|
|
EEE DEE LL LLL 66666॥?ि?ि?ट
3/19/2018 नब्बे सालको भूकम्पमा चन्दनपुरको कुहिरो
कै सक Way Wet Fe Fy Aa! ae Hal Wary AT eae Te ATT
(7 a gS r k t r n ’
= orkh apatra Online.com
ae गोरखापन्न अननाइन डटकम
(nttp://gorkhapatraonline.com/)
नब्बे सालको भूकम्पमा चन्दनपुरको कुहिरो
Pa yen
गणेश अधिकारी
'माथवरसिं राइको घर तायजाती गर्न सरकारी मानिसहरू आएका थिए । खाँदवारीको मानेभञ्ज्याङ् गाउँका करीब धेरैजसो मानिस
त्यहाँ भेला भएका थिए । म केटाकेटी अवस्थाको भए पनि रमित हेर्न बाबुको पछि लागेर सो ठाउँमा गएको थिएँ । माघको दिन ।
बारीको पाटा खाली थियो । सबै भद्रभलाद्मी सो खाली ठाउँमा बसेका थिए । गाउँका धेरै मानिस उभिएर सरकारी कर्मचारीले गर्दै
गरेको घरको तायजातीको कार्य हेर्दै थिएँ । दिउँसो अचानक भुइचालो गयो । उभिएका मानिस कोही पनि ठाडो रहन सकेनन् । सब
भूइँमा लडे । गुन्द्रीमा बसेका कर्मचारी पनि भुइमा गोवरले भान्सा लोटाएको जस्तो भए । एकछिन होइन । निकैबेरसम्म यो अवस्था
रह्यो । के भएको भनेर कसैले केही भन्न सकेन । सवैको मुखामुख मात्र । हामी केटाकेटी कोही हास्रे र कोही रुने गर्न थाल्यौं । सबैका
आँखा मानेभञ्ज्याङ्को पारीपट्टि चन्दनपुरतर्फ गयो । कारण त्यताबाट ठूलो आवाज आएको थियो । हामीले देख्दा चन्दनपुर गाउँलाई
कुहिरोले ढाकी सकेको थियो तर यथार्थ त्यो कुहिरो थिएन धुलोको मुस्लो थियो ।'
यी माथिका र तलका भनाइहरू १९९० सालको भुइचालो खेप्ने आजसम्म जीवित रहनुभएका धन्वीर राईका हुन् । उहाँको जन्म हालको
खाँदवारी जिल्लाको मानेभञ्ज्याङ्खा वि.सं. १९८५ मा भएको रहेछ । हाल उहाँ काठमाडौं जिल्लाको कपन आनि गुम्बाको छेउमा घर
बनाएर निकै वर्षदेखि बस्तै आउनुभएको छ । ०४५ सालको भुइचालो उहाँले झापामा खेप्नुभएको रहेछ । यस पटक २०७२ वैशाख १२
गते शनिवारको भुइचालोमा आफौ घरको दोस्रो तलामा रहेको शौचालयमा भएको बखतमा भुइचालो गएछ । पूर्खाले भुइचालो
आएका बखत भन्दै आएको थेगो 'मेरो, मेरो, मेरो हजुर, मेरो हजुर' भन्दै बाहिर निस्के भन्नुहुन्छ । 'बुहारीले कराएको सुनेपछि
भूइँतलामा झर्दैगर्दा मेरो दिमाग मानेभञ्ज्याङ्को आजभन्दा ८२ वर्ष पूर्वको त्यो द्श्यतर्फ गयो । मसँगै गएको मेरो सानो भाई रुँदै मेरो
अगाडि लागेको थियो त्यो तायजती हुँदै गरेको स्थानबाट । हामी दुवै बाटामा लड्दै उठ्दै गर्दै घरतर्फ जाँदै थियौं । चन्दनपुरको
धुलोको मुस्लो हामीतर्फ आउँदै गरेजस्तो लागेको थियो । कसैको घरको पेटीबाट गएको बाटोहुँदै घर जानुपथ्र्यो । आउँदा खडा
देखिएका ती घरहरू कुनै पनि खडा थिएनन् । सबै गल्र्याम्गुर्लुम् लडिझरेका थिए । गाउँमै धुले कुहिरो उठिसकेको थियो हामीलाई
छोप्ने गरी ।
भुइचालीको ठूलो कम्पन त रोकिएको थियो अब तर साना कम्पन लगातार गई नै रहेका थिए । गाउँमा बाँचेका सारा मानिसको अब
रुवाबासी शुरु भएको थियो । कसैका बाबु आमा थिएनन् । कसैका गाईवस्तु थिएनन् । कसैका छोराछोरी थिएनन् । आँशु र क्रन्दन
बाहेक गाउँघरमा केही थिएन । सहयोग गर्ने कोही थिएनन् र सहयोग गरेर साध्य पनि थिएन । 'अब यो जमीन उल्टिन्छ अरे' भन्ने अर्को
त्रास फैलदै थियो । भुइचालो गएको महिना दिनपछिको कुरा थियो । म भेडा चराउन गएको थिए । फेरि जमीन कामेको थियो । एक
जनाले a गायो घुरुमा घुरु परेवा घु&यो तीनतले नारान कौशीमा, नब्बे र सालको भुइचालो गयो सौंवारे नारान औंसीमा' भन्दै मलाई
थुम्थुम्यायो ।
कपन घरको आँगनमा उभिएर 'आपा चाँडो तल झर्नुहोस' भन्दै कराउँदै गर्ने बुहारीको आवाज सुन्नुभन्दा पनि म चाहिं नब्बे सालको त्यो
विभत्स सोच्तै विस्तारै मानेभञ्ज्याङ् र कपनमा चलेको भुइचालोलाई दाँजेर सिढीं ओर्लदै थिएँ । ' ठूलो भुइचालोको अनुभव यो मेरो
nttp://gorkhapatraonline.com/news/6833
रि aaa amma व्वव् ॥॥॥॥??ोीो?ा
|
|
|