चिसोका कारण भूकम्पपोडेत ।बेरामी - ।॥॥19011611910॥1.८01) 22/12/2015 15:18 समाचारसमंगलबार, पौष ७, २०७२ चिसोका कारण भूकम्पपीडित बिरामी हिमालखबर [हु 4 7५०० | 1 (2 - Shares HO न) अत्यधिक चिसोका कारण त्रिपालमुनि बस्दै आएका बारपाकका भूकम्पपीडित बिरामी परेका छन्‌ । त्रिपालले बेरेको अस्थायी टहरामा रहेका भूकम्पपीडितलाई रुघाखोकी, झाडापखाला, निमोनिया जस्ता रोगले सताएको हो । सुत्केरी, स्कुले बालबालिका, दीघे रोगी र वृद्धवृद्धा चिसोको मारमा परेका a | नलागेसम्म चिसोले बाहिर निस्कनै सकिदैन |” अत्यधिक चिसोले गर्दा भेडीगोठमा बस्ने गोठाला र काम नगरी हातमुख जोन नसक्नेलाई थप समस्या भएको छ। बारपाकको करिब एक हजार ४७२ घरघधुरीमध्ये वडा नं ४ देखि ९ सम्मका भूकम्पपीडित एकै गाउँमा बस्छन्‌ । वडा नं १ को पोखरी, २ को खान र मान्द्रे तथा वडा नं ३ को कोजे गाउँका अधिकांश भूकम्पपीडित भूकम्प गएको आठ महिना बितिसक्दा पनि त्रिपालमुनि नै छन्‌ । उनीहरुले जस्तापाताले छाएको टहरोसमेत उभ्याउन सकेका छैनन्‌ । बारपाकको स्वास्थ्य चौकी प्रमुख धनमाया घले भूकम्पपछि दम, ज्वरो र निमोनियाका बिरामी बढेको बताउँछिन्‌ । चिसोबाट बिरामी परेकालाई उपचार गरी औषध दिइरहेको उनको भनाइ छ। बारपाक-१ को पोखरी गाउँका भूकम्पपीडितले खासै राहत सहयोग पाएनन्‌ । सबैको ध्यान बारपाक गाउँमा भएकाले वडा नं. १, २ र ३ गाउंका भूकम्पपीडित ओझेलमा परेका हुन्‌ । सरकार र विभिन्न सङघसंस्थाले पनि वडा नं ४ देखि ९ सम्मका भूकम्पपीडितलाई सहयोग गर्दै आएको अन्य वडाबासीको भनाइ छ। वडा नं ५ का ४० घरधुरी दलित समुदायका भूकम्पपीडित वडा नं ४ को गैरीगाउँमा अर्काको जग्गामा बस्दै आएका छन्‌ । स्थानीयवासी रोशन विकले घर,घडेरी पुग्ने जग्गाको खोजी गरी सरकारले पुनःनिर्माण थाल्नुअघि विस्थापितलाई सुरक्षित ठाउँमा स्थापित गर्न माग गरे । कमजोर आर्थिक अवस्थाले गर्दा उनीहरु पनि त्रिपालले छाएको अस्थायी टहरामा बस्दै आएका छन्‌ । सरकारले दिएको रु १५ हजार पाए पनि काठपात र टहरो बनाउने जग्गा नभएपछि उनीहरु समस्यामा छन्‌ । उता वडा नं २ को खान गाउँका ४० घरधुरीका स्थानीय चौरमा आएर बसेका छन्‌ । त्रिपाल र पालले छाएको टहरामा बसेका उनीहरुले पनि जस्ताले छाएको टहरो बनाउन सकेनन्‌ । खानबाट विस्थापित उनीहरु पुनः खान गाउँ नै फर्कन चाहन्छन्‌ । भूकम्पपीडित मात्रै होइन, बारपाकको प्रहरी चौकी पनि त्रिपाल, पालभित्रै छ । भूकम्पपीडितलाई सहयोग गर्न बारपाक पुगेका सङघसंस्थाका कार्यालय पनि पालभित्र सञ्चालनमा रहेका छन्‌ । आकाणबाट पानी नपर्दासम्म हिउँ नपर्ने बताउँदै भूकम्पपीडितले एक झर पानी परेपछि चिसोले गर्दा गाउँमा बख नसकिने अनुमान गरेका छन्‌ । गर्नुपरेको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिले सरकारले न्यानो कपडा किन्न दिएको रु १० हजार वितरण प्रक्रिया शुरु गरेको छ । साथै विभिन्न सङघसंस्थाले ३० गाविसका भूकम्पपीडितलाई रु १० हजारका दरले रकम तथा न्यानो कपडा बाँड्ने तयारी गरेका छन्‌ । रासस प्रतिकृया दिनुहोस )[[[0: / /४/////. |) [)01161101001.८6011/118267 Page 2 of 7