9/21/2018 भूकम्पसंग जोडिएको सुरक्षा चुनोती- विचार - कान्तिपुर समाचार भूकम्पसंग जोडिएको सुरक्षा चुनौती वैशाख २५, २०७२ फेशरबहादुर भण्डारी काठमाडौ - प्राकृतिक विपत्तिपछि सुरक्षा चुनौती सँगै आउछ । महामूकम्प जस्तो महाविपत्ति पश्चात्को... a त bs ~ यु / ५ ही क ; — यी \ A ry Pi = = rr प्राकृतिक विपत्तिपछि सुरक्षा चुनौती सँगै आउँछ। महामूकम्प जस्तो महाविपत्ति पश्चात्को सुरक्षा चुनौतीचाहि अली बढी नै चुनौतीपूर्ण हुन्छ। भूकम्पीय सुरक्षाको पूर्व तयारीको अभावमा यो अझ बढी जटिल र थप चुनौतीपूर्ण हुन्छ, जुन हामीकहाँ देखा पर्दैछ, अहिले । पंक्तिकारले भूकम्पीय सुरक्षाको पूर्वतयारी (कान्तिपुर दैनिक, ११ फागुन २०६८) को विषयमा लेखे पनि उतिबेला यसप्रति कसैको घ्यान गएन । अथार्त्‌ एक हिसाबले भत्रे हो भने नेपाल भूकम्पीय जोखिमको हिसाबमा अति नै संवेदनशीलमा स्थानमा रहेको छ भत्रे सत्य जान्दाजान्दै पनि यसप्रति घेरैको ध्यान पुगेन। आखिर विनाशकारी भूकम्प गएरै छाड्यो, अघिल्लो हप्ता बैसाख १२ गते दिउसो ११.५६ बजे। सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आम नागरिक तथा आफन्तजनहरू जुटे आपदकालीन खोजी तथा उद्धार कार्यमा स्वस्फुर्त ढंगबाट | सरकारी संयन्त्रको नेसनल इमर्जेन्सी अपरेसन सेन्टर-एनई ओसी' ले बेलैमा काम सुरु गर्न नसकेका कारण विनाशकारी भूकम्प पश्चात्को तत्काल तहगत खोजी तथा उद्धार र राहत कार्यमा सरकार निरीहजस्तै देखियो। यसबारे पछि समीक्षा त हुने नै छ, तर अहिले कसैले कसैलाई दोषारोपण वा आलोचना गर्ने बेला होइन। सरकार र अन्य सहयोगी हातहरूलाई सघाउँदै खोजी तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउँदै पुनर्निमाणको लागि सहज वातावरण बनाउनुपर्छ | ee ee ee ee on re ae rn se ee sn re et en ee ee एएणरणणरएएएण https:/Awww.kantipurdaily.com/opinion/2015/05/08/408635.html 1/3