A/22/2016 आधा रोएको आधा हाँसेको बारपाक आधा रोएको आधा हाँसेको बारपाक सुदीप श्रेष्ठ बारपाक (गोरख)- र a . छ : ose pease | i iw बल ie , | x 00 00 wea AN 4 ४ | २३ : - हँ aS . | : = Ss 2 SE. A — ra 10 र “19 gh P=. Se देवकुमारी घले। तस्विरहरू सुदीप श्रेष्ठ १ Pea बौद्ध हिमालको काखमा लमतनन सुतेको बारपाक गाउँ चौध किलोमिटर तल मान्द्रेबाटै झुलुक्क देखिन्छ। माथि मनिडाँडाबाट त वारिदेखि पारिसम्मै आँखामा अटाउँछ। झट्ट हेर्दा, औंसी र पूर्णे बीचको आधी चन्द्रमा आकाशमा झुन्डिरहे जस्तो। गाउँको सिंरानमै बसपार्क छ। हरेक साँझ घाम अस्ताउने बेला काठमाडौंबाट एउटा बस आइपुग्छ। घाम उदाउने बेला त्यही बस काठमाडौं जान्छ। बस आउन थालेको केही महिना मात्र मयो। दाता र संस्थाहरूका गाडी वर्ष दिनदेखि उदाए-अस्ताए घाएका घायै छन्‌। गोरखा राजमार्गको 'बाह्ृकिलो' भन्ने ठाउँबाट ४८ किलोमिटर उत्तर कच्चीबाटोमा टायरको डोब बनाउँदै बारपाक उक्लने ती गाडीले पहिले गाउँमा आशा जगाउँथ्यो। भत्केका घरका अवशेषमाथि उभिएर बारपाकीहरू अनुहार उज्यालो पार्थे। अचेल गाडीले घुलो मात्र उडाउँछन्‌। बारपाकीका आँखा बिझाउँछन्‌। गाडी आउनु र जानु त घाम उदाए-अस्ताएजस्तै भइसकेको छ। नयाँ अनुहारले ध्यान तान्छ, तर आँखामा प्रश्न जगाउँदैन। आशाले चम्कनुपर्ने आँखा खिन्न ओइलाउँछन्‌। भुइँचालोको वर्ष दिनपछि बारपाक आधा तंग्रिसक्यो, आधा तंग्रिन खोज्दैछ। जो तंग्रिसके ती आफ्नै दममा उठेका हुन्‌। जो तंग्रिन खोज्दैछन्‌, ती पनि आफ्नै ल्याकतअनुसार बल लगाउँदैछन्‌। सरकारी तथा गैरसरकारी टोलीको भ्रमणले बारपाकमा गाडीको लस्कर त लाग्यो, बारपाकीले भने केही पाएनन्‌। उनीहरूले पाएको २५ हजार रुपैयाँ मात्र हो। नयाँ घर बनाउन सरकारले दुई लाख दिने भनेको सुन्दै आएका छन्‌। धेरैले त्यसको आश मारिसके। ढुई लाख हात परे पनि भुइँचालो प्रतिरोधक घर बन्दैन। ढुवानी भाडा महँगो छ। सिमेन्ट, छड छोड्साध्य छैन। त्यसैले त, बृजबहादुर घले भन्छन्‌, 'सरकार त दिन्छ दिन्छ भन्छ, कुरा मात्र गर्छ। दिए पनि सरकारको पैसाले त सुंगुरको खोर मात्र बन्छ। यहाँ त घेरैले आफैँ घर बनाउन थालिंसके।' उनको कुरा सुन्दा यस्तो लाग्छ, बारपाकको भूगोल र बारपाकीको स्थिति उस्तै-उस्तै छ, औँसी र पूर्णेबीचको आधी चन्द्रमा जस्तो। १003 b / i my, २ ६८०१ ig Se Ag era brgmb crea te nt ee. NSS ee रक eed Ara beggiors ie ८: ce ८४५ नक 2? . जित, es 2 oo हि टा a) ॥ ु ea ॥ 422 क i. (१: हो eer : =, 7 a 0 A ssi se i tg ॥ Z i weiss; a छु, पल é क हँ ७ ॥ ee =| a Mere be. Pies i x Aut | s es ब्‌ pete Cay!) 4 \ ieee Pera र १ १10८ ०22 हि Fe SARE 6 CES A 5 me http://setopati.com/samay/45499/ 1/0