4/25/2016 निको नभएको घाउ - Himalkhabar.com rabin Himalkhabhar sor गर्नुहोस्‌ 0 ake ~~ a ae’ ७० द्र x fy * r निको नभएको घाउ । ० = oz ३ 0८ 00 ५ ae पे ' wih yl ९२ वैशाखको भूकम्पमा परी पति सहित आफनो बायाँ खुट्टा गुमाएकी ललितपुरकी सविता महर्जन । तस्वीर: बिक्रम राई ७ वैशाख साँझ्‌ ललितपुरको डोरवाटोल पुग्दा सविना महर्जन (३२) किराना पसलमा सामान बेचिरहेकी थिइन्‌ । जब ठीक एक वर्षअघिको भूकम्पबारे कुरा गर्न थालियो, आँखा रसाउन थाल्यो । भक्कानो छट्न बेर लागेन । १२ वैशाखको भूकम्पमा सविना वैदेशिक रोजगारीबाट विदामा आएका श्रीमान्‌ ज्योतिन महर्जन परिवारसहित मनकामना मन्दिर दर्शनका लागि लाइनमा थिइन्‌ । “एकाएक भुई हल्लियो, हेर्दाहेदै घरको चौकोस खस्यो, त्यसपछि होश भएन ।” दमौलीमा उपचार सम्भव नभएपछि सविनालाई त्यसै दिन चितवन मेडिकल कलेज पुग्याइयो । अस्पतालमा उनलाई होश आउँदा उनको घेरै चिज सकिइसकेको थियो । श्रीमान्‌ बितिसकेका थिए । बायाँ खुट्टामा सहनै नसक्ने पीडा भइरहेको थियो । १० दिनसम्म चितवन बस्दा सविनाले त्यही खुट्टा पनि गुमाइन्‌ । डोरवाटोलको घर पनि ढल्यो । भूकम्पको प्रहारअघि उनी ब्यूटीपार्लरमा काम गथिन्‌ । अहिले पसलको कमाइले परिवार र ९ वर्षको छोरो हुर्काइरहेकी छिन्‌ । “सरकारले राम्रो काम दिए बुहारीको भविष्य बन्नेथियो”, सासु मैया महर्जन भन्छिन्‌ । भूकम्पको दिन भक्तपुरकी गोमा गिरी रामकोटस्थित माइतीघरमा चिया पिउँदै हांसीखुशी गफिँदै थिइन्‌ । अचानकको भूकम्पले घर ढाल्यो । सबै पुरिए । उठेर हेर्दा पाँच वर्षीया बहिनीको ज्यान गइसकेको थियो । बायाँ खुट्टाको उपचारका लागि उनी त्यही दिन शहीद मेमोरियल अस्पताल भर्ना भइन्‌ । ८ जेठमा अस्पतालबाट “डिस्चार्ज' हुँदा उनको बायाँ खुट्टाको घुँडादेखि तिघ्रासम्म प्लेट राखिएको थियो । एक महीनासम्म छडीको सहायताले हिँडडुल गर्नुपक्ष्यो । “खुट्टा पहिलेकै जस्तो हुन्छ, गरिखान सकिन्छ जस्तो पनि छैन”, उनी भन्छिन्‌ । http://www.himalkhabar.com/126863 1/3