02/10/2017 हिमाल खबरपत्रिका | गुम्यो सहारा हिमाल खबरपत्रिका होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि रमझम गुम्यो सहारा Share: सिंन्धुपाल्चोकलाई ठूलो विनाशसँगै धेरै वियोग बोकाएर गएको छ,महामूकम्प। सिन्धुपाल्चोक सदरमुकाम चौताराका रल बानियाँ १२ वैशाख दिउँसो सुत्केरी ५3] ants, [जगदम्बा प्रेस प्रेस श्रीमतीको स्याहारसुसारमा थिए। एक्कासी घर हल्लिन थालेपछि उनी जेठी मोनिका र, ०] ot तीन दिनकी छोरीलाई टिपेर हत्तपत्त बाहिर निस्किए। श्रीमती लक्ष्मी र माहिली छोरी 00 हँ/ ye Ts आस्था निस्कन नभ्याउँदै घर ढल्यो। भग्नावशेषबाट ६ वर्षीया आस्थालाई त जीवितै ३ र ; उद्धार गरियो, तर लक्ष्मी जोगिन सकिनन्‌। Sy 4 = छ; > _ ० oat ey Eo २२ वैशाख बिहान ert gran tor sachet Fa Hers TNT VET fare! SAT AOA es - 4 NG ay तीन छोरी ६५ वर्षीया हजुरआमासँग पालमुनि थिए। न्वारान नहुँदै आमा गुमाएकी क जै पैले eo” || छ) ue नवजात नातिनीलाई हजुरआमाले पाउडर द्वध खुवाउँदै थिइन्‌। लत्ताकपडा सहित सबैौ र 2 ie > =A खाद्यान्न घरमा पुरिएपछि शिंशुलाई पाउडर ge खुवाउने पैसा समेत बानियाँ == eG ~*~ 2 परिवारसँग छैन। आमाबाबु गुमाएका र रेखदेख गर्ने कोही नभएकालाई कसरी eae oo ye eA सम्हाल्ने भन्ने चिन्तालाई यतिबेला TSR F WTA) Tas SSSA UBT] ae i a Ne गोरखा केन्द्रबिन्द्र बनाएर १२ वैशाखमा आएको ७.८ म्याग्निच्यूड र सिन्धुपाल्चोकलाई त राइ नै केन्द्र बनाएको १३ वैशाखको ६.६ म्याग्निच्यूडको भूकम्पले सबभन्दा बढी क्षति यही जन्मेको तीन दिनमा आमा गुमाएकी चौतारा सिन्धुपाल्चोककी शिशु ठुई जिल्लामा पुग्याएको छ। सिन्धुपाल्चोकमित्र सबभन्दा धेरै मानवीय क्षति भएको हजुरआमा र दिदीहरुसँग। साँगाचोक-९ का ११ वर्षीय दीपक माझीले भूकम्पमा आमाबाबु गुमाए। आमाबाबु गुमाएको ११औं दिनमा हामीले मेट्दा चार कक्षामा अध्ययनरत दीपक बाख्रा चराइरहेका थिए। गत चैतमा एसएलसी परीक्षा दिएकी साँगाचोक, माझीगाउँकी अम्बिका माझीको टाउको, हात र खुट्टामा गहिरो चोट लागेको छ। उनलाई पुरिएको दुई घण्टापछि गाउँलेले घरबाट निकालेका थिए। भूकम्प आएको थाहा पाएर चार र दुई वर्षका भाइलाई बाहिर निकाल्दै गर्दा उनलाई छिमेकीको घरले आँगनमा थिचेको थियो। “मेरो होश खुल्दा काखमा सानो भाइको मृत्यु भइसकेको रहेछ”, अम्बिकाले भनिन्‌, “अर्को भाइ थिलथिलो भएर बाँचेको छ, औषधि किन्न पैसा नभएर जडीबुटी गरिरहेका छौँ।” अम्बिंकाकी छिमेकी मैयाँ माझीले आठ महीनाकी छोरी र ससुरा गुमाइन्‌। उनी भने छोरीलाई सुताएर मल बोक्न गएकीले बाँचिन्‌। माझीगाउँका ३५ वटै घर भत्किएका छन्‌ भने १० जनाको ज्यान गएको छ। उता, घुन्थाङ-७ का दीर्घबहादुर देउजाले यो महाभूकम्पमा श्रीमती, १६ दिनकी सहित तीन छोरी गुमाए। राहत लिंन एक घण्टा हिँडेर बसेरी आएका देउजाले भने, “११ वर्षको छोरोलाई हेरेर मन बुझाएको छु।” दीर्घबहादुरसँगै