|
|
04/01/2018 हिमाल खबरपत्रिका | कमाइजति भान्सामै
स्वबरपत्रिका
रोमपैज | अभिलेखालय | ग्राहक बन्नहोस | विज्ञापनको ला
कमाइजति भान्सामै रमझम
Share:
- रमेश कुमार [हु
महाभूकम्प र लम्बिंदो संक्रमणको मौका छोपेर गरिएको कृत्रिम मूल्यवृद्धिले बजार उपभोक्ता लूटको 'वैधानिक अखडा' बनेको छ। | ¢ ०
पाँच जनाका लागि खाना पाक्ने देवकी तिमल्सिनाको भान्सामा मात्रै महीनाको रु.१२ [जगदम्बा प्रेस प्रेस
हजारजति खर्च हुन्छ। छोराछोरीको कलेज शुल्क, कपडा, यातायात आदिमा गर्नुपर्ने > al SS
खर्चका लागि पतिले सहयोग गर्छन्। “यतिले त पुग्याउँछु भन्यो तर कहिल्यै सकिएन, TIN रा
महँगीले सुख दिएन”, स्थानीय विकास मन्त्रालयकी कार्यालय सहायक तिमल्सिना By vy _
भन्छिन्। tan \\ Cc
जीवन पुडासैनी मासिक रु.१६ हजार कमाउँछन्। श्रीमती सहित भाडामा बस्ने उनको 600: es \
रु.८ हजार त भान्सामै सकिन्छ। कोठा भाडा, खाजा, यातायात सहितका खर्च जोड्दा Le 4
उनको आम्दानीले महीनाको खर्च थेग्न हम्मेहम्मे पर्छ। पुडासैनी भन्छन्, “मेरो त यस्तो सिया :
हालत छ, मेरोभन्दा कम कमाउनेको जीवन कति कष्टकर होला?” ( 0 i ४10 =
'बजार छोड्सक्नु छन', आम मानिसको साझा हैरानी हो यो। आम्दानीको ठूलो हिस्सा
भान्सामा जान थालेपछि परिवारमा तनाव बढ्दो छ। व्यक्तिवृत्तिका कुरा त परै भनु भट्टराई
जाओस् भैपरी आउने दुर्घटना र स्वास्थ्य समस्या सोच्दा नै अत्यासलाग्दो छ। त्यसो त नेपाल राष्ट्र ब्यांकले दशकअघि गरेको चौथो पारिवारिक बजेट सर्वेक्षणले
नै उपभोक्ताको खर्चको करीब ४० प्रतिशत भान्सामै सकिने तथ्यांक सार्वजनिक गरेको थियो। तिमल्सिना र पुडासैनीको तनावले अहिलेको स्थिति case!
राजनीतिक अनिश्चय र १२ वैशाखको महाभूकम्पको मौका छोपेर गरिएको कृत्रिम मूल्यवृद्धिले बजार 'उपभोक्ता लुट्ने वैधानिक अखडा' बन्दै गएको देखाउँछ।
तर, सरकार निरीह छ।
महँगी नबताउने तथ्यांक
नेपाल राष्ट्र ब्याँकले गत आर्थिक वर्षको एघार महीनामा ७.५ प्रतिशतको औसत मूल्यवृद्धि भएको जनाएको छ। तर, बजार यो मान्न तयार छैन। कतिपय
दैनिक उपभोग्य खाद्यान्नको मोल एकतिहाइसम्म बढेको नेपाल खुद्रा व्यापार संघको तथ्याङ्कले देखाउँछ। अघिल्लो वर्षको तुलनामा चामलको मूल्य खासै
नबढे पनि दाल, तेल, गेडागुडी, तरकारी, माछामासु, मसला आदिको मूल्य तल झरेको छैन, बढेको बढ्यै छ। अचम्म त के छ भने, नेपाली मुद्राको डलरसँगको
विनिमयदर स्थिर र पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटिरहे पनि उपभोग्य सामग्रीको मूल्य घटेको छैन। भूकम्प त कालोबजारी गर्नेहरूका लागि सुनौलो
अवसर बन्यो। त्यही वेला बढेका दाल, गेडागुडीको मूल्य जस्ताको तस्तै छ।
भूकम्पअघि प्रति केजी रु.१३० को हाराहारीमा रहेको मासको दालको खुद्रा मूल्य अहिले रु.१८० छ। मसुरोको दालको भाउ पनि तीन महीना बीच रु.१३० बाट
