9/23/7018 प्रिन्ट संस्करण विपत्तिमा रेड वैशाख २४, २०७२ सञ्जीव थापा उपयुक्त योजना, स्रोत, साधन, समय, प्रविधि, समन्वय, सहयोग र तत्परता उत्तिकै आवश्यक छ। गे ८, रेडक्रसका संस्थापक महामानव जा हेनरी ड्युनाको जन्म दिनलाई विश्व रेडक्रस दिवसका रूपमा मनाउने गरिन्छ। रेडक्रसका सिद्धान्तहरू व्यवहारमा भत्रे नाराका साथ विश्वले रेडक्रस दिवस मनाइरहँदा हामी भने विनाशकारी भूकम्पको पीडा खेपिरहेका छौं । संकटका बेला रेडक्रस अझ बढी आशा र अपेक्षाको जनसंस्था बन्दोरहेछ। नेपालमा मात्र नभई विश्वमै जादुगरी शैलीमा उद्धार र राहत सम्भव हुँदैन। तथापि नेपाल रेडक्रस विपतको यो घडीमा हरसम्भव सबै तरिकाले क्रियाशील छ। भूकम्प आएकै दिनदेखि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आकस्मिक प्रतिकार्य समिति र आकस्मिक कार्यसञ्चालन कक्षलाई क्रियाशील बनाइयो । तत्कालका लागि खोज तथा उद्घारलाई पहिलो प्राथमिकतामा राखियो । भोलिपल्टदेखि सम्पूर्ण केन्द्रीय कार्यालय नै आकस्मिंक योजनाअनुसार सूचना संकलन र आवश्यक प्रतिकार्य व्यवस्थापन गर्न विमित्र डेस्कहरू स्थापना गरी तोकिएको कार्यतर्फ केन्द्रित रह्यो । केन्द्रीय दैवीप्रकोप व्यवस्थापन समिति र अन्तर्राष्ट्रिय रेडक्कफम अभियानका निकायहरूसँग समन्वय र सम्पर्क गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउन प्रयल्न थालियो। यस अनुसार नै बाह्य विशेषज्ञहरू पनि उपलव्ध छन्‌। सर्वेक्षणलाई द्रुत तथा विस्तृत गरी दुई चरणमा बाँडियो । द्रुत सर्वेक्षणका आधारमा उद्धार तथा राहत सामग्री तुरुन्त पठाउन र वितरण आरम्भ भयो। बढी प्रभावित १२ जिल्लामा ९२ जनाका दरले राष्ट्रिय तहमा विपत्‌ प्रतिकार्यका लागि तालिमप्राप्त ५२ जना र जिल्ला तहमा १ सय ३४ जना परिचालन गरिए | ६ हजारभन्दा बढी स्वयंसेवकहरू प्रभावित क्षेत्रमा खटिएका छन्‌। तीमध्ये प्राथमिक उपचार प्रशिक्षण प्राप्त ३ हजार ९ सय ८७ रहेका छन्‌। हालसम्म तारपोलिन २८ हजारभन्दा बढी परिवारलाई, कम्बल ६ हजार ७ सयमन्दा बढी परिवारलाई, त्यसबाहेक गैरखाद्य सामग्री पूर्ण सेट २,००० भन्दा बढीलाई, म्याट ३ हजार ५ सय परिवारलाई, भाँडाकुँडा २,६०० भन्दा बढी परिवारलाई वितरण भएको छ। ६ हजारभन्दा बढी घाइतेलाई प्राथमिक उपचार र ८०० भन्दा बढीलाई औषधोपचार गरिएको छ। सरसफाइ कीट ३,००० र पानी शुद्धीकरण गर्न २ लाख ४१ हजारभन्दा बढी एक्वा ट्याबलेट वितरण भइसकेको छ। स्थानीय निकायहरूबाट माइकिङ गर्दै घुम्ती तथा अस्थायी स्वास्थ्य शिविर सञ्चालन, स्थलगत औषधोपचार सेवा, शुद्ध पिउने पानी, हातधुने साबुन पनि वितरण भएको छ| ११९ अस्थायी चर्पीहरूको निर्माण भइसकेको छ। रेडक्रसकर्मी र पीडितका लागि २४,००० भन्दा बढी मास्क र त्यति नै पञ्जा उपलव्ध गराइएको छ। १ लाख १० हजारभन्दा बढी प्याकेट जीवनजल वितरण भएको छ। भूकम्पका कारण पारिवारिक सम्पर्कविच्छेद भएका ८० परिवारका लागि आईसीआरसी समेतको सहयोगमा पारिवारिक पुन:स्थापना कार्यक्रम (आरएफएल) ४२ परिवारलाई रेडक्रस सन्देश र लास व्यवस्थापन व्याग ५९५ अस्पतालमा पठाइएको छ। अब विस्तृत सर्वेक्षणका आधारमा राहत प्याकेज वितरण हुनेछ, जसमा तारपोलिन, कम्बल, कपडा, भाँडाकुँडा समावेश हुन्छ। ओतका लागि तारपोलिनको अत्यधिक माग भएकाले आफ्ना गोदाम घरको सीमित मौज्दातले म्याउन नसक्रेदेखि एक लाख तारपोलिन रेडक्रसको अन्तर्राष्ट्रिय महासंघबाट प्राप्त हुनेछ। त्यसपछिको चरणमा स्रोत उपलव्ध भएमा रेडक्रसले सञ्चालन गर्ने पुनःस्थापना तथा पुनःनिर्माण कार्यको पनि योजना हुँदैछ। स्वाधीनतापूर्वक रेडक्रसका मूल्यमान्यता र पद्धतिलाई ध्यानमा राख्दै राहत वितरण गर्न र सरकारको सहयोगी भूमिका निर्वाह गर्न रेडक्रस उत्तिकै सजग छ। स्थानीय निकायहरूसँग समन्वय र सहकार्य अपेक्षित छ। निकायगत भूमिका स्पष्ट निर्धारण गरी तोकिएको मापदण्डअनुसार आपूर्ति र वितरण गर्दा छिटो राहत सामग्री पीडितले पाउने अवस्था र व्यवस्था बन्छ। यतिबेला समस्या र चुनौतीका पहाड छन्‌। हाम्रा दुर्गम बस्तीहरूमा पुग्न अझै कठिन भइरहेको छ। राहत सामग्री खरिद, गोदाम घरहरूको व्यवस्थापन तथा आपूर्ति तत्काल हुन नसक्नु अर्को टड्कारो चुनौती हो। सूचना तथा सञ्चार, समन्वय, मनसुन पूर्वतयारी आदि वर्तमान तथा भावी चुनौतीहरू छन्‌| त्यस्तै लास तथा nttos://www.kantipurdaily.com/printedition/201 5/05/0 7/3461 33.ntm| 1/2