|
|
02/10/2017 हिमाल खबरपत्रिका । आतलसम्मानसहितको पुनर्स्थापना
हिमाल खबरपत्रिका
होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि
आत्मसम्मानसहितको पुनर्स्थापना रमझम
Share:
- सुरेश ढकाल ८
महाविपत्पछि आत्मनिर्भर समाज बनाउने हो भने हामीभित्रैका परम्परागत संस्कार र सामर्थ्य जगाउनुको विंकल्प छैन। | c ७
करीब डेढ दशकअघि 'सहभागितामूलक विपत् व्यवस्थापन' सम्बन्धी अध्ययनको ही हट? क न, [जगदम्बा प्रेस प्रेस
सिलसिलामा म स्याङ्जा जिल्ला बहाकोटस्थित काउले र छिमेकी बस्ती पुगेको थिएँ। ————S—O
त्यहाँका अधिकांश युवा वैदेशिक रोजगारीमा र उता नपुगेका पनि गाउँबाहिरै बस्थे। at ८1 oN 7
गुरुङबाहुल्य ती बस्ती अघिल्ला वर्षमा मात्र पहिरोमा पुरिएका र ठूलो क्षति बेहोरेका । बन्न 3 4 =n
थिए। S34 ८ त कति ८ SAN
बस्तीमा पहिरोका डोब मेटिइसकेका थिएनन् तर लाग्थ्यो समुदाय पूरै तङ्ग्रिसकेको ea Pe बो जक
छ। बस्ती पुनर्स्थापित भइसकेको थियो। एउटा परिवार मात्र गाउँ फर्केको थिएन, त्यो | es = el | ८ हु,
पनि स्वेच्छाले। मनमा त्रासको घमिलो चित्र त थियो तर गाउँले खुलेर हाँस्न 0024 eo we i ee Zs
थालिसकेका थिए। हन pie cy oS, LS ee
ihe FS Po BES
पहिरोले तहसनहस भएको समाज एक-दुई वर्षभित्रै कसरी पुरानै अवस्थामा फर्कन _ 9, इन्सेक “ हु ~ ~
सम्भव भयो? त्यही कथा बताउन गाउँमा लोग्नेमानिस र युवा थिएनन्। थिए त आमा तस्वीरः इन्सेकअनलाइन ७
समूहका जाँगरिला आमा। विदेशमा बस्नेहरूले, पोखरालगायत अन्यत्रका खरानीटार-२ नुवाकोटका तेजलाल श्रेष्ठ घरको आँगन छेवैमा
आफन्तजनले जुटाइदिएको आर्थिक भरथेग र आमा समूहको सामूहिक संघर्ष र जस्ताको छानो हालेर टहरो बनाउँदै।
सामुदायिक प्रयतबाट त्यो स्थिति सम्भव भएको थियो। सामूहिक दुःख सामूहिक रूपमै साटे, सामूहिक रूपमै जुधे। सामूहिक बसाइँ, खानपान, प्रयत्न तथा
पुनर्स्थापना अपनाए र त्यसको नेतृत्व आमाहरूले गरे। विपत्पछि पूर्वावस्थामा फर्कन आमा समूहले जुन प्रकारको सामाजिक पूँजीको उपयोग र उदाहरण
स्थापना गरे, त्यो हाम्रो मौलिक परम्परा, सामर्थ्य थियो।
१२ वैशाखको भूकम्प र पराकम्पनले ल्याएको महाविपत्को आयतन पहिलेका कुनै विपत्सँग तुलना हुँदैन। तर, पुनर्स्थापनाका लागि गरिने सामूहिक प्रयल र
अभ्यासका उदाहरण एका-दुई बाहेक सुन्नमा आएनन्। जुन अपेक्षित र आवश्यक थियो।
उसो भए के हामीले स्याङ्जाका आमाहरूले अवलम्बन गरे जस्ता परम्परागत, प्रथाजनित सामर्थ्य गुमाइसक्यौँ? वा त्यो ज्यादै निम्छरो अवस्थामा छ? जवाफ
सहज छैन। महाविपत्मा राहतकार्य विस्तार हुँदो छ। पीडित र प्रभावित क्रमशः तङ्ग्रिदै छन्। तैपनि यसका अल्पकालीन र दीर्घकालीन असर र प्रमाव
अगणितीय छन्/हुनेछन्। जनधनबाहेक जनस्वास्थ्य, शिक्षा, वातावरणीय, कृषि (खेती र पशुपालन) र जीविकोपार्जनमा आउने संकुचनसहितको थप भारले
हामीलाई लामो समयसम्म पछि पार्नेछ।
त्यसो भए के हामीसामु अँध्यारो मात्र छ त? पक्कै होइन। भूकम्पले केही अवसर साथै लिइआएको छ। प्रश्नचाहिं ती अवसरको सही पहिचान र रणनीतिक
