3/31/2016 अब ल्याण्डलक्ड नेपाल होइन:ल्याण्डलिक्ड नेपाल: पिताम्बर शर्मा अब ल्याण्डलक्ड नेपाल होइन, ल्यार्ण्डालेक्ड नेपाल: पिताम्बर शर्मा a a ie | ie a ] or oe y ) a 3 i" A a e { — ॥ 02 - NT ।)) 7 €€[ 0 .££: नेपाल र चीनबीच पारवहनलगायत महत्वपूर्ण सम्झौता सम्पन्न पएका छन्‌। तर सम्झाता महत्वपूर्ण पए पनि कार्य्वचयन र तिनका प्रतिफलबारे अझै गहिरो बहस र विश्लेषण हुन बाकी नै छ। यस सम्बन्धमा सेतोपाटीका लागि पोष्टबहादुर बस्नेतले नेपालका चर्चित भुगोल तथा योजवाविद्‌ डा. पिताम्वर पासा गरेको कुराकातीको अंशः प्रधानमन्त्री केपी शर्मा ओलीको चीत भ्रमणका क्रममा तेपाल र चीनबीच सम्पन्न सम्झौताहरू चर्चामा आएका छन । कति महत्वपूर्ण छन्‌ यी सम्झौताहरू? नेपाल र चीनबीच पारवाहन, यातायात लगायत महत्वपूर्ण सम्झौता/समझदारी भएका छन्‌ । यी सम्झौता/समझदारीलाई ऐतिहासिक र महत्वपूर्ण उपलब्धि मान्नुपर्छ, तर उपलब्धि मुर्त बन्न समय लाग्छ । उपलब्धि यस अर्थमा मान्नुपर्छ कि नेपालका निम्ति विकल्प सिमित थिए, अब विकल्प विस्तारित भए। नेपालले विकल्प खुला गरेका कारण आफ्नो सुरक्षा संवेदनशिलतामा धक्का पुग्यो भनेर भारतले पनि बुझ्नु हुँदैन। त्यो अतिरन्जित बुझाइ हो। अर्कोतर्फ, भारतले हामीलाई पन्छायो, त्यसैकारण हामी चीनतर्फ लाग्यौं भनेर नेपाली सञ्चारमाध्यम तथा राजनीतिज्ञले टिप्पणी गर्ने गरेका छन्‌। त्यो पनि अनावश्यक प्रतिक्रिया हो। मेरो विचारमा नेपालले गरेका सम्झौता/समझदारीलाई सहज र सामान्य रूपमा लिनुपर्छ । प्रत्येक राज्यले आफ्नो समृषध्दिका लागि सकेसम्म धेरै विकल्प खोज्छ । लामो समयदेखि व्यापार र पारवहनका लागि भारतमा लगमग पूर्णरूपले आश्रित बनेको नेपालका निम्ति विकल्प थिएनन्‌ । यसको फाइदा स्वभावतः: भारतले लिइरहेको खण्ड थियो र तजविजअनुसार, समय-समयमा हामीले अनावश्यक टु:ख पाइरहेका थियौँ । सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता कायम राख्न पनि यस्ता विकल्पले ठूलो भूमिका खेल्छन्‌ । तर त्यसको अर्थ हामीले भारतलाई प्रतिस्थापन गरेर नयाँ विकल्पमा जाँदैछौं भनेर बुझ्ने र बुझाउने काम गलत हो । भारतसँग रहेको साँस्कृतिक, राजनीतिक, आर्थिक सम्बन्धलाई अर्को देशले प्रतिस्थापन गर्ने होइन । चीनसँग पनि हाम्रो छुट्टै ऐतिहासिक र निकट सम्बन्ध छ । साथै भौगोलिक तथा भाषिक पर्खाल पनि छन्‌ । पारवाहन, सडक र रेल यातायातका सन्दर्भमा प्रयोग गर्ने बन्दरगाह, बाटो, साधन र आवश्यक पूर्वाधार र लागत जस्ता विषयमा अनुसन्धान, चर्चा र छलफल गर्दै अब अघि बढ्ने हो ।मोलि नै हामीले सम्झौता/समझदारीको फल प्राप्त गर्ने होइन । त्यसका निम्ति अर्को ७-८ वर्षसम्म लाग्न सक्छ । भारतीय सञ्चारमाध्यम र वीतिनिर्षाताले अहिले सम्पन्न नेपाल-चीन सम्झौतालाई 'चाइना कार्ड' मन्दैछन्‌ । मारतले लागो समयदेखि यस्तो आरोप लगाउँदै पनि आएको छ । चाइना कार्ड मनेकोचाहिँ के हो? म अन्तर्राष्ट्रिय सम्बन्धको विज्ञ त होइन । तर मेरो विचारमा नेपाललाई हेर्ने भारतीय दृष्टिकोण बेलायती उपनिवेशवादी नीतिकै निरन्तरता जस्तो देखिन्छ। नेपालको एकतन्त्रीय राणा शासन भारतमा रहेको बेलायती उपनिवेशिक राज्यसत्तामा आश्रित थियो । अंग्रेजले हिमालयलाई आफू सुरक्षा घेरा मानेका थिए । भारत स्वतन्त्र भयो र नेपालले पनि जहाँनिया शासनबाट मुक्त पायो । तर भारतीय सत्तामा परिवर्तन आएन । अझ नेहरूले त घोषणा नै गरे - हिमालय हाम्रो सुरक्षा सीमा हो । यसैकारण नेपालले आफ्नो स्वतन्त्र सार्वभौमसत्ताको अभ्यास गर्दा भारतीयहरू अत्तालिने गर्छन्‌ । भारतमाथिको अत्याधिक परनिर्भरताको विकल्प खोज्नासाथ नेपालले 'चाइना कार्ड' खेल्यो भन्ने भारतीय सोच बन्ने गर्छ । मेरो विचारमा “चाइना कार्ड' भनेको बेकारको कुरा हो, नेपालले खेल्ने त 'नेपाल कार्ड'मात्रै हो । हाम्रो मुगोल, इतिहास र अवस्थितिले हामीलाई अन्य 'कार्ड' खेल्ने सुविधा नै दिदैँन । चीनसँग हाम्रो निकट र ऐतिहासिक सम्बन्ध छ । तर भारतसँग भौगोलिक, आर्थिक, साँस्कृतिक र राजनीतिक जुन निकटता र सान्निध्य छ त्यस्तै निकटता चीनसँग हुन गाह्रो छ । त्यसैकारण नेपालले कुन कार्ड खेल्यो वा कुन देशतर्फ ढल्कियो भन्ने कुरामा कुनै तुक छैन । eee et: (See गरर eS see ताज लप रोएर se SS oe eo oe See Se eS ee ee SS See So pes Se ES SR पार जाग लाग http://setopati.com/raajneeti/44240/ 1/3