएको छ। एमालेले पाँच हजारभन्दा बढी विद्यालयको भवन र २८ हजार जति पीडितको अस्थायी घरटहरा निर्माण गरेको छ । स्वयंसेवक परिचालन अभियान एमालेको भए पनि पार्टीविशेषले काम गरिएन । सबैको घर निर्माणमा लाग्यौँ, कुनै पक्षपात भएन | यसले पक्कै जनतामा राम्रो सन्देश गएको छ। (0 मूकम्पले देशमा दलहरूबीच अभूतपूर्व एकता ल्यायो भनिन्छ, यहाँलाई कस्तो लाग्छ ? ? यो सत्य कुरा हो। भूकम्पपछि राजनीतिक दल र जनताबीच उत्साहजनक एकता देखियो । पहाड, हिमाल, तराई तथा जातीय भैदमाव कहीँ कतै भएन । सबै निःस्वार्थ मावनाका साथ उद्धार र राहत वितरणमा : लागे । यो नेपाल र नेपालीका लागि राम्रो सन्देश हो । त्यसैको परिणाम २ दलहरूबीच १६बुँदे सहमति बन्यो । संविधान निर्माण प्रक्रियामा सहमति ' बन्यो। चाँडै राष्ट्रिय सरकारको गठन गरी नवनिर्माणको अभियान सुरु हुने विश्वास गर्न सकिन्छ । (09 असार १० गते भएको अम्तर्राष्ट्रिय दातृ सम्मेलनबारे यहाँको दृष्टिकोण के छ ? : विशेष तयारीसाध गर्नुपर्थ्यो त्यो भएन । अझै सरकारसँग पूरै क्षतिको, यकिन तथ्याङ्क छैन। हचुवाका भरमा तथ्याङ्क लिने काम मएको छ। सरकारले छोटो समयमा जे जति तयारीको काम गप्यो त्यसमा टिप्पणी गर्नु ठीक हुँदैन। सरकारले आशा गरेको भन्दा बढी दातृ निकायबाट सहयोगको प्रतिबद्धता आएको छ । बुझ्नुपर्ने कुरा के हो भने हामी परनिर्मर हुनुहुन्न । भूकम्पपछि नागरिक परनिर्भर बनेको जस्तो महसुस भएको छ। मान्छेले राहतकै मुख ताकेर घरको काम गर्न छाडिसके। : हामी आफैँ पुनर्निर्माण गर्न सक्छौं । हामीसँग स्रोतसाधनको कमी छैन। : सही प्रयोग मात्र गर्न नजानेका हौँ । अर्काको भर परेर नवनिर्माण हुँदैन। : हामीले ध्यान दिनुपर्ने यही कुरामा हो । अन्तर्राष्ट्रिय प्रचलनअनुसार बाह्य | सहयोग लिनु ठिकै होला तर सधैँ उतैको मुख ताक्नु राम्रो होइन । (0 विपत्तिका बेला व्यतस्थापिका संसद्‌ले खेलेको भूमिका कस्तो. पाउनुभयो ? संसदले गर्नुपर्ने काम सबै गरेको छ। सङ्कल्प प्रस्ताव पारित गरेर सरकारलाई काम गर्न निर्देशन दियो। मूकम्प प्रभावित सबै जिल्लामा सांसदको टिम बनाएर अनुगमन अध्ययन पनि गरायो। त्यसका... आधारमा प्रतिवेदन पनि बनाएर सरकारलाई काम गर्न निर्देशन दियो तर, सरकारले त्यसको कार्यान्वयनमा ध्यान दिन सकेको छैन । समामुखको.. सभापतित्वमा अनुगमन विशेष समिति पनि बन्यो। त्यसले सरकारको घ्यानाकर्षण निरन्तर गराइरहेकै छ तर सरकारको काम प्रभावकारी हुन सकेन | भूकम्पकै कारण नयाँ संविधान बन्ने वातावरण बनेको छ। यस हिसाबले पनि यो महाविपत्ति अवसर पनि लिएर आएको छ। यो महाबिपत्तिलाई अवसरका रुपमा बदल्न सकेमा नवनेपाल सिर्जना: हुन्छ । ७