9/20/7018 प्रिन्ट संस्करण चिनियाँ सहयोगको अन्तर्य असार १६, २०७२ चेतनाथ आचार्य नेपालमा भूकम्प गएपछि असार १० गते पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सम्पत्र मएको छ। सम्मेलनमा आशा गरेभन्दा पनि राम्रो सहयोग जुटेकोमा यसलाई सफल मात्रुपर्छ। कसैले कति सहयोग गर्यौ भन्दा पनि सहयोगभित्र उसका केकस्ता स्वार्थ र सर्त छन्‌ अथवा निस्वार्थी भावले सहयोग गरेको छ/छैन भत्रे कुराले सहयोगको महत्व झल्किन्छ। तसर्थ यस पटकको सहयोग सम्मेलनमा नेपालका दुई छिमेकी मुलुक चीन र भारतले गरेको सहयोगलाई सर्वत्र प्रशंसा गरिएको छ। सहयोगमा केकस्ता सर्त छन्‌ अथवा भूकम्पको क्षतिपछि पुनर्निर्माणमा नेपाल सरकारको तजबिजले खर्च गर्न पाउने भन्ने मावना छ/छैन भन्नेबारे नेपाल सरकारले सर्वसाधारणलाई सुसूचित गराउँछ भत्रे आशा छ। सहयोग सम्मेलनमा चीनले नेपालको पुनर्निर्माणमा आगामी दुई वर्षसम्ममा ३ अर्ब युआन अर्थात्‌ झन्डै पचास अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ। यस बाहेक चीनले पहिले नै नेपाललाई दिने भनेको एक अर्ब ७० करोड युआन अर्थात्‌ २८ अर्ब रुपैयाँको अनुदान पनि पुनर्निर्माणमा नै दिने घोषणा सम्मेलनमा चीनका परराष्ट्रमन्त्री वाङ यीले गरे। दुवै रकमलाई जोड्दा चीनले भूकम्पपछि नेपालको पुनर्निर्माणका लागि दिएको अनुदान ७८ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ। सबैभन्दा धैरै अनुदान गर्ने मुलुकमा चीन एक नम्बरमा परेको छ। गत पुस १० देखि १२ गतेसम्म नेपालको भ्रमणमा गएका चिनियाँ परराष्ट्रमन्त्री वाङले हरेक वर्ष नेपाललाई सहयोगस्वरुप दिने १३ अर्ब रुपैयाँ यसमा समावेश गरिएको छैन| यो अनुदान बाहेक पनि चीनले भूकम्पपछिको पुनर्निर्माणका लागि बिनाब्याज त्रष्ण उपलब्ध गराउने बताएको छ। चालु वर्ष सन्‌ २०१५ को अन्तिमदेखि सञ्चालनमा आउने एसियाली पूर्वाधार लगानी बैंकमा राखिएको रेशमी मार्ग कोष अर्थात्‌ सिल्करोड फन्डबाट नेपाललाई त्रध्ण उपलब्ध गराउने र त्यस्तो त्रष्णको ब्याज नलाग्ने कुराबाट बैंक स्थापनार्थ नेपालले गरेको समर्थन र छिमेकी मुलुकप्रतिको आफ्नो दायित्वलाई चीनले जिम्मेवारीपूर्ण रूपमा लिएको स्पष्ट छ। चीनले एसियाली पूर्वाधार लगानी बैंकमा रेशमी मार्गकोष स्थापना गरेर त्यसमा ४० अर्ब अमेरिकी डलर बचत पुर्याउने लक्ष्य राखेको छ। एसिया क्षेत्रको पुनर्निर्माणमा सहयोग गर्ने हेतुले स्थापित एसियाली पूर्वाधार लगानी बैंकको उद्देश्यसँग ठ्याक्कै मेल खाने नेपालको पुनर्निर्माणमा सहयोग गर्न बैंकका लागि पनि सुनौलो अवसर हुनेछ। किनमने बैंकको उद्देश्यमाथि विमित्र क्षेत्रबाट शंका उत्पत्र भइरहेका बेला यसले एउटा सकारात्मक उदाहरण पेस गर्नेछ। एसियाली विकास बैंकको तथ्याङ्कअनुसार सन्‌ २०१० र २०२० बीच एसिया प्यासिफिक क्षेत्रको सुधारका लागि लगमग ८ सय अर्ब (८ ट्रिलियन) अमेरिकी डलर लगानी आवश्यक छ। तर एसियाली विकास बैंकले वार्षिक १० अर्ब अमेरिकी डलरमात्र उपलब्ध गराउन सक्ने क्षमता राख्छ। यस हिसाबले पनि चीनको नेतृत्वमा स्थापित एसियाली पूर्वाधार लगानी बैंकको सार्थकता थप उजागर भएको छ। भूकम्पपछिको पुनर्निर्माणमा उल्लेख्य सहयोग गर्ने कुरालाई चीनले बारम्बार उठाउँदै आएको थियो| कतिपय द्विपक्षीय बैठक र विभित्र मञ्चहरूमा चीनले नेपालको पुनर्निर्माणमा सहयोग गर्ने कुरालाई व्यक्त गरे पनि नेपालले चीनलाई ठोस कार्यक्रम प्रस्तुत गर्नसकेको थिएन। भूकम्प प्रमावित क्षेत्रको स्वास्थ्य संस्थाहरूको पुनर्निर्माणसँगै स्तरवृद्धि र चीनसँग जोडिने सडक मर्मत र पुल निर्माणमा चीनले विशेष चासो राख्दै आएको थियो। यो सँगै बिग्रिएका भौतिक पूर्वाधारहरू (बिजुली, खानेपानी, विद्यालय, सार्वजनिक भवन, सुरक्षा निकायका संरचना आदि) को पुनर्निर्माणमा पनि चीनले तत्परता देखाउँदै आएको थियो। गत जेठ २९ गते चीनको युत्रान प्रान्तको खुन्मिङमा तेस्रो चीन दक्षिण एसिया एक्स्पोको उद्घाटन समारोहमा चीनका उपराष्ट्राध्यक्ष ली वान छावोले आफ्नो मन्तव्यमा नेपालको पुनर्निर्माणमा सहयोग गर्न चीन तयार रहेको कुरा व्यक्त गरे। चीनको युत्रान प्रान्तले भूकम्पको उद्धार कार्य र त्यसपछि गरेको सहयोगको चर्चा गर्दै उनले दक्षिण एसियाका छिमेकी मुलुकका समस्यामा चीनले खुलेर सहयोग गर्ने बताए। भूकम्प गएपछि चीनको केन्द्रीय सरकार बाहेक युत्रान, सिचुवान र तिब्बत प्रान्तले नेपाललाई उल्लेख्य सहयोग प्रदान गरेका छन्‌। यी httos:/Awww.kantipurdaily.com/printedition/2015/07/01/349538.html 112