18/07/2017 पहिलो प्रेमको पराकम्पन पहिलो प्रेमको पराकम्पन विनोद ढकाल "क? i) एउटा हतोत्साहित समयबीच पनि टाकुरामा देखिने किशोर जोडीले कहिलेकाहीं मान्छेलाई आफ्नो उमेरतिर फर्कउंछ। सडकमा लेपासिएर हिँडेको विपरित लिंगका नयाँ शक्तिहरुको वर्तमानसंग कतिले आफूलाई समिक्षा गर्दा हुन्‌? विश्लेषण गर्न मन लाग्छ। कोपिला फक्रिँदै गर्दा शीतको थोपा अडिएको पुष्पको महत्वको व्याख्याका लागि शव्दहरु कम हुनसक्छन्‌ यी दृश्यहरुको सन्दर्भको उठान गर्ने क्रममा। दोस्रो दशकको छेउछाउको उमेरले काउकुती लाउछ त्यतिबेला, जतिबेला टाकुरामा भेटिन्छन्‌, एक जोडी प्रेमलापका मग्न भएका किशोर योग। समय जतिसुकै गतिशिल भएपनि यसले भावना र संवेदनाको रफ्तारलाई परिवर्तन गर्न सकेको छैन। नियतलाई केही नाफामुखि बनाएपनि त्यहाँभित्रको भावनाहरुचाहीँ कोमल नै हुन्छन्‌। र, फरफराउने गतिमा प्रेमलाप जारी रहन्छ। खासगरी पहिलो प्रेम। हिलोभित्र फूलेको कमलको डाँठ कति कोमल हुन्छ? अनि कमल कति सुन्दर। पहिलो प्रेमको संयोजन पनि त्यहि हो। हिलोबीचको कमलको डाँठ र फूलको सम्बन्ध। मान्छेहरु भन्छन्‌ नि -पहिलो प्रेम अविश्मरणीय हुन्छ। हो, किनभने यो विर्सनलायक कथा होइन, स्मरणमा घोत्लिरहन मन लाग्ने अभूतपूर्व उमेरको संस्मरण हो। एकोहोरिएर कसैमाथि परेको नजर बारम्बार जारी रहन्छ। फेरि मनमा गहिरो भावना उसैको तस्बिरहरु आइरहन्छ। सोचमा पनि उही मात्र आउँछ। उसैको भावनामा लिप्त हुन मन लाग्छ। उसमै हराउने इच्छाको पहाड थुप्रिन्छ, TAH aD Svea! हिमाल पण्लीन्छ त्यो पहिलो प्रेम नै हो। बुढापाकाहरु बैंसमा जे पनि पच्छ भन्ने उखान अगाडी सार्छन्‌। यस्तो आफ्नै प्रकारको व्याख्या हुनसक्छ। मलाई लाग्छ, बैंस त्यहि हो जतिबेला पहिलो प्रेमसंग रुमल्लिएको जीवनको कथा भयानक मनमोहक सावित भइरहेको हुन्छ। त्यो समय जहाँ फूलहरु सुन्दर देखिन्छन्‌, हावाहरु पनि सुस्त र मन्द चल्दा आफैँ वेखबर भएको महसुस हुन्छ र एउटै अनुहारको तस्बिरमा बारम्बार हराइरहेको हुन्छ छ या ञनी। यस्तो पनि लाग्छ - मेरो भविष्य नै भूतमा निर्धारित थियो, तिमी मेरो पहिलो प्रेम थियौ र अन्तिमम पनि। परिवर्तित सहरीया ढाँचामा हराएका मनहरुमा पनि फर्किएर जवानीको रस चुसौ, चुँडौ जस्तो महसुस हुनु नयाँ कुरा होइन। न यो खासै व्याख्यात्मक तथ्य नै बन्छ। तर, समयलाई फर्किएर अनुभवहरु बटुल्ने र पहिलो प्रेमको स्मरणमा रमाउनेहरूका लागि भने निक्कै ठूलो आयतनमा उत्रिएको मनोभाव र टनौ भारी जिनिसभन्दा भारी संवेदनाहरुको भकारीचाहीँ हुन्छ। र त मान्छेलाई लाग्छ, हर कोहीलाई लाग्छ-म यस्तो प्रेममा थिएँ कि हर कुराहरु रमाइला लाग्ने गर्दथे, कल्पना गरेभन्दा पनि फरक र उत्कृष्ट भन्ने। भनिन्छ नि कुनै पनि प्रेम पहिलो प्रेमजस्तो हुनै सक्तैन। अस्ताउन