04/01/2018 हिमाल खबरपत्रिका | भूकम्पका घाइते पनि छाडेनन्‌ खबरपत्रिका होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि भूकम्पका घाइते पनि छाडेनन्‌ रमझम Share: - रामु सापकोटा ol भूकम्पका घाइतेको उपचारका नाममा झूटो विवरण पेश गर्दै अस्पतालहरू सरकारी ढुकुटीबाट लाखौं कुम्ल्याइरहेका छन्‌। १२ वैशाखको महाभूकम्पमा घरबाट भाग्ने क्रममा ढोकामा ठोक्किँदा ललितपुर, @ ae जगदम्बा प्रेस घापाखेलका समिक महर्जन (७) को दायाँ खुट्टामा चोट लाग्यो। चोट सामान्य i F OS ९ if त es कु /2 नभएपछि परिवारले १५ वैशाखमा उनलाई ललितपुरकै सुमेरु अस्पताल पुग्याए। wot DE // डाक्टरले खुट्टा प्लास्टर गरेर सोही दिन डिस्चार्ज गरे। “प्लास्टर गर्दा औषधिसहित ८ ४) ७. ee लागेको रु.१५ हजार खर्च अस्पताललाई तित्यौं”, समिकका बुबा बाबुकृष्ण महर्जन NOG भन्छन्‌। हँ “4, ( टु ॥) | ies ८७ \ भूकम्पमा लडेको घरले हात च्यापिएपछि माइ्कोट-१, dag Rus TINg se | GIN Ly सन्दिप राना (१८) पनि सुमेरु अस्पताल नै पुगे। १४ वैशाखमा अस्पताल भर्ना भएका PQ क उनको हातै काट्नु पन्यो। छोराको उपचारमा साढे तीन लाख रुपैयाँ खर्च भएको i पन 2 / न a ; बताउँदै मीनबहादुर भन्छन्‌, “कहीं कतैबाट सहयोग पाइनँ, सबै पैसा अस्पताललाईनै | | IES Hh १७ वैशाखमा मन्त्रिपरिषद्‌ बैठकले भूकम्पबाट घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भानु मट्टराई गर्दै उपचारार्थ तत्काल रु.२५ हजार उपलब्ध गराउने घोषणा गरेको थियो। तर, जटिल शल्यक्रियाका लागि यति रकमले नपुग्ने भएपछि २२ जेठमा पुनः रु.५० हजार थप गर्ने निर्णय गन्यो। सरकारले उपचार खर्च बिरामीलाई सोझै नदिई खर्चको आधारमा अस्पताललाई नै दिने प्रबन्ध मिलाएको थियो। यसैको आधारमा २३ जेठमा सुमेरु अस्पतालका प्रशासन प्रमुख दिनेश आचार्यले २४ जना बिरामीको शल्यक्रियाको शुल्क दाबी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भुक्तानी माग गरे। मन्त्रालयले पनि १ जेठमा अस्पताललाई रु.२ लाख १२ हजार ५०० उपलब्ध गरायो। तर, अस्पतालले उपचारकै क्रममा रकम तिरिसकेका समिक र सन्दिपको नामबाट समेत रकम असुलेको प्रमाण फेला पारेको छ। सरकारी अनुगमनको अभावमा अस्पतालका लागि भूकम्पपीडित 'कमाउने भाँडो' बनेका छन्‌। कञ्चनपुर घर भई राजधानीको गोंगबु बसिरहेका किसान राउत (३०) पनि भूकम्पमा डेराबाट भाग्ने क्रममा लडे। उनको दायाँ खुट्टाको हड्डी भाँचियो। १२ वैशाखमा उनी काठमाडौँको बसुन्धरास्थित कान्तिपुर जनरल एण्ड डेन्टल अस्पताल भर्ना भए। उपचारबापत अस्पताललाई रु.५० हजार बुझाए। । Co छ रट ee " ।" ie | | Teeter: कमान ae ना आन 7] VE f P छ " cd 4 & छ 4 “fp J fe 2 | / 2 खा भूकम्प आएपछि घरबाट भाग्नेक्रममा भाँचिएको खुट्टा देखाउँदै वासुदेव बराकोटी। तर, सुमेरु जस्तै यो अस्पतालले पनि राउत जस्तै १२ बिरामीलाई मेजर शल्यक्रिया गरिएको भन्दै रु.२५ हजारका दरले कुल रु.३ लाख कुम्ल्याएको छ। थप उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका उनले त्यहाँबाट पनि कुनै सहुलियत पाएनन्‌। “उपचारमा लागेको सबै रकम आफैं तिरिरहेको छु, सरकारको कुनै सहयोग पाएको छैन”, अहिले पनि अस्पताल घाइरहेका राउत भन्छन्‌। बेनिघाट-१, घादिङका वासुदेव बराकोटीको व्यथा पनि उस्तै छ। भूकम्पमा दाहिने खुट्टाको कुर्कुच्चामा चोट लागेका उनी १२ वैशाखकै दिन काठमाडौंस्थित मनमोहन अस्पताल आइपुगे। अस्पतालले खुट्टो प्लाष्टर गरेपछि त्यसै दिन घर फर्केका उनी घाउ निको नभएपछि पटकपटक ललितपुरको ग्वार्को अस्पताल र चितवनको अल्पाइन पोलिक्लिनिक भौंतारिए। “मनमोहन र अल्पाइनमा गरी रु.२१ हजार खर्च भयो। अस्पतालले सबै पैसा लियो”, उपचाररत बराकोटीको गुनासो छ। यता मनमोहन अस्पतालले पनि भूकम्पका वेला ३० जना बिरामीको शल्यक्रिया गरेको भन्दै रु.७ लाख ५० हजार लगिसकेको छ। http://nepalihimal.com/article/5899 1/3