|
|
02/10/2017 हिमाल खबरपत्रिका । इतिहासकै ठूलो लडाइँ
हिमाल खबरपत्रिका
होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि
Share:
- रामेश्वर बोहरा
आम नागरिकलाई आशावादी बनाउँदै र भूराजनीतिक लगायतका चुनौतीसँग जुध्दै देशलाई नवनिर्माणमा अघि बढाउने यो 'लडाइँ' राजनीतिक Ol (
नेतृत्वका लागि अहिलेसम्मकै अहम् हुनेछ।
यी नेता... जगदम्बा प्रेस
१२ वैशाखमा ७.८ म्याग्निच्यूडको कम्पन हुँदा दोलखा-१ बाट निर्वाचित सभासद् a” ny ve nN a
पार्वत गुरुङ विकट गौरीशंकर गाविसको छिमी गाउँमा थिए। एक अमेरिकी संस्थाले 050. 2? या a € cas 3 “eg
बनाइदिएको विद्यालय भवन उद्घाटनपछि उनी सहितको टोली नजिकैको घरमाखाना | 1... oy) = a ls
खाँदैथियो। एकाएक शुरू भएको डरलाग्दो कम्पनले घर भत्क्यो, भागदौड मच्चियो। AS / » y ed
सभासद् गुरुङसँगै सहायक जिल्ला शिक्षा अधिकारी, जिल्ला विकास समितिका | त त ८ ‘sles , ! ७
अधिकृत, विदेशी नागरिक र स्थानीय सहित दर्जनौं घाइते भए। आफैं घाइते गुरुङले 4 os 5
कार्यकर्ता र स्थानीयको सहयोगमा घाइतेहरूलाई दुई घण्टा टाढाको मोटरबाटोसम्म J a
पुग्याए। उनको गाडी पहिरोले क्षतविक्षत थियो भने बाटो अवरुद्ध। काठमाडौंबाट ॥औ | “4 ‘
उनलाई लिन पुगेको हेलिकोप्टरमा विदेशी र गम्भीर घाइतेलाई पठाएर गुरुङ उद्धारमै कर. क . | nS
खटिए। केही दिनपछि सदरमुकाम चरिकोट पुगेर राहत व्यवस्थापनमा लागे। रासस
. भूकम्पपीडितको अवस्था बुझ्न स्थलगत अवलोकनमा गएका
२९ वैशाखमा ७.३ म्याग्निच्यूडको पराकम्पन जाँदा पनि गुरुङ दोलखाकै जफे प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र
गाविसमा अमेरिका र बेल्जियमवासी गैरआवासीय नेपालीले मृतक परिवारलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल। साथमा सुरक्षा निकायका
पठाएको नगद राहत वितरण गर्दैथिए। पराकम्पनसँगै राहत वितरणमा सहभागीहरू प्रमुख
अत्तालिएर भाग्न थाले। गुरुङ भने त्यहीं बसे। केहीबेरमै खबर आयो- त्रिभुवन
विश्वविद्यालयका उपप्राध्यापक माधव भुसाल र स्थानीय दुई महिला पहिरोमा पुरिए, अरू ६ जना घाइते भए। केही घण्टापछि एमाले समासद्व्वय पशुपति
चौलागाईं र आनन्द पोख्रेल हेलिकोप्टर लिएर गुरुङलाई उद्धार गर्न आइपुगे। “समूहलाई छाडेर हेलिकोप्टरमा जान सम्भव थिएन” एमाले केन्द्रीय सदस्य गुरुङ
भन्छन्, “गम्भीर घाइतेलाई हेलिकोप्टरमा पठाएर हामीले जोरनारी जंगलमा रात काट्यौं।” दुईपल्ट मृत्युसँग साक्षात्कार गरेका गुरुङ त्यसपछि पुनः सदरमुकाम
फर्केर उद्धार र राहतमा सरकारी निकाय तथा सुरक्षाकर्मीसँग समन्वयमा लागे। अहिले पनि कार्यकर्ता परिचालन गरी उद्धार-राहतमा खटिएका उनी क्षत-विक्षत
उत्तरी दोलखाका १८ गाविसमा घाइतेको उद्धार भए पनि मृतक र बेपत्ताको उद्धार नमएको, सडक सञ्जाल ध्वस्त बनेको र कतिपय ठाउँमा सञ्चार सम्पर्क समेत
विच्छेद भएको बताउँछन्। “परिवार र साथीभाइले काठमाडौं आउ भनेर हैरान गरेका छन्, उनीहरूको कुरै सुन्न छाडिसकें” गुरुङ भन्छन्, “जनता यत्रो बिचल्लीमा
परेका बेला दिमागमा योबाहेक अर्थोक छैन। ”
काठमाडौंबाट करीब १३२ किलोमीटर द्रूरीमा रहेको दोलखा १२ र २९ वैशाखका कम्पनबाट घेरै क्षति पुगेको ठाउँ हो। भूकम्प पीडितको उद्धार र राहतमा
खटिएका गुरुङ जस्तै धेरै राजनीतिकर्मी भूकम्पले विनाशलीला मच्चाएका गाउँहरूमा दिनरात खटेका छन्। काठमाडौंमा भने सरकारसँगै दल र नेता-कार्यकर्ता
आम आक्रोशको तारो बनेका छन्। दलहरूले जनतामा परेको विपत्तिमा सहयोग नगरेको गुनासो छ। त्यसले जानेर, नजानेर लोकतान्त्रिक परिपाटीलाई नै