लागेको घाम आजभोली मनमोहक लाग्नु, उदाउंदै गरेको चन्द्रमा आफ्नो अलौकिक प्रेमको तस्बिर आउनु र तथ्यगत जीवन एउटा भ्रम लाग्नु र एउटा कठिन भ्रम तथ्यजस्तो लाग्नु प्रेमस्मरणको प्रारुपका रुपमा व्याख्या गर्न सकिन्छ। खुसी हुनु कुनै खास बहुआयामिक सफलता होइन यो त पहिलो प्रेमको ज्वरो हो। र, माया यस्तै हुन्छ भावनाहरुको तापमानमा जहिले पनि उम्लिरहन्छ, त्यसमाथि पहिलो प्रेमको उन्माद उम्लाहटको व्याख्या सरल हिसावले व्याख्या गर्न सकिन्छ जस्तो APSA यद्यपि प्रेम नै यस्तो बस्तु बनिदियो की व्याख्याको प्रयल्ल हर हिसावमा सवैले गरिरहेको हुन्छ। एउटा युवकले भन्ने गर्दथ्यो - कस्तो माया लाइएछ, जहाँ छोयो त्यहिँ दुख्ने। यो उसको मायाको सांकेतिक व्याख्या थियो। उसको पहिलो प्रेमलाई प्रस्तावका रुपमा अघि सार्दा शरिरभरी दुखाइएको डाम लिएर फर्किएको युवकलाई धाप मार्नेहरुसंग ञ निरन्तर यसै भनिरहन्थ्यो। उसलाई हर दुखाईमा मायाको झस्कना आइरहन्थ्यो। प्रेम र विज्ञानको सम्बन्ध कति हुन्छ त्यसको मापन गर्ने यन्त्र नबनेसम्म केही भन्न सकिँदैन। तर, यो चातुर्य वैज्ञानिक भनाई उपयुक्त ठान्नु जरुरी छैन की पृथ्वी कसरी गइरहेको छ, कुन गतिमा चलिरहेको छ। यो व्याख्या गर्न पनि जरुरी ठानिँदैन भौतिक रुपमा कसरी हल्लिरहेको छ। जसलाई महत्व दिइन्छ, जसलाई जीवनसँग अपरिहार्य ठानिन्छ, त्यो भनेकै पहिलो प्रेमको झन्कार हो। र, यो झन्कारको उतारचढावले नै मान्छेका संवेदनाहरुमा ठूला पराकम्पनहरु चलिरहन्छन्‌। चढाव भएको बेला खुसीको, उतार भएको बेला पीडाको । त्यसैले बुझ्नुपर्छ यो पहिलो प्रेमको पराकम्पनहरु हुन्‌ र यीनको हिसाव रेक्टरस्केल वा म्याम्रिच्युटमा हुदैन। त्यसैले भन्दछु- जीवनचक्रको एउटा फरक क्रन्दन हो, पहिलो प्रेम। आसुको मुल्य र संवेदनाको महत्वलाई महसुस गराउनसक्ने क्षमता हो, पहिलो प्रेम। अद्वितीय अपेक्षा र आँखाका नानीहरुमा रमाउनसक्ने एउटा फरक जीवनलाई कल्पित गराउनसक्ने चीज हो, पहिलो प्रेम। त्यसैले त दशकौं वितोस्‌ वा बृद्ध होस्‌ मानिस आफूलाई जहिले पनि १७ को देख्छ, ठान्छ। यो ठान्ने मनभित्रको चाहना भूकम्पले क्षणभरमा दिने वा महिनाभरी लगातार छाडीरहने पराकम्पन जस्तो हुँदैन। यो हरबखत पहिलो प्रेममा बारम्बार थर्किरहने प्रेमकम्पन हो। यो वर्षौपछि भनौ वा मृत्युशैययामा पनि फर्किएर आउने संवेदनाको पराकम्पन हो । र त भावुक कविहरु (लक्ष्मीप्रसाद देवकोटा) जस्ताले अस्पतालको बेडमा पनि जीवनको अमूल्य समयलाई कवितामार्फत कम्पनमा छाड्छन्‌ र दुनियाँबाट उत्रिन्छन्‌। त्यहाँ प्रेमको कम्पन अद्टश्य हुन्छ, पहिलो प्रेमको कम्पन नेपथ्यमा थर्थराइरहेको हुन्छ। प्रकाशित मिति: शनिबार, जेठ 3०, २०७२ 2२:५९:४९ http://archive.setopati.com/sahityapati/29464/