राहत लिन आएका उनका छिमेकी हर्कबहादुर आले मगरले श्रीमती १ हु. गुमाए। २, ६ र १० वर्षका छोरीका बाबु मगरले भूकम्प आउँदा छिमेकको घर बाहिर 2 काम गर्दै गरेकाले आफू बाँचेको बताए। घरमै रहेका उनका छोरीहरू भने संयोगले बाँचे। आफ्नो टोलमा ढुंगा-माटोका घर भत्किँदा १७ ज्यान परेको मगरले बताए। उता, फुल्पिङडाँडा-४ स्थित मल्ल ठकुरीको टोल औँपबोटेमा सबै अर्थात्‌ १५ वटै घर f भत्केका छन्‌। त्यसमध्ये इन्द्रबहादुर ठकुरीकी एक महीनाकी छोरीको ज्यान गयो। द्व्ध ; खुवाएर घरभित्र सुताएकी आफ्नी छोरीको टाउकोमा लागेको दलिन हामीलाई देखाउँदा इन्द्रबहादुर ठकुरी तरुक्क रोए। छोरीलाई जीवितै उद्धार गर्न नसकेपछि उनकी श्रीमती माइत गएकी छन्‌। ठकुरीले छोरीको प्राण गएको घरका काठपातर साँगाचोक- जस्ता जोरजाम गरेर टहरो बनाएका छन्‌। बेघर भएका अधिकाँश सिन्धुपाल्चोकवासी ९ का दीपक माझीका आमाबाबु भूकम्पबाट जोगिन नजिकिंदो बर्खालाई ध्यानमा राखेर ओत लाग्ने ठाउँ बनाउन लागिपरेका BAI सकेनन्‌ । सिन्धुपाल्चोकका ६६ हजार ६३८ मध्ये ६२ हजार ६७२ घर भत्किएका छन्‌। ज्यान गुमाउनेको संख्या २३ वैशाखसम्ममा २ हजार ९३९ पुगिसकेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीका अनुसार, केही स्थानमा उद्धार बाँकी रहेकाले मृतक संख्या बढ्ने सम्भावना छ। उद्धारमा जिल्ला प्रशासन प्रभावकारी नभएको भन्दै नाराबाजी भएपछि गृहमन्त्रालयले सह-सचिव स्तरका अर्का कर्मचारीलाई अनुगमनका लागि सिन्धुपाल्चोक पठाएको छ। प्रजिअ ज्ञवालीले धेरै ठूलो क्षति भएको जिल्लाका दुर्गम गाउँहरूमा अपेक्षाकृत ढिलो काम भएको स्वीकारे। प्रजिअ ज्ञवालीले सबै ठाउँमा उद्धार र राहत पुन्याइसकेपछिको अवस्थामा गर्नुपर्ने पुनर्वासबारे पनि सोच बनाउन थालेको बताए। “बर्खा छिट्टै शुरू हुने भएकाले कम्तीमा ६ महीना बस्न मिल्ने गरी अस्थायी बसोबासको व्यवस्था मिलाउने चुनौती छ”, ज्ञवाली भन्छन्‌। प्रधानमन्त्री सुशील कोइराला महाभूकम्पको १० दिनपछि सिन्धुपाल्चोक सदरमुकाम चौतारा पुग्दा पनि धेरैजसो पीडितले सरकारी राहत भन्दा ओतकै लागि सहयोग माग गरेका थिए। प्रधानमन्त्रीले भने सबैलाई एकैपटक घर दिन नसकिने संकेत गर्दै 'तपाईंहरूको मात्रै होइन, मेरो निवास पनि चर्किएको छ, नपत्याए बालुवाटार आएर हेर्नुस्‌' भन्दै निराश पारेका थिए। अवस्था चाहिं कस्तो छ भने, फुर्पिङडाँडा-४ रोक्काटोलका मीनबहादुर रोक्का भत्किएको घर बनाउन सहयोग गर्ने कोहो भेटिएला कि भनेर दुई घण्टा तलको बलेफी इ्रेको भेटिए। रोक्काटोलका सबै पीडित बलेफी जाने गरेको उनले बताए। अब भूकम्पले असर नगर्ने घर बनाउन चाहेको बताउँदै उनले भने, “काठको घर बनाउन पाए भत्किन्थेन कि!” सामुदायिक पहल महाभूकम्पको कहरमा परेको मेलम्ची क्षेत्रले सामुदायिक पहलबाट त्राण लिँदैछ। wea ug मेलम्ची, सिन्धुपाल्चोक http://nepalihimal .com/article/4395 1/5