|
|
1/15/2017 भूकम्पबारे पाँच अनुसन्धानको एउटै निष्कर्ष - विचार/विश्लेषण - कान्तिपुर समाचार
क्ग्रन्तिपुर्
विचार/विश्लेषण (/०0॥620011//01011101)
भूकम्पबारे पाँच अनुसन्धानको एउटै निष्कर्ष
- प्रा. लालु पौडेल (/001101/प्रा.2-लालु--पौडेल)
(htto://www.oppo.com/np/index.html)
माघ १, २०७३- विनाशकारी भूकम्प गएको भर्खर २० महिना नाघेको छ । २०७२ वैशाख १२ गतेको भूकम्पपछि पनि पुरानै ढाँचामा घर तथा बाटो निर्माण, चर्किएका
घरलाई टालटुल पारी बस्ने प्रवृत्ति, अव्यवस्थित सहरीकरणको निरन्तरता र पुनर्निर्माणमा देखिएको उदासीनता र चर्को राजनीतीकरणले यथार्थमा यो भूकम्प पनि
इतिहासका अन्य भूकम्प र प्राकृतिक प्रकोपजस्तै नेपाली समाज र राजनीतिक वृत्तले विस्तारै बिसिँदै गइरहेको अनुभव भैरहेको छ । हाम्रो सोच र व्यवहारले के देखाउँछ भने
अब अहिलेको जीवित पुस्ताले यस्तै अर्को ठूलो भूकम्पको सामना गर्नुपर्ने छैन । के अब हाम्रो जीवनकालमा अर्को ठूलो भूकम्प नआउला त ? प्रश्नको उत्तर त्यति सहज
नभए पनि अनुसन्धानहरूले हामीलाई ढुक्क भएर बस्ने संकेत गर्दैनन् । अन्तर्राष्ट्रिय भूगर्मविद्हरूको समूहले मध्य नेपालमा गोर्खा भूकम्पको प्रकृति, भूकम्पपछिको
जमिनको हलचल, ऐतिहासिक भूकम्पीय प्रमाणहरूको उत्खनन जस्ता विविध कोणबाट गोर्खा भूकम्पपछि भूकम्पीय जोखिमको अवस्थाको अनुसन्धानलाई निरन्तरता
दिएका छन् । गएको २० महिनामा दर्जनभन्दा बढी अनुसन्धानात्मक लेख अन्तर्राष्ट्रिय जर्नलहरूहमा प्रकाशित भैसकेका छन् । यस लेखमा वैशाख १२ पछि भएका भूकम्प
सम्बन्धी महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अनुसन्धान र तिनले दिएका महत्त्वपूर्ण निष्कर्ष बारेमा चर्चा गरिएको छ ।
(11119
अनुसन्धान-- १
हिमालय बन्ने प्रक्रियामा पन्ध्र सयदेखि दुई हजार किमि पूर्व-पश्चिम फैलिएका र लगभग ६ देखि २५ किमिसम्म गहिराइ भएका तीनवटा ठूला दरारहरू बनेका छन् । यी
मध्ये एउटा तराई र चुरे पहाडको सिमाना, एउटा चुरे पहाड र महाभारत लेकको सिमाना र अर्को निम्न र उच्च पहाडी भागको सिमानामा अवस्थित छन् । यी दरारहरू
गहिराइमा पुगेर अर्को लगभग १० डिग्रीको कोणमा उत्तरतिर ढल्केको दरारमा मिल्छन्, जसलाई मेन हिमालयन थ्रस्ट (एमएचटी) भनिन्छ । इन्डियन प्लेटको तल्लो भाग
अहिले पनि एमएचटीभन्दा तलबाट उत्तरतर्फ घस्सिरहेको छ र यसले हिमालय श्वृङखलालाई ठूलो बलले उत्तरतर्फ घकेलिरहेको छ । उक्त बललाई थेग्न नसकी बेला--
बेला हिमालयमा रहेका दरारहरूमा चट्टान चिप्लिन्छन् र ठूला भूकम्पहरू उत्पन्न हुन्छन् । दुई प्लेटहरू जुधेको क्षेत्रमा जमिनको सापेक्षिक चाल भूउपग्रहको सहायताले
आधुनिक ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) उपकरणको सहायताले नाप्न सकिन्छ । आधुनिक जीपीएस उपकरणहरूले मिलिमिटरभन्दा कमको परिशुद्धतामा
जमिनको चाल मापन गर्न सक्छन् । गोर्खा भूकम्प जाँदा लगभग १५० पूर्व-पश्चिम, ६० किमि उत्तर--दक्षिण र १५ किमि गहिराइ भएको गोर्खाको बार्पाकदेखि दोलखाको
सुनखानीसम्मको भाग एमएचटीको सतहमा लगमग ३.५ मिटर दक्षिणतर्फ चिप्लिएको थियो ।
यसरी जमिन दक्षिणतर्फ चिप्लिने प्रक्रिया भूकम्पपछि पनि यथावत छ वा अड्किएर बसेको छ भन्ने जान्न अमेरिकाको क्यालिफोनिया विश्वविद्यालयका डा. आद्विनो
ग्वालादीको नेतत्वमा अमेरिका, चीन, बेलायत, नेपाल लगायतका वैज्ञानिकहरूले भूकम्प जानुभन्दा लगभग २ वर्ष अगाडिदेखि नै विभिन्न ठाउँमा राखिएका ३३ वटा
जीपीएस स्टेसनहरू र भूकम्प लगत्तै राखिएका थप जीपीएस स्टेसनहरूले रेकर्ड गरेका तथ्याङ्कलाई विश्लेषण गरे । उनीहरूको अनुसन्धान लेख विश्व प्रसिद्ध भौगर्भिक
जर्नल टेक्टोनोफिजिक्समा सन् २०१६ को जूनमा प्रकाशन भएको छ । उनीहरूका अनुसार गोर्खा भूकम्पपछि काठमाडौंको दक्षिणी भागमा जमिनभन्दा लगभग १०
किमिमुनि एमएचटीमा जमिन अड्किएको छ र हाल यही क्षेत्रमा शक्ति सञ्चय भैरहेको छ । यसले मध्य नेपालमा भूकम्पीय खतरा झनै बढाएको छ ।
डर्युनन्यान-- ९
जापानको हिरोसिमा विश्वविद्यालयका प्राध्यापक यासुहिरो कुमाहाराले नेपाली भूगर्भशास्त्रीसँगै गरेको अनुसन्धान निष्कर्ष 'अर्थ प्लानेट एन्ड साइन्स" भन्ने जर्नलमा
प्रकाशित भएको छ । वैज्ञनकहरूका अनुसार जमिनको सतहबाट घेरै नजिक केन्द्रविन्दु भएर नेपालको जत्रो महाभूकम्प जाँदा प्राय: जमिनमुनि फाटेको चिरा जमिनको
सतहसम्म आइपुग्छ । यसो भयो भनेमात्र इन्डियन प्लेट र युरोसिंयन प्लेट जुध्दा सञ्चित भएको भनिएको पुरै शक्ति स्खलित हुने सम्भावना रहन्छ ।
गोर्खा भूकम्प लगत्तै भूगर्मविद्हरूको समूहले काठमाडांरैः वरिपरि र महाभारत क्षेत्रको झिंकु खोला, चित्लाङ, कुलेखानी, मालागिरि तथा कोल्पु खोला भएर जाने पाँचवटा
http://kantipur.ekantipur.com/news/2017-01-14/20170114075005.html 1/5
|
|
|