4/25/2016 स्मृति स्मृति -केशव प्रसाद पाण्डे घरहरा चढ्नुअघिं उसले गरेको अन्तिम म्यासेज पह । । 11 zy P <= हु i | é 4 £ q : | 4 : iW a a q i j ~ a च्याटिङकै बिचमा उसले भनी, 'व्यालेन्स सकिन लाग्यो आजलाई वाई है! यताबाट जवाफ, दिउँसो टाईममै हाल्नुपर्छ नी? भोलि त हाल्नु है। उताबाट उत्तर आयो ,कहाँबाट हाल्नु? मसँग भए पो। मेरो पालो, बाबालाई भनेर हालन, एक्ली छोरी हौ क्यार! बरू दाईजो कम लिउँला नी! उसले म्यासेज गरी, हिहि!! बाँदर। प्रतिउत्तर दिएँ, ऐना हेरत! त्यसकै उद्वविकास हौ, बादर्नी! त्यसपछि मिंस यू ,लव यू ....गुडनाईट भन्दै शुक्रबार राति,१०:४३ को अन्तिम म्यासेजबाट आजलाई छुट्टीयौं। अस्तीको बुधबार दिउँसोमात्र बल्लबल्ल केही घण्टा समय मिल्यो र कीर्तिपुरमा भेटेका थियौं। भर्खरै कीर्तिपुरकै होस्टलमा बसेर पढ्न थालेकी। उसले, एकदिनको लागि कीर्तिपुर बोलाई | सँगै मात्र कीर्तिपुर दरबारको डाँडो घुम्ने अड्डी थियो उसको। मेरै कारण द्वई साता पछि घकेलिएको थियो। त्यो समय उसलाई एकेडेमिक बुक्स अगाडि बोलाएँ। झ अली छिट्टै आईसकिछ। बाईक पार्किङ गरेँ। केही कलहरू मिस्कलमा परिणत भईसकेछन्‌। उसले देख्नेबित्तिकै रिसाउँदै भनी, 'कति व्यस्त छौ है? कहिलै पनि समयको ख्याल र फुर्सद नहुने!' तिम्रो पो दादा बेलायत छन्‌। एक्ली छोरी कमाउन पर्दैन। बाबाको खर्चमा पढ्ने मात्र न हो! आफू त अर्काको नुनको सोझो नगरी, न जिन्दगी चल्छ,न पढाई,न वाईक चल्छ,' मैले भनेँ। http://setopati.com/blog/4565 // 1/3