|
|
02/10/2017 हिमाल खबरपत्रिका | नयाँ घर व्यवस्थित बस्ती
हिमाल खबरपत्रिका
होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि
नयाँ घर व्यवस्थित बस्ती रमझम
Share:
- सन्त गाहा मगर र तुफान न्यौपाने
महामूकम्पबाट क्षतिग्रस्त मन र भौतिक संरचना पुनःनिर्माणको विंकल्प छैन। यस अर्थमा भूकम्पलाई व्यवस्थित घर र बस्ती बसाउने ६० ७
अवसरका रूपमा पनि लिन सकिन्छ। तर, तत्कालका लागि भने स्थानीय साधन र सीपबाटै अस्थायी घर बनाइहाल्नुपर्नेछ।
महाभूकम्पले घर भत्किएपछि साँगाचोक-९, पोखरे सिन्धुपाल्चोककी सीता गिरी (४६) Gee 79 900 छै 2000 Ai
लाई आउने बर्खाको त्रासले सताउन थालेको छ। बारीमा फलेको काँक्रो बेचेर केही SNE GR ected
हप्ता खान पुग्ने पैसा जम्मा गरेकी उनी भन्छिन्, “अबको बर्खा र जाडो सम्झिँदा नै ri 22 Cy aah 4 2 i = ea
आङ सिरिङ्ग हुन्छ।” भग्नावशेष घर छेवैमा उनी परिवारसहित दुई हप्तादेखि पालमुनि ba tet ५ Pe moe a
बस्दै आएकी छन्। दुईवर्षीय नाति अनुपको 'हामी घर कहिले जाने?' भन्ने लगातारको म ee
प्रश्नको जवाफ उनीसँग छैन। डी ४ क pana gc tah | 2h Sees
. es Call
महाभूकम्पले सिन्धुपाल्चोकमा मात्रै ६२ हजार ६७२ परिवारलाई बेघर बनाएको छ। क्र net : ae ee : =f ie
गृह मन्त्रालयले २५ वैशाखमा जारी गरेको तथ्यांक अनुसार महाभूकम्पले देशभरका क
दुई लाख ९० हजार ७५६ परिवारको घर ध्वस्त भएको छ। दुई लाख ५७ हजार २५३ !: a =
परिवारको घरमा क्षति पुगेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा औसत ee
प्रतिपरिवार सदस्य संख्या ४.८८ छ। यसलाई आधार बनाउने हो भने पनि तस्वीरहरु: तुफान न्यौपाने।
महाभूकम्पका कारण करीब २७ लाख जनता घरवारविहीन भएका छन्। काठमाडौं घदिङको छत्रे देउराली-९ डाँडाथोकमा अस्थायी टहरा बनाउँदै शेखर
उपत्यकाका तीन जिल्लामा ५८ प्रतिशत डेरा गरिबस्छन्। घर भत्कँदा/चर्कदा बाँस्कोटा र राम घिमिरे।
डेरावासीमा पनि परेको असरले प्रभावितको संख्या ड्नै बढ्छ।
गृह मन्त्रालयका अनुसार प्रत्येक १०० मध्ये ११ परिवारको घर बस्नयोग्य छैन। उनीहरूलाई मनसुन शुरू नहुँदै अस्थायी नै भए पनि आश्रयस्थलको व्यवस्था गर्नु
तत्कालको आवश्यकता हो।
स्थानीय सीप र साधन
वातावरणीय तथा सामाजिक हिसाबले दिगो बासस्थान सम्बन्धी काम गर्दै आएको यूएन ह्याबिट्याट नेपालका कार्यक्रम प्रबन्धक पदासुन्दर जोशी पुनर्वास र
पुनःनिर्माणमा स्थानीय साधन स्रोतको अघिकतम उपयोग गर्ने सुझाव दिन्छन्। जोशी यस्ता अस्थायी घर/आश्रयस्थल निर्माणमा भूकम्प प्रभावित स्थानीयकै
सीप प्रयोग गर्दा खर्च कम लाग्ने मात्र नभई अपनत्व समेत महसूस हुने बताउँछन्। पीडित कतिपयले आफैं, आफ्नै तरीकाले अस्थायी घर बनाउन पनि
थालिसकेका छन्। २२ वैशाखमा धादिङको छत्रे देउराली-९, डाँडाथोक पुग्दा नन्दप्रसाद बाँस्कोटाका छोरा शेखर र ज्वाइँ राम घिमिरे टहरो ठड्याउँदै थिए।
शेखरले भने, “कहिल्यै नगरेको भए पनि आपत्मा नजानी नजानी बासस्थान बनाउँदैछौं। ”
डाँडाथोकमा बाँस्कोटा दाजुमाइका लहरै जोडिएका ६ वटा घर थिए। महाभूकम्पको पहिलो झ्ट्कामै ती सबै माटोमै मिंसिए। नन्दप्रसादले ८ वर्षकी नातिनी जेनी
गुमाए। “भत्केको घरबाट जस्तापाता र स-साना काठ झृश्टिकेर तिनैलाई खाँबाको रूपमा ठड्याएर बनाउन थाल्यौँ”, उनी भन्छन्, “अर्काले बनाइदेला भनेर कति
