8/2 //2018 भुइचालो र संविधान- विचार - कान्तिपुर समाचार विचार भुइचालो र संविधान श्रावण ११, २०७२ किशोर नेपाल प्राकृतिक भुईचालो त अहिले पनि गइरहेकै छ, संविधान अर्को दुर्दम्य मुईँचालो नबनोस्‌ | \y क. १ a e जनता मुइचालोले भत्काएका घरबाट बाहिर निस्किंदा-ननिस्किँदै सुरु भएको नयाँ संविधान निर्माणको प्रक्रिया संविधानको मस्यौदामाथि देशैभरिका जनताको सुझाव संकलनसँगै पुरा मएको छ । सुझाव कसले दिए र के-के दिए भन्ने महत्वपूर्ण होइन । गाउँ स्तरसम्मका नेतालाई थाहा थियो, संविधान बनिसकेको छ, सुझाव संकलन त प्रक्रिया पुर्याउनका लागिमात्रै हो । सिन्धुपाल्चोकका केही गाउँहरूमा त सुझावका लागि निर्घारित मितिमन्दा एकदिन अगाडि नै सुझाव संकलनको कार्य पुरा भइसकेको थियो । मस्यौदा संविधानमाथि सुझाव संकलनका दिन टिम्बु (हेलम्बु) का जनता राहतमा आएको चर्पीको सामान काँधमा हालेर गाउँतिर उक्लिँदै थिए । जनमत बनाउने परम्परा घात्रै कलामा राजनीतिक दलका कार्यकर्ता कति कुशल हुन्छन्‌ भत्रे मजबुत उदाहरण थियो यो । उसै पनि यो वर्षायाममा घाममा तातेर बस्नै नहुने, झरीका बेला कानै टट्याउनेगरी बज्रे र राति चिसोले कक्रक्क पार्ने जस्ताले बनेका छाप्रा र गुम्बदमित्रको उकुस-मुकुसमा जसोतसो जीवन धानिरहेका जनताको सुझाव संकलन अनिवार्य थिएन । भत्किएको घर बनाउने र जो भएको जमिनमा खेती लाउने चटारोमा थिए, पहाड-पर्वतका जनता । उनीहरूले चाहेर पनि सुझाव दिन पाएनन्‌ । उनका सुझाव गाउँ विकासका सचिवले सुझाव संकलन टोलीको जिम्मा लगाइदिए । मौसमी र सामाजिक हिसाबले परिस्थिति जनताको सुझाव लिन अनुकूल नभए पनि संविधान जारी गर्ने काम नरोकिने उल्लेख सुझावसम्बन्धी कार्यतालिकामा स्पष्ट गरिएको थियो | तर प्रमुख दल र तिनका शीर्षस्थ नेताहरूले जनतालाई “साइड” लगाउन चाहेनन्‌ । जनतालाई नै साइड लगाइदिँदा त संविधानको वैधानिकतामाथि नै चुनौती आउन सक्थ्यो । अन्तर्राष्ट्रिय खपतका लागि पनि सुझाव संकलनको नाटक आवश्यक थियो । त्यसैले राजा-महाराजाकै शैलीमा सुझाव संकलन गरियो । अब संविधान पनि त्यही शैलीमा जारी हुन्छ भत्रेमा शंका गर्ने ठाउ कमै रह्यो | सञ्चार-माध्यमहरूका अनुसार देशभरि नै सुझाव संकलन गर्ने काम सफलतापूर्वक सम्पत्र मयो । पढ्न जात्रे र नजात्रे, लेख्न जात्रे र नजान्ने, बोल्न जात्रे र नजात्रे सबैले उत्साहपूर्वक संविधानको मस्यौदामाथि सुझाव दिए । सुझाव दिन चाहने घनी-गरिब कोही छुटेनन्‌ । कति सुझावदाताको तस्वीर छापियो छापामा । सुझाव दिने जनताले वडाध्यक्ष र राष्ट्रपति वा प्रधानमन्त्री जो भए पनि एकजना कार्यकारी प्रमुखको चुनाव प्रत्यक्ष निर्वाचनद्वारा हुनुपर्ने राय प्रकट गरे । धर्मका सम्बन्धमा धेरै सुझावदाताको राय नेपाललाई हिन्दु राष्ट्र + s+ T ztartHeottrrer se fan ao V DY ne fr पा था RT र रोजी Cat चा णणटा रा sao &r + ला र । जौ TTR soo “TT Ir nttps://www.kantipurdaily.com/opinion/2015/07/27/413442.html 1/3