|
|
18/07/2017 Uy ATI
स्पर्श जगारु
प्रकाश सायमी
Jory,
आफ्नो हात ।
बढाउ टेविलको कुनामा
जहाँ थन्किएको थियो , डायरीको पन्ना ।
वैशाख १२, २०७२ ...
उठाञ कलम
लेख केही शब्द जीवितका नाममा
सम्झना कोर मृतकका नाममा ।
उठ,
उठाउ आफ्नो हात
स्पर्श देञ आफ्ना भित्ताहरुलाई
जगाउ भित्ताका तस्वीरलाई
जो हप्तौँ दिन देखि
सुतेको छ डरको आवरण ओढेर ।
स्पर्श देञ कलमलाई
बुद्धको शान्त मूर्तिलाई
उठ।|
मानौँ यसरी उठ,
सुतेका सवैलाई जगाञ जसलाई तिम्रो स्पर्शको खाँचो छ ।
जगाउ आफूभित्रका निर्मम अशान्तिलाई
बदल त्यसलाई
नयाँ लयमा
आवाज देउ आफूभित्रका तरंलाई ।
उठ मानौँ यसरी ,
जसरी तिमीलाई जस्तै उसलाई पनि स्पर्शको खाँचो छ ।
उठ, स्पर्श देञ अधकल्चो चिठीलाई
र जगाञ सुतेका ती अक्षरलाई
nttp://archive.setopati.com/sahityapati/277/06/
|
|
|