सम्पदा निरोक्षण गर्न युनेस्को टोली आउने जगदीम्धर पाण्डे सम्पदा नेरोक्षण समाचार टोली Wes | मुख्य समाचार 22/07/2015 17:44 Ast AAA: SYS » मुख्य समाचार » नका वितिट, bs 5 SS j श्र — Pot a हँ म : | \ = \¢ 7, mss Ee = 2५ नज eS 00 २ ः er j ,.. = et दु ॥ भूकम्पले क्षतिग्रस्त हनुमानढोका क्षेत्रमा मरम्मतको काम गर्दै मजदुर । तस्विर: सञ्जोग मानन्धर/ईकान्तिपुर काठमाडौँ, श्रावण ६ - भूकम्पपछि पूर्ण र आशिक क्षति भएका उपत्यकाको विश्व सम्पदा सूचीमा परेका सम्पदाहरूको पुनःनिर्माण र मर्मत संभारको निरीक्षण गर्न युनेस्कोको प्राविधिक टोली आउने भएको छ। सन्‌ २०१६ को जनवरीमा नेपाल आउने युनेस्कोको प्रविधिक टोली वैशाख १२ को महाभूकम्पपछि यहाँ रहेका विश्वसम्पदामा भएका क्षतिको बारेमा अवलोकन गर्नेछन्‌ । टोलीले पुरातत्व विभागले तयार पारेको पुनःनिर्माण र मर्मत संभारका सम्पूर्ण योजना, बजेट, जनशक्ति, प्राविधिक क्षमता, प्रक्रियालगागतका बारेमा अध्ययन गर्ने छ । भूकम्पका कारण २० जिल्लाका ७ सय ४५ वटा पुराताचिक सम्पदामा असर परेको छ । त्यसमध्ये १ सय ३३ सम्पदा पूर्ण रूपमा क्षति भएका छन्‌ । ६ सय १२ आंशिक र सामान्य क्षति भएका छन्‌ । त्यसमा विश्वसम्पदा सूचीमा परेका उपत्यकाका ७ सम्पदामा बढी क्षति भएपछि युनेस्कोले यी सम्पदालाई विश्वसम्पदाको खतराको सूचीमा राख्ने योजना बनाएको थियो । युनेस्कोले सन्‌ १९७९ मा उपत्यकाको ७ वटा सम्पदा क्षेत्रलाई विश्वसम्पदा सूचीमा राखेको छ । त्यस मध्ये ४ धामिक - पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तुप, स्वयम्भूनाथ स्तुप र चाँगुनारायण मन्दिर) र सास्कृतिकतर्फ ३ दरबार स्क्वायर - हनुमानढोका दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायर) छन्‌ । उक्त युनेस्कोको टोलीले यी विश्वसम्पदा सुचीमा परेका सम्पदाहरूको पुनःनिर्माण र मर्मत संभारमा नेपालको कुनै पनि पक्षमा कमजोरी भए यहाँका विश्वसम्पदा सूचीमा परेका सम्पदाहरूलाई खतराको सुचीमा राख्नेछ । विश्वसम्पदा समितिको जर्मनीको बोन शहरमा जुन २७ देखि जुलाई ८ सम्म भएको वल्र्ड हेरिटेज कन्फरेन्समा नेपालको तर्फबाट भाग लिएका भेषनारायण दाहाल भन्छन्‌,'युनेस्को अन्तरगतका इक्रोम र आइक्रोमस जस्ता संस्थाहरू भूकम्पपछि उपत्यकाका सातै सम्पदालाई विश्वसम्पदामा खतराको सूचीमा राख्ने प्रतिवेदन दिन लागेका थिए । तर हामीले तत्कालै खतराको सूचीमा नराख्न र केहि समय पुनःनिर्माण र मर्मत संभार गर्न समय माग्यौं ।' इक्रोस र आइक्रोमस युनेस्को अन्तरगतका संस्था हुन्‌, जसको प्रतिवेदनकै कारण युनेस्कोले कुन देशका सम्पदालाई विश्वसम्पदाका सूचीमा राख्ने, तिनीहरूलाई खतराको सुचीमा राख्ने वा हटाउने भन्ने बारेमा अध्ययन गरेर सल्लाह र सुझाव दिन्छन्‌ । इक्वोम र आइक्रोमस भूकम्पका कारण बढी क्षति भएकोले कुनै पनि हालतमा खतराको सुचीमा राख्ने तयारीमा थिए | nttp://www.ekantipur.com/np/2072/4/6/tfull-story/413173.ntml Page 2 of 5