|
|
18/07/2017 तिम्रो अभाव खट्कीरहनेछ
तिम्रो अभाव खट्कीरहनेछ
सन्तोष चिमरिया
€" |
ica ~ z छ
हू |
दक्षिणी मोरङको सुन्दर देहाती इलाकामा रहेको प्राथमिक विद्यालयमा पहिलो पटक तिमीलाई देखेको थिएं। सरकारी छापाखानामा मुद्रण भएको तिम्रो श्यामश्चेत तस्बिर बिजुलीको खम्बा हो कि जस्तो
देखिन्थ्यो। तिग्रो स्वाधीन व्यक्तित्व र ऐतिहासिकता त्यो धमिलो तस्बिरले एक प्रतिशत पनि प्रतिविम्बित गर्न सकेको थिएन।
तर छ्त्रपति सरको विशेषता नै बालुवामा गुलाब फुलाउन सक्नु हो। उहाले नै हो तिम्रो शब्दचित्र कोरेर हामीलाई तिम्रो विराट ऐतिहासिक स्वाधीन व्यक्तित्वसँग परिचय गराएको। त्यसपछि तिमी र तिम्रो
भिमसेनप्रति एकप्रकारको तिलस्मी आकर्षणले मभित्र तिम्रो तस्बिर जीवन्त भएर ठडिइरह्यो।
परिक्षामा तिम्रो बारमा छोटो निबन्ध लेख्न भनिएको थियो| मैले विस१८८९ मा भिमसेन थापाले निर्माण गरेको ११तले भिमसेन स्तम्भलाई धरहरा पनि भनिन्छ। यो काठमाडौंको मुटु सुन्धारामा अवस्थित छ।
१९९०को महाभुकम्पमा परेर भत्किएपछि पुनर्निर्माण गरी ९ तला बनाइएको हो आदि इत्यादी भनेर लेखेँ।
स्कुल सकेपछि बाउआमाका लागि क्याम्पस पढिदिन म पनि काठमाडौ आएँ। काठमाडौँ टेकेकै दिन तिमीलाई भेट्न गएको थिए। तिमी ठडिएको जमिन वरिपरि भयंकर कोलाहल थियो। हाम्रो गाउँको
मछि बजार जस्तो। कोही अश्चिल साहित्यका उदेक र अचम्म लाग्दा शीर्षक भएका किताब सडकभरी असरल्ल फिजाएर बसेका थिए। कतै बदाम र माम्फुली त कतै घडी। कतै चनाचट्पटे त कतै
पानीपुरी। मणमग बास्ना आउने सेकुवा तिम्रो फेदैमा खुल्ला आकाशमुनि पोलिदै थियो। त्यसको धुवाँ तिम्रा टुप्पातिर मडारिदै शुन्यमा बिलाउँदै थियो। मैले हिसाब लगाएँ- २ सय वर्षदेखि तिमी उपस्थित छौ
तर तिमी वरपरकालाई तिम्रो उपस्थितिको छ्नकसम्म छैन। सायद बिहान बेलुकाको दालभात र दिउँसो मोमो जोहो गर्ने दौडमा तिम्रो विराटतालाई एक निमेष नियाल्ने फुर्सद थिएन उनीहरूलाई| तर मैले
२ रुपैयाँको बदाम किनेर खाँदै त्यो दिनभरी तिमीलाई नियालेर डेरा फर्केको थिएँ।
त्यसपछिका दिनमा म पनि क्रमश; भिडभाडमा हराउंदै गए। बिहानको आर, आर. क्याम्पस भ्याउन ताहचलबाट विष्णुमती तरेर गल्ली हुँदै तिम्रो फेदमा पुगेर ठूलो श्वास फेर्थे। त्यसपछि दैनिक र
साप्ताहिक पत्रिकाका शीर्ष समाचार सित्तैमा पढिसकेर सैनिक मंच हुँदै कलेजको क्यान्टिनमा सस्तो नास्ता खान्थेँ। स्ववियु अफिसमा एकछिन ठुटे नेताणिरी, केहीबेर सुर्यस्नानपछि ढुङ्गा हान्ने, टायर
बाल्ने र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने दिन परेको छैन भने एक/दुई घण्टी पढेर सोही बाटो फर्किन्थैँ।
दिनहु तिमी ठडिएको बाटो भएर हिँड्दा मलाई पनि तिम्रो महत्व लाग्न छोड्दै गयो। नजिकको तिर्थ हेला भनेजस्तै। पछि त मलाई तिमी त्यहाँ छौ कि छैनौं भनेर हेक्का पनि रहन छोड्यो।
