02/10/2017 हिमाल खबरपत्रिका | गतिरोध हटा क्रियाशील होड स्वबरपत्रिका होमपेज | अमिलेखालय | ग्राहक बन्नुहोस्‌ | विज्ञापनको लागि गतिरोध gets क्रियाशील हो रमझम Share: As ८ "र -रघुपन्त ७ विभिन्न अप्ठेराहरू मिंलेर सामना गरिरहेका त्रिपालवासीहरूले भूकम्पले उत्पन्न गरेको झन्डै एकमहीने 'संकटकाल' लाई पराजित गर्दै र सरकारलाई दिएको सन्देश हो- युद्धस्तरको क्रियाशीलता । ea ee ciate | coer Bae Se in SF ट "२५८9 कि” ae क हु?” yn ee 221) aN at — “5 ce कक "३ =a Po _ र, SBS i ॥ थि 1 पु “फल! ‘ 1 201. द्र a ) ति, = — Oe as x. भन [ ood o ॥ नका 7) 3 ——— ae > 0 000 Wt oo महाभूकम्पपछिको टुँडिखेल, काठमाडौँ। संकटको बेलामा नै मान्छेको गुण-दोष, योग्यता र अयोग्यता देखिन्छ। नेताको क्षमता, प्रतिभा र नेतृत्व गुण जाँच्ने परीक्षा पनि संकटकै बेला हुन्छ। र, संकटकै बेला हामी बाँचिरहेको समाज र त्यसका सदस्यहरूको चरित्र र विशेषताका वास्तविकता पनि देख्न र बुझन पाइन्छ। यसपालिको भूकम्पले प्नि नेपाली समाजका चरित्र र विशेषताका विभिन्न पक्षलाइ अझ्‌ सतहमा ल्याइदिएको छ। समाजका विमिन्न तह र कुनाहरूमा लुकेर बसेका सकारात्मक र नकारात्मक पक्षहरू अझ्‌ प्रष्ट रूपमा बाहिर आएका छन्‌ र समाजशास्त्री तथा अध्येताहरूलाई अध्ययन र चिन्तनका लागि थप कुराहरू प्राप्त मएको छ। सहअस्तित्व र सहिष्णुता नेपाली समाज मूलतः हिन्द, बौद्ध र किराँत संस्कृतिको सम्मिश्रणले बनेको छ। र, मुस्लिम, शिख, जैन लगायत अन्य धर्माबलम्वीहरू पनि आ-आफ्नो संस्कृति र जीवनशैली अनुरूप समान हैसियतमा सदियाँदेखि नेपाली समाजको सम्मिश्रण मित्रै रहेका छन्‌। तर विदेशी सहयोगमा केही वर्षदेखि आक्रामक ढंगले इसाई घर्मको जुन ढंगले प्रचार भइरहेको छ, त्यसको नकारात्मक पक्ष यसपल्टको भूकम्पले उत्पन्न गरेको संकटका बेला उजागर भएको छ। भूकम्प पीडितहरूलाई बाँडिएको चामलको बोरामा बाइबल भेटिनु र केही क्रिश्चियनसँग नजिक संस्थाहरूले क्रिश्चियन घर्ममा लागेकालाई मात्र राहत बाँडेर अन्यलाई नदिनुले नेपाली समाजमा विदेशी प्रोत्साहनमा धार्मिक द्वन्द्वको बीजारोपण गर्न खोजिएको देखियो। संकटलाई धर्म प्रचारको मौकाको रूपमा प्रयोग गर्ने यस्तो नकारात्मक प्रवृत्ति नेपाली चरित्र होइन। यस्ता केही प्रवृत्तिलाई बेवास्ता गरिदिने हो भने यसपल्ट भूकम्पले उत्पन्न गरेको संकटलाई नेपाली समाजले मिलेर साझा संकटका रूपमा सामना गरिरहेको छ। १२ र २९ वैशाख २०७२ को ठूला घक्का र सयौँको संख्यामा स-साना कम्पन बेहोरिरहेको नेपाली जनमानस भूकम्पको त्रास र आतंकबाट पूर्णतः मुक्त नभइसके पनि आफ्नो जीवन क्रमशः सामान्य बनाउँदो छ। जीवनले जस्तासुकै संकटहरूको पनि सामना गर्न सक्ने क्षमता मान्छेहरूमा उमार्दै र संकटमा पनि सामान्य हुन सिंक्दै जान्छ। त्रिपालमुनि टुँडिखेल, विभिन्न मैदान, चोक र फूटपाथहरूमा रात बिताउनेहरूको संख्या घट्न थालेको छ। तर महलदेखि डेरासम्मबाट त्रिपालमुनि सुत्न आउने क्रममा नेपालीले आफ्नो जीवन संस्कृतिमा रहेको साझापन, सहअस्तित्व र सहिष्णुतालाई फेरि एकपल्ट राम्रोसँग