9/20/7018 अब घर कत्रा?- प्रिन्ट संस्करण - कान्तिपुर समाचार प्रिन्ट संस्करण अब घर कत्रा ? भ्वाइस अफ दि भ्वाइसलेस जेष्ठ १७, २०७२ अखण्ड भण्डारी चार रेक्टर स्केलका पराकम्पनमा हामी नेपाली भुइतलाबाट चौरतिर दौडिइरहेकै बेला शनिबार जापानमा ७.८ रेक्टर स्केलको भूकम्प TTY | त्यो ठीक त्यत्रै मूकम्प थियो, जत्रो वैशाख १२ गते हाम्रो देशमा महाभूकम्प बनेर आएको थियो | जापानका लागि त्यो केवल कम्पन बन्यो। कुनै घरमा न चिरा पार्यो, न कसैलाई चोटपटक लगायो | यसबेला हामीले खोज्ु र सिक्नुपर्ने कुरै यही हो उही ७.८ रेक्टरले नेपाललाई किन भत्कायो, जापानलाई किन हल्लायो मात्र? भूकम्पको देश भनेर संसारले पढ्ने जापानको राजधानीमा संसारकै दोस्रो अग्लो टावर छ, टोक्यो स्काइ ट्री। शनिबारको भूकम्पपछि आइतबारसमेत यसलाई बन्द गर्नुपरेन। मिडियाहरूका अनुसार २५ सय यानसम्मका टिकट काटेर त्यसको माथिमाथिबाट अवलोकन गर्नेको मीड साविकभन्दा घटेन | दुई हजार ८० फिट अग्लो यो टावर एनएचकेको नेतृत्वमा ६ वटा टेलिमिजन सञ्चालक र तोबु रेलवेले यसलाई निर्माण गरेका हुन्‌। टेलिभिजनको टेरेस्टोरियल प्रसारण टाढाटाढा पुर्याउने हेतु त्यसकै मालिकहरूको पहलमा यो ठडिएको हो। तर प्रसारण गुणस्तर घट्दै गएको छ। कारण हो त्यसकै वरिपरि थुप्रै गगनचुम्बी उमिइसके | अर्थात्‌ जापानमा गगनचुम्बीको लहर बढ्दो छ। तिनलाई मुडचालोले छुन पनि सक्दैन । हाम्रो देशमा तीन तले घरले पनि धेरैको निद्रा खाएको छ। मानसिक तनावमा पुर्याएको छ। बनेका बहुतले भवनहरू अघिकांश क्षतिग्रस्त छन्‌। निजी घरहरू ढुक्कले बस्ने हालतमा छैनन्‌। अग्ला घर देख्यो कि त सातो जाने अवस्था आएको छ। एउटा जोकै बनेको छ सात तले घरको मालिकले एक तलेलाई AAG, साट्े हो? एक तलेको मालिकले जुँगा मुसार्दै सोधेछ, कति थप्छौ? हो, हाम्रो बुद्धिको बिर्को खोल्ने बेला यही हो । हाम्रा बहुतले घरहरू केवल बेच्र बनाइए । मान्छे बसुन्‌ भनेर होइन । भनिन्छ लोमले लाम, लामले विलाप | भएको त्यही हो। तिनलाई भत्काएर फेरि मजबुत ढंगले बनाउन सकिन्छ । निजी घरहरू पनि त्यस्तै हुन्‌। कमजोर ढंगले तिनका अग्लाइ बढ्नुमा मुख्य दुई कारण छन्‌ १. अग्लो घरको लहर/रहर २. भाडाको समस्या । खासमा जति हजार रुपैयाँ भाडा तिरिन्छ, त्यति नै हजार बैंकलाई किस्ता तिर्दा घर बन्छ। भाडा महेगिएको छ। त्यसमाथि पानी, बिजुली र अन्य सुविधाको किचकिच सहनुपर्नेहरू आफैं घरबेटी बत्र तम्सिन्छन्‌। त्यही कारण राजधानीमा घर ह्वात्तै बढेका हुन्‌। काठमाडौँले घेरैका घरसपना पुरा गर्दै लगेको हो। विडम्बना यो छ दु:खमा एक तलाको लस्याङलुसुङ घर बन्छ। विस्तारै कमाइ बढ्छ। तला थप्न मन लाग्छ। एक तलो थपिन्छ। वल्लो, पल्लो, तल्लो सबै घरले पाँच तला ठड्याइसकेका हुन्छन्‌। आफ्नो घरमा घामै छेकिन्छ। फेरि बल गरेर उचालिन्छ। अघोषित प्रतिस्पर्धामा सामेल होइन्छ। त्यसपछि मनमा लोम पलाउँछ झ्याप्प माडा आए बैंकको ब्याज त सजिलो गरी तिरिन्थ्यो। त्यसका लागि तलका भन्दा माथि ठूला कोठा निकाल्न मन लाग्छ। ताल परे बरन्डासरन्डा मासेर कोठै बेरिन्छ। एकातिर जग कमसल, अर्कातिर उचालेको उचाल्यै। अनि तल सुकेको, माथि फुकेको । त्यस्ता घर नलडे कस्ता लड्छन्‌ त? त्यसैले जत्रो घर बनाउने हो, पहिल्यै तय गर्नुहोस्‌। नीति, नियम, मापदण्ड के छ, हेर्नुहोस्‌। माटो कस्तो छ, जँचाउनुहोस्‌। पूर्ण योजना र बजेट बनाएर मात्र घर बनाउन थाल्नुहोस्‌। जग मजबुत बनाउनुहोस्‌ । पिलर गतिला राख्नुहोस्‌। बिम बलिया पार्नुहोस्‌। क्षेत्रफल र उचाइको अनुपात मिलाउनुहोस्‌। डन्डीमा कन्जुस्याइँ नगर्नुहोस्‌। रिङ बाँध्न लोम नगर्नुहोस्‌। नक्सामा मात्र होइन, निर्माणमा पनि इन्जिनियरिङ गर्न दाँतबाट पसिना नचुहाउनुहोस्‌। सिमेन्ट किन्दा सस्तो होइन, गुणस्तरीय ल्याउनुहोस्‌। महंगो किन नपरोस्‌, बालुवागिटी असल छात्रुहोस्‌। कुन प्रयोजनमा केको कति मात्रा मिश्रण हुनुपर्छ, आफैँ सिक्नुहोस्‌ । ठेकदार र मिस्त्री जात्रे राख्नुहोस्‌। झ्यालढोकामा लिन्टर ढलान गर्नुहोस्‌। आफूले बनाइरहेको घरमा आफैं बसेर पर्याप्त पानी हाल्नुहोस्‌ । पैसा कमाउन होइन, यसमा बस्ने सबैको ज्यान सुरक्षित राख्न घर बनाएको ठात्रुहोस्‌। दस रेक्टर स्केलको भूकम्प आए पनि ढाल्दैन। httos:/Awww.kantipurdaily.com/printedition/2015/05/31/347584.html 112