9/21/2018 भूकम्प र खुला ठाउँ को Ee सर्व भवन्तु Wed ae any eal! Fe aa Way ar निति Ee WaT | 3 rk t f त \{s) 9 orkhapatra Online.com ८ गोरखापत्र अननाइन डटकम (http://gorkhapatraonline.com/) भूकम्प र खुला ठाउ वसन्त महर्जन काठमाडौँ उपत्यकामा घनाबस्ती भएको र खुला ठाउँको अभाव रहेको भन्ने गुनासो पहिला अलिअलि सुनिँदै आएकोमा वैशाख १२ को महाभूकम्प र पराकम्पपछि व्यापक रुपमा सुनियो । भूकम्पको महसूस भएपछि हतारमा घरबाट निस्कन सकेकाहरू पनि ठुल्ठुला घरहरूको च्यापमा परेका साँघुरो बाटोमा नै अलमलिनुपरेको थियो । टेन्ट हालेर बस्न र राहतको सास फेर्न खुला स्थलको खोजीमा अलि सकस नै भएको इश्यबाट खुला ठाउँको अभाव रहेको भन्ने गुनासो पुष्टि भएको छ । साँच्चै हिजोसम्म लहलहाउँदो धानबाली लाग्ने खेतहरूमा घरैघर ठडिएका छन्‌ । बाटोले ओगटेको क्षेत्रफलभन्दा मोटरगाडी बढी छन्‌, काठमाडौँ उपत्यकामा । बसाइँसराइका कारण जनघनत्व पनि दिन दुईगुना रात चौगुनाको दरले बढ्दो छ । हजारौँ वर्षअघि खुला राखिएका मन्दिरलगायतका सार्वजनिक स्थल पनि राज्यकै अदूरदृष्टिले मिचिँदै घर बन्न थालेका छन्‌ । यस्तो अवस्थामा खुला ठाउँ खोज्रैपर्ने अवस्था आउनु अस्वाभाविक होइन । विगतमा जनसङ्ख्या थोरै हँ८दा खुला ठाउँ धेरै थियो भन्नु काठमाडौँ उपत्यकालाई नबुझ्नु हो । वास्तवमा काठमाडौँ उपत्यका भन्नु फगत पहाडहरूले घेरिएको उपत्यका वा भूगोलको एउटा टुक्रो मात्रै भनेर बुझ्नु त झन्‌ काठमाडौँलाई बुझै नचाहनु हो । काठमाडौँले बोकेको इतिहास र संस्कृति नै यसको पहिचान हो । भूकम्प यसका लागि नौलो र आकस्मिक कुरा होइन | धेरैले सम्झने भूकम्प वि.सं. १९९० को विनाश हो । यसअघि वि.सं. १३११ असारमा गएको भूकम्पबाट जनसङ्ख्यामध्ये तीन खण्डमा एक खण्डको मृत्यु भएको थियो, जसमा गद्दीसीन राजा अभयमल्ल समेत परेका थिए । नब्बे वर्षपछि असोज महिनामा गएको भूकम्पका कारण राजा अरिमल्ल र धेरै जनताका मु) भएको थियो । यसपछि पनि बेला बेलामा भूकम्प गइरहेको पाइन्छ । यस्तो क्षेत्रका जनता भूकम्पदेखि सचेत थिएनन्‌ वा यिनीहरू खुला ठाउँको महप्व बुझ्दैन भनेर बुझ्नु गल्ती हो । साँच्चै भूकम्पदेखि सचेत नभएको भए यहाँ विकास भएको संस्कृति तथा सभ्यता पनि उहिल्यै इतिहासको गर्तमा पुरिसक्थ्यो । अहिले जसलाई हामी काठमाडौँ उपत्यका भनिरहेका छौँ, केही वर्षअघिसम्म पनि यसलाई नेपाल खाल्डो वा नेपाल उपत्यका भनिन्थ्यो । राजनीतिक भाषामा यही