समयसँगै तिमीलाई पनि खुल्लाबजारको महामारीले लपेट्यो। २ शताब्दी खाईसकेको तिम्रो जर्जर देह पैसाकै लागि उक्लिनेहरूलाई खुल्ला गरियो। तिम्रो जिर्णोद्वार, मर्मत र संरक्षणमा त कसैलाई चासो
भएन तर तिम्रो काँध चढेर अलकापुरी नगरीको दर्शन चाहनेहरूलाई पैसा तिरे टुप्पैमा पुग्न पाउने अनुमति दिइयो।
हुलका हुल मान्छे दिन नबिराइ उक्लिने र ओर्लने दोहोरीमा मस्त भए। तर तिमीलाई छिचोल्दै तिम्रो काँध चढेर अलकापुरी हेर्ने मेरो रहर भने पूरा हुन कहिल्यै पाएन। कहिले गोजीले साथ नदिने कहिले
घडीले। एकपटक तिम्रो काँध चढेर जंगबहादुरले साँच्चै तिम्रो छत टेकेर हाम फालेको हो भनेर खुसुक्क कानमा सोध्ने ठुलो तिर्सना थियो। त्यो अब कहिलै पूरा हुने छैन।
जिन्दगीले काठमाडौं खाल्डोबाट लखेटेर मलाई अरबको खाडीमा पुर्यायो। जिन्दगीको भागदौडमा वर्तमान इतिहासमा गाभिँदै, महिना, वर्ष र दशकको पत्रैपत्रमा तिम्रो सम्झना कतै बेवारिस भएर दबिएको
रहेछ। आफैलाई थाहा थिएन। वैशाख १२ गते अचानक तिम्रो अवसानले तिम्रो स्मृति ताजा गरायो। तिमी खंडहर भएर लड्यौ। मेरो शोकाकुल मनले तिमी स्वयंले लेख्न नसकेको तिम्रो आत्मकथा लेख्र सुरु
गरिसकेको थियो।
२ सय वर्षदेखि तिमी षड्यन्तकारी काठमाडौंको रक्तरेजित इतिहासको साक्षी बनेर खडा थियौ। तिमीले आफ्नै भिमसेन सेरिएको खबर सुन्नु पर्यो होला। भिमसेनकी श्रीमतीलाई सर्वाङ्ग बनाएर नगर
घुमाउँदा तिमीले आखाँ छोपेका थियौ होला भन्ने अनुमान लगाउँछु। त्यसपछिका भण्डारखाल पर्व, कोत पर्व हुँदै अनेकन् काण्ड र पर्वको एक्लो साक्षी हुन तिमी अभिसप्त भइरह्यौ। जंगबहादुरले अरुलाई
काटेर सत्ता हत्याउँदा र जंगबहादुरका सन्तानलाई शमशेरहरुले काटेर निमिट्यान्न पार्दा नियतिको बिडम्बनामा तिमी अवश्य नै फिस्स हाँसेको हुनुपर्छ । ०५८ जेठ १९ को दरबार हत्याकाण्ड इतिहासको
मंचमा प्रर्दशन हुँदा तिमी र म संगसगै त दर्शकदिर्घामा थियौं। सपरिवार शाही शवयात्रा देख्दा म आतंकित भएको थिएँ। तर तिमी कुनै अभ्यस्त र अनुभवी बुज्नुक जस्तो शान्त मुद्रामा इतिहासको अर्को एक
विडम्बनाको स्थितिप्रज्ञ साक्षी भएर उभिइ रहेको अनुभुत भएको थियो मलाई।
त्यसयता यो धर्तीमा क्रान्तिको नाममा बगेको रगत तिमीले आफ्ना बुढा आखाले नियाली मात्रै रह्यौ। क्रूर रक्तपात र घृणित तिकडमबाजीकोबीचमा जनताले हस्तक्षेप गरेर रक्तपात अन्त्य गरेको पनि एक
दशक भैसकेको छ। ऐतिहासिक उपलब्धि भन्दै घोषणा गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल पनि अब सानो रहेन। तर जनताले लेखेको संविधान हेर्ने तिम्रो अन्तिम इच्छा तिम्रो अवसान भएको
http://archive.setopati.com/sahityapati/28064/
|
|
|