02/10/2017 हिमाल खबरपत्रिका | 'वर्गशत्रु' भूकम्पका केही दृश्य स्वबरपत्रिका होमपेज | अमिलेखालय | ग्राहक बन्नुहोस्‌ | विज्ञापनको लागि 'वर्गशत्रु' भूकम्पका केही दृश्य रमझम Share: - कनकमणि दीक्षित ol भग्नावशेषबाट हामीले त्यसरी नै घूलो टकटक्याउँदै उठ्नुछ, जसरी हाम्रा पुर्खा उठेका थिए। लाखौं डिजिटल तस्वीर तथा हजारौं मिडियोले २०७२ को महाभूकम्पलाई दस्तावेजीकरण गरेका छन्‌। पत्रिका, अखबार, अनलाइन पोर्टल तथा टेलिमिजनद्वारा तत्कालको व्यावसायिक प्रयोग भएको छ भने फेसबुक र ट्वीटर मार्फत पूरै नयाँ हिसाबले भूगर्मको यो प्रकोपको रेकर्डिङ भएको छ। जगदम्बा प्रेस भविष्यको लागि पनि यी तस्वीर र मिडियो उपयोगी हुनेछन्‌- कसरी जनता र राज्यले महसूस गरे भूकम्प, कुन खालको मानवीय क्षति पुग्यो र हाम्रो 'रेस्पोन्स्‌' कति दह्रो थियो भनेर। १२ वैशाखको भुईचालो र त्यसपछिका कम्पनको प्रतिनिधित्व गर्न सक्ने तस्वीर दशौं हजार भए पनि पंक्तिकार आफ्नो नजरको भरमा पाँच फोटो र दुई मिडियो पेश गर्दछ। ah 0 Nee सि " “L १ i cael oy Sc ty 4 .. a py os ८ फक er” es ae Be Sone ही र 0000 हि बच्चा र उद्धारकर्ताः भक्तपुरमा १३ गते उद्धार गरिएको बालकको तस्वीरले धेरै कुरा झ्ल्काउँछ, २२ घन्टा पुरिएको हृष्टपुष्ट बालकलाई भत्केको भवनले पनि पूरै सुरक्षित राखेको रहेछ। उसलाई माथि उचाल्ने सैनिक जवानको स्नेहस्निंग्ध अनुहारमा देश-विदेशका उद्धारकर्तामा निहित मानवता, साहस र कर्तव्यनिष्ठता झ्ल्केको छ। मिडिया फोकसमा नआएका अरू सयौँको यसरी नै उद्धार भएको छ- घरहरादेखि घुन्चेसम्म, साधारण नागरिकदेखि सुरक्षाकर्मीद्वारासम्म। र, यो तस्वीरले गाउँ-शहरमा ढुंगा, दलिन, बिम्‌-पिलरले पुरिएकाहरूको सम्झ्ना पनि दिलाउँछ। मर्नेको प्राण त गइहाल्यो, कति होलान्‌ जो थिचिएर, च्यापिएर बसेका थिए भग्नावशेषको गर्भभित्र। ज-जसको मस्तिष्क चलायमान थियो, गुहार माग्दथे, तर उद्धार आउन सकेन। सकुशल उद्धार भएको एउटा बच्चाको तस्वीरले दिवंगत भएकाहरूको सम्झ्ना पनि दिलाउँछ। टुँडिखेलको भिडियोः सार्क शिखर सम्मेलनमा जडान गरिएका ट्राफिक प्रहरीको सीसीटीभी क्यामेराले हामीलाई धेरै कुरा सिकायो, देखायो। जस्तै, त्रिपुरेश्वरमा त्रिमुवनको सालिक कसरी बच्यो, जब उसमाथि र वरिपरिको प्यामिलियन पूरै ध्वस्त भयो। ललितपुर, बखुन्डोलस्थित समिट होटलको स्वीमिङपुलको 'सुनामी' भन्नुस्‌ वा बसन्तपुरको नौतले दरबार ढल्दाको सयौं परेवाको चक्कर; यी मिडियोहरूले काठमाडौं उपत्यकाको सार्वजनिक र सम्पदास्थल ढल्दाको अवस्था देखाउँछन्‌। टुँडिखेल र नेपाल वायुसेवाको बीचमा उत्तरतर्फ चल्दै गएको ट्राफिकको दृश्य छ एउटा सीसीटीमी क्लिपमा- मोटरसाइकल, मिनीबस र सफा टेम्पोको लस्कर। शनिबार भएकोले एउटा पावर टिलर पनि उत्तर लाग्दैछ। गाडीका भँगालोबीच उभिएका छन्‌ ट्राफिक प्रहरी, केही सोध्न एक महिला आइपुग्छिन्‌। ती महिलाले टुँडिखेल गेटतिर हेरेकै बेला कम्पन शुरू हुन्छ। टुँडिखेलको 'टप हेमी' त्यो गेट गर्लम्म ढल्छ। आत्तिएकी महिला प्रहरीको हात समाल पुग्छिन्‌, खतराबाट बचाउने गरी। त्यही 'मिलिसेकन्ड्‌' मा टिलर चालक कंक्रिट झ्दैं गर्दा पश्चिमपट्टि उछिट्टिएको देखिन्छ। घूलोको बादलबीच प्रहरी र महिला आ-आफ्नो बाटो लाग्दछन्‌। माइक्रोबाट सबै झरेर भाग्छन्‌। कन्डक्टर ठिटो भाग्दा भाग्दै 'स्लाइडिङ्ग' ढोका बन्द गर्न भने सम्झ्न्छ। पूर्वी हावाले घूलो पन्छाउन थाल्छ, धेरै मानिस गेटको भग्नावशेष छिचोल्दै टुँडिखेलतर्फ लाग्दछन्‌। एकजना ढलेका टिलर चालकलाई उद्धार गर्न अग्रसर हुन्छन्‌, अर्को सघाउन आउँछ। अरू पनि सहयोगी हात थपिएपछि चालकलाई बोकेर अस्पतालतिर लगिन्छ। कुनै दिन यो टुँडिखेल गेट वरिपरि विपत्मा परेका पात्रलाई खोजेर मेट गराउन पाए कस्तो अनुभव-अनुमूतिको साटासाट हुँदो हो! https://www.youtube.com/watch?v=QxZx4T5bPUE कि 5 3 - aot. oie १ डु ती हिरा हो be A es sat rik Sa