दिन रूखको फेदमुनि रात काट्नु?” टोलका १० घर भत्किँदा तीन जनाको मृत्यु भएको थियो। अहिले सबै परिवार मिलेरै टहरा बनाउँदै छन्। “घरअगाडिको बाटो
भएर राहत बोकेका गाडी कुदेका कुद्यै छन्, हामीले केही पाएनौं”, नन्दप्रसाद भन्छन्।
छत्रे देउराली र जीवनपुर गाविसका भूकम्प प्रभावित पनि आफ्नो घर आफैं बनाउँदै छन्। जीवनपुर-५ दमाहाढुंगाकी जिना मियाँ (५४) घरको भग्नावशेष हटाउँदै
गरेको भेटिइन्। दमाहाढुंगा टोलका सातै घर भत्किए। पाँच जनाले ज्यान गुमाए। “सबैको घर भत्किएको छ, नबनाई भएन”, उनी भन्छिन्, “सबै जना आफ्नो घर
बनाउन जुटेका छौं।” उनकै छिमेकी माइली परियारको घर पनि महाभूकम्पले बाँकी राखैन। “राहत पाइएछ भने स्थायी घर बनाउँदै गरौंला”, माइलीका जेठा
छोरा मानबहादुर भन्छन्।
सुरक्षित आवासका क्षेत्रमा सक्रिय 'लुमन्ति, आवासका लागि सहयोग समूह'की प्रबन्ध निर्देशक लजना मानन्धर भत्केकै घरका काम लाग्ने सामग्री प्रयोगमा
ल्याउँदा कम खर्चमै बासस्थान बनाउन सकिने तर्क गर्छिन्। भारत, पाकिस्तान, श्रीलंका, फिलिपिन्स जस्ता देशको मुईँचालो र सुनामीपछिको पुनर्वास अनुभव
हेर्दा स्थानीय सामग्रीकै प्रयोगबाट स्थानीय समुदायकै अगुवाईमा सुरक्षित घर बनाउने सीप सिकाउनु उपयुक्त हुने उनी बताउँछिन्। मानन्धर भन्छिन्, “पाल मात्रै
बाँडेर बर्खा धान्न मुश्किल छ।”
युएन ह्याबिट्याटका भूषण तुलाधर पनि भएकै स्रोत साधनको प्रयोग, स्थानीयलाई तालीम र औजारको खाँचो औंल्याउँछन्। उनी ढिलोमा एक महीनामित्र तयार
हुने अस्थायी घर बनाउनुपर्नेमा जोड दिन्छन्। उनी युएन ह्याबिट्याटले सरकारसमक्ष एक, डेढ वर्षसम्म बस्न मिल्ने गरी कम खर्चमा तुरुन्तै बनाउन सकिने
आश्रयस्थल निर्माणको प्रस्ताव गर्न लागेको पनि बताउँछन्। यस्तो आश्रयस्थलका लागि जस्तापाता, काँटी, किला, बोरा, काँडेतार र सामान्य तालीम दिए
पुग्छ। (हे. बक्स)
नयाँ बनाउने अवसर
'हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ' भनिए झर महाभूकम्पले ध्वस्त संरचना पुनःनिर्माण गर्दा व्यवस्थित बस्तीको अवसर पनि दिएको छ। अबको बस्ती
सुरक्षित स्थानमा बसाउनुलाई पनि महाभूकम्पको अर्को सन्देश मान्न सकिन्छ। यतिबेला दुर्गम स्थानमा राहत पुग्याउन नसकेको भनेर आलोचना खेपिरहेको
सरकारसँग अब ती गाउँमा व्यवस्थित बस्ती निर्माण गर्ने मौका पनि छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणका सहायक विकास आयुक्त भाइकाजी तिवारी
भन्छन्, “अब एकीकृत बस्ती विकासको अवधारणा बनाएर लागू गर्नुपर्छ, जहाँ पायो त्यहाँ घर बनाउन दिनै हुँदैन।”
विज्ञहरूका अनुसार काठमाडौँको गोंगबु, माछापोखरी लगायतका क्षेत्रमा घर भत्किनुको मुख्य कारण त्यहाँको जमीन घर बनाउन उपयुक्त नहुनु हो। गोंगबु क्षेत्र
बस्ती बस्नुअघि खेत थियो। नेपाल भौगर्मिक समाजका पूर्व अध्यक्ष तथा भूगर्मविद् विशालनाथ उप्रेती जग्गा व्यवसायीले मनपरी जमीन टुक्रा पारेर संरचना
निर्माण गर्ने गल्ती अब दोहोन्याउन नहुने बताउँछन्। प्रत्येक संरचना निर्माणमा विज्ञको सल्लाह लिनुपर्नेमा जोड दिँदै उनी भन्छन्, “ढुंगा वा ईंटा जे प्रयोग गरे पनि
भवन कम्तीमा भूकम्प प्रतिरोधी हुनै पर्छ।”
http://nepalihimal .com/article/4399 1/3
|
|
|