04/01/2018 हिमाल खबरपत्रिका | चरम संकटमा स्वबरपत्रिका होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि चरम संकटमा रमझम Share: - डम्बरकृष्ण श्रेष्ठ/सन्त गाहा मगर/तुफान न्यौपाने,सिंन्धुपाल्चोक,काभ्रे,घादिङ,नुवाकोट र रसुवाबाट फर्केर ६० जाडोले विरलै मान्छे मर्ने पहाडमा यो हिउँदको चिसो भूकम्पपीडितको मृत्युको कारण बन्न थालेको छ। घर, अन्न, औषधि र न्यानो लुगाबाट र बञ्चित उनीहरु शीत चुहिने टीनका टहराहरूमा सहनशक्ति र जब्बर नेपालीपनको भरमा गुजारा गरिरहेका छन्‌। गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर १२ वैशाखमा आएको महाभूकम्प र त्यसपछिका परकम्पनहरूले मध्यपहाडका बस्तीमा ठूलो विनाश छाडेर गए। नौ हजारको मृत्यु र आठ लाख घर ध्वस्त पारेको महाभूकम्पबाट बचेकाहरू त्यो विपत्तिलगत्तैको बर्खायाम बिताउन अस्थायी टहरामा सरेका थिए। तर, बर्खा सकिएर पुनःनिर्माणको तयारी नहुँदै भारतीय नाकाबन्दी आइलाग्यो। मधेश आन्दोलनसँग ie . लाका जोडिएर आएको नाकाबन्दीको असर यति जबर्जस्त भयो कि पूरा देशको ध्यान अन a ts hee Ripe 20 ८ Ses यसको सामनामा केन्द्रित हुनपुग्यो। परिणाम, भूकम्पपीडितले हिउँदको सिरेटो, शीत र = a pS Me नै a Mg _ यै तुषारोको सामना अस्थायी टहरोमै बसेर गर्नुपरेको छ। Pe aa ar + ~~] a = “. ७ हि] : वाह aca GEE SS OF Fo समस्या कस्तो छ भने, जाडोले मान्छे मर्ने घटना विरलै हुने पहाडमा यो हिउँदको चिसो ees टु AS a a Fs भूकम्पपीडितको मृत्युको कारण बन्न थालेको छ। न्यानो आवास, कपडा, पौष्टिक ee 2 ae ay आहार, औषधिउपचार त के खानेपानी र शौचालय जस्ता न्यूनतम सुविधाबाट समेत तस्वीरहरु: बिक्रम राई र डम्बरकृष्ण श्रेष्ठ बञ्चित भूकम्पपीडित तप-तप शीत चुहिने टीनका टहराहरूमा सहनशक्ति र जब्बर अल्छीडाँडामा घादिङ नीलकण्ठ नगरपालिकास्थित अल्छीडाँडामा रहेको नेपालीपनको भरमा गुजारा गरिरहेका छन्‌। भूकम्पमा परिवारजन तथा आफन्त मूकम्पपीडितको अस्थायी शिविर गुमाउनुको पीडा, बेघरबार हुनुको कहाली र असहाय हुनुको त्रासदीका बीचमा i उनीहरूले सरकारबाट राहत समेत पाउन सकेका छैनन्‌। त्यो कारण पनि सरकारबाट ठूलो अपेक्षा नराखेका भूकम्पपीडित आफैं टिकिरहेका छन्‌। अस्थायी शिविरहरूमा बढ्दो चिसोले बिरामी संख्या बढाएसँगै मृत्यु पनि हुन थालेपछि भने पीडित आत्तिएका छन्‌। ११ पुस दिउँसो हिमाल प्रतिनिधि सिन्धुपाल्चोकको कालिका-३, कल्लेरी पुग्दा ६० वर्षीया सानी माझी टहरामा झोक्राइरहेकी थिइन्‌। तीन दिनअघि ८ पुसमा जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएका श्रीमान्‌ सनमान (६५) को शोकमा रहेकी उनी आफैं पनि चिसोले बिरामी थिइन्‌। उनले भूकम्पले घर र जाडोले श्रीमान्‌ लगेको विलौना गरिन्‌। सरकारले वितरण गर्ने राहतको समन्वयका लागि भूकम्पपीडितका तर्फबाट वडा संयोजक चुनिएका उनका छोरा पूर्णले भने, “टीनको टहराभित्र रात कटाउन कठिन भएको छ, त्यसबाट बुबालाई बचाउन सकेनौं।” यता, घादिङको नीलकण्ठ नगरपालिंका-८, अल्छीडाँडामा रहेको भूकम्पपीडितको अस्थायी शिविरमा हिमाल प्रतिनिधि पुग्दा शिरमाया तामाङ (३०) दुईसाताकी छोरीलाई कोक्रामा राखेर स्तनपान गराउँदै थिइन्‌। त्रिपालको बासमा