उपयोगको हो।
सामाजिक पूजीको सहारा
सामान्यतः सामूहिक हित निर्माण वा उत्पादन गर्न सक्ने स्रोतको रूपमा रहेको सामाजिक संरचनाको त्यो पक्ष सामाजिक पूँजी हो जसका आधार र अवयव
आपसी विश्वास, सामूहिक हितोन्मुख सामाजिक मान्यता र संजाल हुन्। यस्तो पूँजीले आपसी हितका खातिर गरिने सहकार्यलाई सहजीकरण र सम्भव
तुल्याउँछ। मानवीय स्रोत र भौतिक पूँजीको कमी भएकाहरूलाई यस्तो पूँजीले सामाजिक सुरक्षा सञ्जालको काम गर्छ।
नेपाली सन्दर्भमा भौगोलिक, सामाजिक, साँस्कृतिक समूहबीच फरक-फरक शैली र संरचनाका सामाजिक सुरक्षा सञ्जालको अस्तित्व भेटिन्छ। आमा समूह,
पर्म-परेली, खैडी, सघाउपघाउ, भेजा, रोधी, छिजोक, किद्वकसँगै गुठी, बडघर वा ख्याल, मजिहड्म, खमारी चोखा, गरामती समाजका यस्ता चरित्र हुन् जसले
आर्थिक, सामाजिक, सांस्कृतिक निरन्तरता र पुनरुत्पादन सम्भव गराइरहेको थियो। यस्ता सामाजिक अवयवले समुदायमा सामूहिक भाव निर्माण गरिरहन्थ्यो,
एक्लो वा निरीह हुन दिँदैनथ्यो। 'एकका लागि सबै र सबै सबैका लागि' भने जस्तै। अर्थतन्त्रको स्वरुप तथा जीविकोपार्जनका उपायमा आएको परिवर्तन,
आयातित वा थोपरिएको विकास मोडेलले हाम्रा सामाजिक पूँजीलाई कमजोर र विलुप्त पार्दै लग्यो। क्रमशः घेरैले पारिवारिक तहमा सम्भव समृद्धि पनि गुमाउँदै
गए।
भूकम्पपछिको एक साता अकल्पनीय त्रासको समय थियो। पीडित र प्रभावितहरू आफूसँग बचेखुचेका अत्यन्त सीमित वस्तुका भरमा बाँच्ने अभ्यास गरिरहेका
थिए। त्यो बेला गाउँ र शहरका मिन्न समाचार आउने गर्थे। शहरमा ठूलो भूकम्पको हल्ला, चोरी, महिलाका पालभित्र नचिनिएका पुरुष प्रवेश, राहत वितरणमा
दुरुपयोग, झिनाङ्पटी, कालोबजारी आदि। काठमाडौंको उत्तरपूर्वी एउटा बस्तीमा एक मात्र सद्दे घरका घनीले नै बढी राहत कुम्ल्याएको पनि देखियो। राहत
तुलनात्मक रूपले व्यक्तिकेन्द्रित देखियो।
उता गाउँबाट आउने समाचार अर्कै थियो। उनीहरूसँग जे छ बाँडीचुँडी खाए, मिलेर बसे, दुःखमा सक्दो साथ दिए। पाल नपुगेको ठाउँमा बरु सबै खुला
आकाशमुनि बसे तर कसैलाई काखा-पाखा गरेनन् आदि।
यो नै शहरी, बजार र ग्रामीण क्षेत्रको मूल चरित्र थियो। सामान्यीकरण गर्न नमिल्ला, तर शहरमा कमजोर हुँदै गएको सामूहिक हित, आपसी विश्वास र भरोसा
गर्ने संस्कार अझ्सम्म ग्रामीण क्षेत्रमा बाँकी छ। शहरी गरीब आर्थिक मात्र होइन सामाजिक पूँजीका अर्थमा पनि गरीब हुन्छन् तसर्थ उनीहरू बढी जोखिम,
अनिश्चिततामा हुन्छन्। तङ्ग्रिन सक्ने सामर्थ्य र पुनर्सर्थापनामा पनि अरूभन्दा कमजोर हुन्छन्। श्रम बेच्नेबाहेक त्रष्!ण, राहत जस्ता आर्थिक अवसरहरूमा पनि
उनीहरूकै पहुँच कम हुन्छ।
तर, चिन्ताको कुरा चाहिँ ग्रामीण क्षेत्रमा समेत जुन तहमा सामाजिक पूँजीको उपादेयता प्रमाणित हुनुपर्थ्यो त्यो देखिएन भन्ने हो। यदि त्यस्तो हुँदो हो त पीडित
र प्रभावितहरू व्यावहारिक रूपमै अहिलेभन्दा बढी तङ्ग्रिसकेका हुन्थे, अहिलेमन्दा कमै निरीह मानसिकतामा हुन्थे, बेसहारा महसूस गर्नेहरू झ्नै कम हुन्थै।
http://nepalihimal .com/article/4420 1/2
|
|
|