नेपाल खाल्डोको विस्तारित नाम नेपाल मण्डल र पछि अझ विस्तृत भएर वर्तमान मेची-महाकाली र हिमाल- तराईमा फैलिएको देश नेपाल बन्यो । नेपाल र नेवार एउटै शब्दको दुई भेद रहेको मानिन्छ र यहाँ विकसित संस्कृति र सभ्यताको बाहकको रुपमा नेवार समुदायको उपस्थिति अझै छ । नेवार सभ्यतामा विकसित वास्तु संरचनाअन्तर्गत चुक (चोक), ननि, बहा, बही लाछि अनिवार्य मानिन्छ । यी भनेका खुला ठाउँको पर्याय हो । सांस्कृतिक जीवनको अभिन्न अङ्गका रुपमा रहेका यी वास्तु संरचनाले घर तथा अन्य भवन जथाभावी बनाउने र नाममात्रको बाटो राख्ने प्रवृत्तिलाई प्रायः निषेध नै गर्छ । बस्तीमा घरहरूको बीच बीचमा केही खुला ठाउँलाई चुक भनिन्छ, जहाँ छिमेकीहरूको भेटघाट सम्भव हुन्छ । चुकभन्दा ठूलो र फराकिलो ठाउँ ननि तथा लाछि हो जहाँ मन्दिर, स्तुप, पोखरी आदिको निर्माण गरिएको हुन्छ र जात्रा तथा अन्य सांस्कृतिक गतिविधि सम्पन्न गरिन्छ । बहाः र बही वास्तवमा बौद्ध धर्मको अभ्यास गर्ने ठाउँ हो तर मानव बस्तीको विकासको क्रममा यो पनि आवासीय क्षेत्र नै बन्न पुग्यो । यहाँ पनि ठाउँलाई महप्व दिइएको हुन्छ । वैशाख १२ गते गएको भूकम्पपछि घरबाट निस्केकामध्ये केहीले त यिनै खुला ठाउँमा आश्रय लिन पाएका थिए । काठमाडौँस्थित इतुँबहाललगायत थुप्रै बहालले आफ्नो क्षेत्रकालाई मात्र नभएर अन्यत्रकालाई पनि आश्रय दिएको थियो तर दुःखको कुरा यस्ता बहालहरूमै पनि गगनचुम्बी घरहरू बनाइन थालेका छन्‌, जसले सांस्कृतिक सम्पदालाई नै विरुप पारेको मान्नुपर्छ । नेवार समाजमा मृत्यु संस्कार बस्तीभन्दा अलि टाढा खुला ठाउँमा सम्पन्न गरिन्छ । यस्तो दाहसंस्कार गरिने ठाउँ नजिक हत्तपत्त मान्छेहरू जानु हुँदैन भनेर जाँदैनन्‌ पनि, त्यहाँ घर बनाएर बस्न जानु त टाढाकै कुरा भयो तर उपत्यकामा अनियन्त्रित बस्ती विकासको उग्ररुपको सिकार यिनै मसान क्षेत्रहरू पनि भयो । खुला ठाउँ चाहिन्छ र यो मसान क्षेत्र पनि भएका कारण घरहरू बनाइनु हुँदैन भनेर खबरदारी गर्नु त कता हो कता, राज्य तिनै खुला र सार्वजनिक ठाउँको मिचाहाहरूको पक्षमा रहेको महसूस हुन्छ । मसान क्षेत्र मिच्दै घर बनाएकाले मानव बस्ती नजिक मान्छे पोल्न दिनु हुँदैन भनेर उल्टो आवाज उठाउँन थालेका छन्‌ । बागमती किनारा पनि खुला ठाउँ नै हो । बागमतीले बेलाबखत आफ्नै भूमि भएर बग्दा यसको वरिपरि घर बनाएर बसेका घरमा नदी पस्यो भन्छन्‌ तर nttp://gorkhapatraonline.com/news/11335 4/3