शिशुलाई चिसोबाट जोगाउन उनले स्तनपान गराउँदा पनि कोक्रैमा राखेकी थिइन्‌। १२ वैशाखमा घर भत्केको उनको परिवार झार्लाङ-२ बाट २४ वैशाखमा अल्छीडाँडा आएको थियो। गर्भवती हुँदा पालमुनि बर्खेल्ली कटाएकी शिरमाया सुत्केरी भएपछि डाँडामा हिउँदे जाडो झेलिरहेकी छन्‌। “पालमा चिसोबाट छोरी जोगाञ कि आफू जोगिञ भएको छ”, उनी भन्छिन्‌, “दाउरा बाल्दा न्यानो भए पनि घूवाँले छोरीको आँखा पोल्छ, नबाल्दा चिसोले बिरामी बनाइसक्यो।| ” ज्यानमारा चिंसोौ सिन्धुपाल्चोकको कालिका गाविससँग जोडिएको ठोकर्पा-३, गहते गाउँकी रलकुमारी खड्का (७०) ले २ पुस बिहान प्राण त्यागिन्‌। उनका छोरा कुमारले चिसो बढेपछि आमालाई मुख सुन्निने र आँखाबाट आँशु झिरहने समस्या देखिएको बताए। भूकम्पले भत्काएको घरको थुप्रो हटाएर उनीहरूले बनाएको जस्तापाताको होचो टहरोमा राति शीत चुहिन्छ। त्यसैको चिसोले आमाको ज्यान लिएको कुमार बताउँछन्‌। ठोकर्पामा कात्तिकयता दुई शिशुसहित सात जनाको मृत्यु भएको छ। समयमै व्यवस्थित बसोबास र न्यानो कपडाको प्रबन्ध हुनसकेको भए यो स्थिति आउने थिएन। त्रिपाल वा जस्ताको होचो टहराको बसाइमा पर्याप्त न्यानो कपडा नहुँदा भूकम्पपीडितको नांगो आङ कठोर चिसोमा सेकिएको छ। ६ पुसमा ठोकर्पा-१ का बिलबहादुर थापा मगर (४६) यस्तै चिसोबाट बिते। अल्सर > रोगबाट पीडित उनी जस्ताको टहरामा चिसो बढेपछि थला परेका थिए। त्यसअघि सोही गाउँकी भीकमाया खड्का (६९) को ८ कात्तिकमा, पदमबहादुर खड्का (७६) को २० कात्तिकमा र रमादेवी पहारी (६६) को २७ कात्तिकमा मृत्यु भएको थियो। कात्तिकमा जाडो बढिनसकेको भए पनि मुईँको चिसो, अपर्याप्त भोजन र औषधि- उपचारको अभाव ती वृद्धहरूको मृत्युको कारण बन्यो। ठोकर्पामा चिसोकै कारण चार Sd ran . र आठ दिनको शिशुको मृत्यु भएको ठोकर्पा स्वास्थ्य चौकीकी अनमी रेवती थापाले | oN be बताइन्‌। j ॥ x Fees a N 3 दैनिक अखबार र रेडियोले चिसोबाट मृत्यु भएको भनेका ठोकर्पा-३ का यामबहादुर | if pA र ४ aan पहरी र कान्छी पहरी चाहिँ जीवितै मेटिए। उनीहरूले आफ्नो मृत्यु भएको समाचार _ हँ ही y as आएको सुनेका रहेछन्‌। पत्रकारले आफूलाई जिउँदै मारेको यामबहादुरले बताए। (हे. a. 3 014 ; “i ey बक्स)भूकम्पबाट अति प्रभावित १४ वटै जिल्लाबाट चिसोका कारण एकपछि अर्को हक . > ९५५९) yy मृत्युका खबर आइरहेका छन्‌। <4 १ औषधि न उपचार —— = ee oe = र | Py - i ‘eae Os सिन्धुपाल्चोकको कालिकामा ६७८, ठोकर्पामा १ हजार १९३ र सुनखानीमा ८६१ ) 2 So pe हक परिवारको घर बस्न नमिल्ने गरी भत्किएको छ। यीमध्ये थोरै धराप घर टालटुल गरेर 100 त. बसेका छन्‌ भने घेरैजसो टहरोमा। चिसो बढेसँगै टहरामा शीत चुहिन थालेपछि परिवारका गर्भवती/सुत्केरी बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्‌। यी तीन Af गाविसको जिम्मेवारी सम्हालेका सचिव रामबहादुर न्यौपाने चिसोबाट बिरामी बढे पनि झार्लाङ-२ धादिङकी शिरमाया तामाङ दुईहप्ते छोरीका साथ उपचारका लागि औषधि र स्वास्थ्यकर्मी नै नभएको बताउँछन्‌। “ठोकर्पा अस्थायी शिविरमा। स्वास्थ्यचौकीमा सेवा गरिरहेका दुई अनमीको करार सकिएको छ भने दरबन्दीका http://nepalihimal .com/article/5999 1/8