04/01/2018 हिमाल खबरपत्रिका | भूकम्पको पीडामाथि नाकाबन्दीको मार हिमाल खबरपत्रिका होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि भूकम्पको पीडामाथि नाकाबन्दीको मार रमझम Share: - सन्त गाहा मगर र सजना बराल चौतारा, सिन्धुपाल्चोक Ol महाभूकम्पमा बढी क्षति व्यहोरेका सिन्धुपाल्चोकवासीलाई भारतीय नाकाबन्दीले हल न चलको अवस्थामा पुग्याएको छ। फुल्पिङडाँडा-९ का प्रेमबहादुर बिक (५२) ले महाभूकम्पको ६ महीनापछि मात्र घर बनाउन लागेका छन्‌। राहतको जस्तापाताले बारेको टहरामा बर्खा बिताएको उनको १३ सदस्यीय परिवार जाडोबाट जोगिन घर बनाउन जुटेको छ। दशैं अगाडि घर बनाउने सल्लाह भए पनि नाकाबन्दीले गर्दा ढिलो भएको बताउँदै बिक जगदम्बा प्रेस भन्छन्‌, “नाकाबन्दीले गर्दा अहिले फेरि सामान किनिनसक्नु भएको छ।” १२ वेशाखको महामूकम्प र त्यसपछिका परकम्पनहरूमा ज्यान गुमाएका कुल ८ हजार ८५६ मध्ये ३ हजार ५३२ जना सिन्धुपाल्चोकका थिए। गौरखाको बारपाक केन्द्रबिन्दु रहेको १२ वैशाखको ७.८ म्याग्निच्यूड र सिन्धुपाल्चोक नै केन्द्रबिन्दु भएको १३ वैशाखको ६.६ म्याग्निच्यूडको भूकम्पले सिन्धुपाल्चोकका ६३ हजार ८८५ घर पूर्ण रूपमा ध्वस्त पान्यो। त्यो पीडाबाट तँग्रिन खोजिरहेकाहरूका लागि मधेशी मोर्चाले गरेको नाका अवरोध र भारतको अघोषित नाकाबन्दी अर्को कहर बनेको छ। १२ वैशाखमा घरले किचिए पनि संयोगले बचेकी साँगाचोक-५, पौवाथोककी तिलमाया भारती (७१) ले नाकाबन्दीका कारण बजारमा कुनै चिज पनि छोइनसक्नु भएकोले घर बनाउने सपना टहरामै तुहिने अवस्था आएको बताइन्‌। उनी भन्छिन्‌, “राहतमा पाएको १५ हजार रुपैयाँ पनि महँगीमा त्यसै सकियो। ” - a 2 ब्‌ लु "1 | "< Bt) Bes ‘hh क | क त eg तस्वीरहरु: सन्त गाहा मगर जन्मेको तीनै दिनमा भूकम्पले आमा गुमाएकी चौताराकी सपना बानियाँ ३० कात्तिकमा फुपूसँग। २७ वैशाख २०७२ मा हिमाल मा प्रकाशित तस्वीरमा हजुरआमा र दिंदीहरुका साथमा सपना । को iB ८ 0 क गु ‘ रि es — छ 2 ~ : | >, = S . पौवाथोककै शिवराज पौडेल (३६) भूकम्पले ढालेको घर उठाउन फर्सी, सखरखण्ड र लप्सी बेचेर रकम जम्मा गरिरहेका छन्‌। तर, जति हिम्मत र जोड कस्दा पनि महँगीले गर्दा जाडो अघि घर बनाइसक्ने इरादा पूरा हुने छाँटकाँट नभएको दुःखी हुँदै उनले बताए। जे कुरामा पनि इन्धन अभाव जोडिएर आएपछि जति नै बल गर्दा पनि काम अगाडि बढ्न नसकेको पौडेल बताउँछन्‌। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बलभद्र गिरी भन्छन्‌, “इन्धन अभावका कारण भएका औषधिर खाद्य सामग्री समेत सम्बन्धित ठाउँमा पुन्याउन सकिएको छैन|” पढाइ पर्नि हरायो भूकम्पमा सिन्धुपाल्चोकका ५४६ विद्यालयका ४ हजार १९ कक्षाकोठा क्षतिग्रस्त भए। त्यसमध्ये ११० विद्यालयका भवन बनाउन विभिन्न संघसंस्थासँग सम्झ्छौता गरेका छन्‌, तर नाकाबन्दीले गर्दा पुनःनिर्माण शुरू हुनै पाएन। भूकम्पका कारण प्रभावित भएको पढाइको शोध भर्ना नहुँदै अर्को विपत्ति आइलागेको जिल्ला शिक्षा अधिकारी (जिशिअ) रुद्रहरि भण्डारी बताउँछन्‌। “निर्माणमा ढिलो हुँदा विद्यार्थीको पढाइमा त असर प्न्यो, पन्यो अब लागत पनि बढ्ने देखिएको छ”, जिशिअ भण्डारी भन्छन्‌। क्षतिग्रस्त भवनहरूको पुनःनिर्माण हुन नसक्दा सामुदायिक मात्रै होइन निजी विद्यालयहरूमा प्नि पढाइ अवरुद्ध भएको छ। अधिकांश विद्यालयले विद्यार्थीलाई पालमा पढाइरहेकोमा चिसो बढेपछि त्यो सम्भव हुने छैन। साँगाचोकस्थित सनराइज इङ्गलिस स्कूलका प्रिन्सिपल मदनकुमार सापकोटा सुरक्षित भवन बनाउने काम करीब ७५ प्रतिशत सकिए पनि नाकाबन्दीले गर्दा सिमेन्ट, रड आदि निर्माण सामग्रीको अभाव चर्कंदा वा मूल्य आकाशिंदा काम रोकिएको बताउँछन्‌। उनी पटक-पटकको परकम्पनको केन्द्रबिन्दु भएको सिन्धुपाल्चोकमा महाभूकम्पपछिको ढुई महौनापछि मात्र चार र पालहरूमा पढाइ शुरू भएको थियो। एउटा शैक्षिक सत्रमा २२० दिन विद्यालय संचालन भएर न्यूनतम १९२ दिन पढाइ हुनुपर्ने तालिकालाई भूकम्पले लथालिङ्ग बनाइदिएको छ। जिल्ला शिक्षा कार्यालयले पढाइ भइरहेको वा नभएको अनुगमन गर्न सकेको छैन। प्रजिअ भण्डारी नाकाबन्दीपछि अनुगमन ठप्प जस्तै भएको बताउँछन्‌। “फोनबाट अत्यावश्यक सूचना लिने र निर्देशन दिने काम मात्र हुनसकेको छ।” http://nepalihimal .com/article/56387 1/3