देखाइदिए। भूकम्पले हल्लाउँदा लहरै रहेका पालहरूमा मात्र हैन, एउटै त्रिपालमुनि रहेका मुस्लिमहरू अल्लाहको नाम लिइरहेका हुन्थे भने हिन्द्रहरू रामराम जपिरहेका देखिन्थे। बुद्धमार्गीहरू 'बुद्ध हाम्रो रक्षा गर' भन्दै हुन्थे भने नास्तिकहरू एकैचोटि यस्ता दृश्यहरूको अनौठो अनुभूति गरिरहेका हुन्थै। एउटा परिवारले बनाएको तरकारी अर्का परिवारले स्वाद मानी मानी चाखिंरहेको हुन्थ्यो भने अर्को कुनै परिवारले दिएको चटनीमा जिब्रो फट्कारिरहेको हुन्थ्यो। कतिपय त्रिपालमुनि विमिन्न जातजातिका साझा मान्सा र भोजन चलिरहेको हुन्थ्यो। कोही रेडियोमा भूकम्पका समाचार सुनिरहेका हुन्थे भने कोही तास फिटेर खाल जमाइरहेका हुन्थे; कोही मोबाइलमा फेसबुक चलाउन मस्त भेटिन्थे त कोही किताबमा मग्न। एकातिर पुरुषहरूको राजनीतिक गफको अखडा चलिरहेको हुन्थ्यो भने अर्को कुनामा महिलाहरू गफको महफिल जमाइरहेका भेटिन्थे। तिब्बती चिया र मःम, शेर्पाले बनाउने थुक्पा, मुसलमानले पकाएको सेवई र वैष्णव पन्थीले दिएका मिठाई र नेवारले बनाउने पिरो छोयला र नयाँ पुस्ताले मन पराउने कफी- सबैको स्वाद चाख्ने मौका एउटै त्रिपालमुनि पाइन्थ्यो। कतिपय तन्नेरीहरूले नयाँ साथी पनि त्रिपालबासमै बनाउन भ्याएका देखिन्थ्यो। अर्थात्‌ भूकम्पले उत्पन्न असामान्य परिस्थितिमा पनि नेपालीले आफ्ना जीवनका सामान्य, सहज गतिविधि र आफ्ना स्वामाविक जीवन्तता र बानीबेहोरा छोडेका थिएनन्‌। आफ्ना दुःख र पीडाप्रति चिन्तित त्रिपालवासीहरू एकअर्काप्रति पनि चिन्तित देखिन्थे। डेरा भत्किएर पालमुनि आएकाहरूका लागि नयाँ डेरा खोजिदिन रैथाने र घर भएकाहरू आफन्तलाई मोबाइलबाट फोन गर्दै 'तिमीकहाँ कोठा खाली छ?' भनेर सोघिरहेका देखिन्थे भने उनीहरूका गाउँघरको अवस्था बुझिदिन लागिरहेका हुन्थे। अर्थात्‌ भूकम्पले उत्पन्न गरिदिएका विमिन्न अप्ठेरा मिलेर सामना गरिरहेका थिए, त्रिपालवासीहरू। उनीहरूले भूकम्पले उत्पन्न गरेको झन्डै एकमहीने 'संकटकाल' लाई पराजित गरिदिएका छन्‌। एकअर्काको धर्म, संस्कृति, परम्परा र मान्यताको सम्मान र सहअस्तित्वमा जिउन मन पराउने र सहिष्णुतालाई आफ्नो जन्मजात स्वभावका रूपमा हुर्काएका नेपालीले 'सहअस्तित्व र सहिष्णुता: नेपाली विशेषता' को मान्यतालाई मलजल गरिरहेका छन्‌। समाजमा विद्यमान यो विशिष्ट गुणलाई बाह्य घार्मिक आक्रमण र अनेकौं अन्ध जातिवादले भत्काउन खोजे पनि त्यो बलियोसँग अझै कायम रहेको छ, जसलाई सम्पूर्ण नेपालीले भविष्यमा अझ्‌ समावेशी र सहिष्णु बनेर सुदृढ बनाउनु आवश्यक छ। यो हाम्रो यस्तो विशेषता हो, जसलाई अझ्‌ व्यापक, सुदृढ र समावेशी बनाउने हो भने भविष्यमा समृद्धिको एउटा प्रमुख आधार बन्न सक्छ। आफ्नै स्रोतको परिंचालन भूकम्पको घक्का कालमा नेपाली समाजका अँध्यारा पक्ष पनि त्यत्तिकै देखिए। समाजमा विद्यमान जडता मात्र होइन अप्ठ्यारो अवस्था अवश्यम्भावी छ भन्ने जान्दाजान्दै पनि भूकम्पको सामना गर्न आवश्यक तयारी नगर्ने राज्य संयन्त्र र आफ्नै लापरबाहीले पनि नेपालीले नोक्सानी बेहोर्नुपरेको छ। http://nepalihimal .com/article/4447 1/2