कमजोर पार्न सहयोग पुग्याउँदैछ। यसखाले महाविपत्तिको सामना गर्न बलियो सरकार र त्यसलाई टेको दिने दलहरूप्रति आम विश्वास बढ्नुपर्ने बेला उल्टो
अविश्वास बढ्ने/बढाउने काम भइरहेको छ। जनतामा आशाको साटो निराशा बढ्दैछ।
मानवशास्त्री सुरेश ढकाल सरकार र दलहरूप्रतिको यो अविश्वासलाई पहिलेदेखिकै निरन्तरता मान्छन्। सरकारका अंगसँगै सभासद्, स्थानीय तहका
राजनीतिक नेता-कार्यकर्ता मरिमेटेर खटेको तर, सरकारप्रमुख र मन्त्रीको निम्छरो प्रस्तुतिले त्यसलाई ओझ्शल पारेको उनको आकलन छ। “यस्तो बेला
आफूले गरेका कामबारे अरूलाई पनि थाहा दिनुपर्छ” ढकाल भन्छन्, “अरू देशमा यस्तो विपत्का बेला सूचना प्रवाहको रणनीति बनाउने टीम नै हुन्छ, यहाँ चाहिं
सरकारले केही पनि नगरे जस्तो, अरूले मात्र गरे जस्तो देखिन पुग्यो।” सरकारप्रतिको गुनासो र आक्रोशको सकारात्मक अर्थ समेत हुने र त्यसले
सरकारप्रतिको अपेक्षा कायमै रहेको देखाउने भएकाले सरकार थप सुधारतर्फ लाग्नुपर्ने ढकाल सुझाउँछन्।
ढकालको विचारमा, सरकार र दलहरूप्रति अविश्वास बढाउने काम सरकारगै सहभागी दलकै नेता-कार्यकर्ताले गरिरहेका छन्। टेलिमिजनबाट प्रत्यक्ष प्रसारण
हुने संसद् बैठकमा सत्तारुढ दलकै सभासद्हरू कामै नगरेको भन्दै सरकारकै उछित्तो काढ्छन्। गाउँ, टोलमा पुग्ने कतिपय समासद् 'भोट ब्यांक' का लागि
सरकारलाई पंगु देखाउने कोशिश गरिरहेका छन्। “भौतिक रूपमा कति डेलिभरी गर्न सकिन्छ भन्ने आफ्नो ठाउँमा छ, तर आशा मर्न दिनु भएन”, ढकाल भन्छन्,
“यस्तो विपत्मा पनि सरकार-दलहरू तपाईंसँगै छन् भनेर आम जनतामा आशा जगाउने काम नै अहिलेको आवश्यकता हो, जुन हुनै सकेको छैन|”
आशा जगाउने चुनौती
ठूलो विपत्ति भोगेपछि नै विश्वका धेरै मुलुकले विकासमा फड्को मारेको देखिन्छ। दक्षिणकोरिया, जापान, जर्मनी लगायतका मुलुक त्यसका उदाहरण हुन्।
महाविपत्ले देश एकजूट हुने वातावरण बनाइदिन्छ। यस्तो बेला भय र निराशामा जकडिएका नागरिकमा आशा जगाउनु सबैभन्दा महत्वपूर्ण मानिन्छ। पूर्व
परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे भन्छन्, “जनतामा मर्दै गएको आशालाई पुनर्जीवित गर्न सकियो भने आधा लडाइँ जितिन्छ, बाँकी आधा पुनःनिर्माणमा लाग्ने
आर्थिक स्रोतको खोजी, प्राविधिक सहयोग र जनशक्ति व्यवस्थापन नै हो।”
सरकार र मुख्यतः राजनीतिक दलहरू यसमै चुकेका छन्। महाभूकम्पको पाँच दिनपछि मात्र सरकारले व्यवस्थापिका-संसद्को विशेष अधिवेशन बोलाउने
निर्णय गन्यो, १३ दिनपछि मात्र संसद् बस्यो र महाभूकम्प सम्बन्धी संकल्प प्रस्ताव पारित हुन थप ६ दिन लाग्यो। संसद्वाट यति ठूलो विपत्ति सामना गर्ने प्रष्ट
खाका र एकताको सन्देश हैन, विभाजित मनस्थिति र स्वार्थ छताछुल्ल भयो। राहत वितरणमा देखिएको कमजोरीले चुलिएको जनआक्रोश र अविश्वासमा
त्यसले थप मलजल गगन्यो। सांसद्लाई पाल वितरण जस्ता घटनाक्रमले राजनीतिप्रति वितृष्णा अरू बढाए। परिणाम, एउटै हेलिकोप्टरमा भूकम्प प्रभावित
स्थलसम्म पुगेका प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रयासले समेत 'देखावटी' को
आक्षेप खेणुपम्यो।
मानवशास्त्री डकाल अहिलेसम्म विनाशको भौतिक पाटो मात्रै हेरिएको र सामाजिक पाटो बेवास्तामा परेकाले आउँदा दिन थप चुनौतीपूर्ण बनेको बताउँछन्।
“सबैभन्दा महत्वपूर्ण काम भनेकै विपत्तिले खल्बलिंएको सामाजिक मनोविज्ञान पुनर्स्थापना गर्नु हो”, ढकाल भन्छन्, “इन्जिनियर र पैसाले मात्र पुनर्स्थापना र
पुनःनिर्माण हुन्न, समाजलाई पुनर्स्थापित गर्ने र आशावादी बनाउने कुरा प्रमुख हो।”
http://nepalihimal .com/article/4423 1/4
|
|
|