बढेर रु.१७० पुगेको छ। वैशाख पहिलो साता रु.१६५ मा पाइने मुगको खोस्टा दालको बजार मूल्य अहिले रु.२२० पुगेको छ। भूकम्पअघि रु.७० मा पाइने चना
अहिले प्रतिकेजी रु.१०० नतिरी पाइँदैन। सेतो केराउको मूल्य रु.११० पुगिसकेको छ।
आकाशिदो मूल्य
गत आर्थिक वर्ष २०७१/७२ को पहिलो एघार महीनासम्ममा औसत मूल्यवृद्धि ७.५ प्रतिशत रहे पनि खाद्य तथा पेयपदार्थहरूको औसत मूल्यवृद्धि मने ९.५
प्रतिशत रहेको राष्ट्र ब्यांकको तथ्यांक छ।
तर, बजार भाउलाई राष्ट्र ब्यांकको तथ्यांकले प्रतिबिम्बित नगर्ने पनि कतिपयको
बुझ्पगइ छ। लुम्बिनी ब्यांकका प्रमुख कार्यकारी अघिकृत शोभनदेव पन्त भन्छन्, ॥
“आश्चर्यको कुरा, राष्ट्र ब्याङ्कको मूल्य सूचकाङ्कहरू भान्साको लागतसँग मेल त
” at १ “god
खाइरहेका छैनन्। ३147 Ny | चाह x es त at a Te
राष्ट्र ब्यांकका अनुसन्धान विभाग प्रमुख डा. मीनबहादुर श्रेष्ठ भने राष्ट्र ब्यांकको 000 f cay 0 V हे
मुद्रास्फीतिदर सही भएको बताउँछन्। श्रेष्ठ भन्छन्, “सर्वसाधारणले प्रयोग TT Fa ee ee a0": cane | (aes
वस्तुमध्ये मूल्य घटबढको आधारमा औसत मूल्यवृद्धि निकालिएको हो, गलतभन्ने ay ee a Ae
प्रश्न नै आउँदैन।” (हे. बक्स) “ ens हि गा
10 39 a क, oa
= a it 2 7 “et 2 s
ग्यास, पेट्रोलियम पदार्थ, नून लगायत केही उपभोग्य वस्तुको मूल्य सरकारलेतोके OL ens ५ क १ ,
पनि खाद्यान्न, तरकारी लगायत अधिकांश वस्तुको मूल्य बजारले निर्धारण गर्ने गरी | "7 (०000 )
खुला छाडिएको छ। माग तथा आपूर्तिको सिद्धान्तको आधारमा वस्तु तथा सेवाको गोपेन राई
मूल्य घटबढ हुन्छ। काठमाडौँ, कालीमाटीस्थित तरकारी बजार।
बजारको माग अनुसारको परिमाणमा वस्तु तथा सेवा उत्पादन भए मूल्य स्थिर हुन्छ। मागका तुलनामा आपूर्ति बढे मूल्य सस्तो र आपूर्ति कम भए महँगो हुन्छ।
बन्द, हड्ताल, ढुवानी समस्या, न्यून आपूर्ति र ढुवानी भाडा उच्च भएमा पनि मूल्य बढ्छ। तर, यहाँको बजार, अर्थशास्त्रको यो सिद्धान्तको बाटोमा छैन। अर्थात्,
वस्तु तथा सेवाको आपूर्ति उच्च भएका वस्तुको पनि मूल्य आकाशिएकै छ।
बिचोलियाहरूले वस्तु तथा सेवाको मूल्यमा अतिरिक्त मूल्य बढाइरहेका छन्। अर्थात्, मूल्यवृद्धिका मूल कारण कालोबजारी, नाफाखौरी र तहतहमा बिचौलिया
सक्रिय हुनु हो। किसानसँग सस्तोमा किनेर व्यापारीलाई बेच्ने फौबन्जारहरूको जगजगीले तरकारीको मूल्य बढाइरहेको छ। पाँच तहको व्यापारिक कारोबार
रहेकाले दाल र गेडागुडीको मूल्य पनि ह्वात्तै बढेको वाणिज्य विभागका अधिकारीहरू बताउँछन्।
चलखेल रोक्न सरकारी हस्तक्षेप प्रभावकारी नहुँदा बजार 'लूट अखडा' बनेको अर्थशास्त्रीहरूको तर्क छ। अर्थशास्त्री केशव आचार्य खुला बजार अर्थतन्त्रका
नाममा राज्यलाई कमजोर पारिँदा बजारमा छाडातन्त्र मौलाएको बताउँछन्। उनी भन्छन्, “बिचौलिया व्यापारीहरूको चलखेल, कार्टेलिङ, सिन्डिकेट र
http://nepalihimal .com/article/4727 1/3
|
|
|