23/06/2017 यसरी बन्न सक्छ अब नेपाल - विचार/विश्लेषण - कान्तिपुर समाचार म?” २.२ => CC (nttp://election.ekantipur.com/) विचार/विश्लेषण (/category/opinion) यसरी बन्न सक्छ अब नेपाल - डा. सूर्यराज आचार्य /॥0॥101/डा.--सूर्यराज--आचार्य), रमेश पोखरेल (/00॥101/4-रमेश--पोखरेल), काठमाडौ १ NN ae 7 । ) । ०७ = त तक्रल : | (pie 1 | . 7 eal PS A, _ Se, ५0 E&Y । । as. जेष्ठ २१, २०७२-नेपाल किन बनेन भनेर घेरै बहस भए। गत वैशाख १२ गते र २९ गतेका विनाशकारी भूकम्पका कारण नेपाल झन्‌ पछाडि पर्ने हो कि भन्ने आशंका एकातिर छ भने अर्कोतिर यो संकटलाई अवसरको रूपमा लिएर नवनेपाल बनाउन सकिन्छ भन्ने बहस पनि सुरु भएको छ। समस्यालाई धेरै कारणहरूले व्याख्या गर्न खोज्दा सजिलो समस्या पनि जटिल बनिरहेको छ। प्रस्तुत लेखमा, अन्तर्राष्ट्रिय अनुभवका आधारमा नेपाल बनाउने सरल सूत्रका मूल दुई सर्तमाथि बहस चलाउन खोजिएको छ। के भयो र के भइरहेछ? हाम्रो देश इतिहासकालदेखि नै अक्षुण्ण रूपमा स्वतन्त्र रही अहिले पनि सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक मुलुकको रूपमा अन्तर्राष्ट्रिय मानचित्रमा दरिएकोमा हामी नेपालीहरू गर्व गर्छौं। तर केही दशकदेखि हाम्रो राज्यको व्यवहार हामी सार्वभौम नागरिकले गर्व गर्न लायकको छ त? भूकम्प पश्चातका कतिपय समाचारहरू हामीलाई निराश बनाउने किसिमका छन्‌। विपद्पछिको उद्धार र राहतको चरणमा सेना, प्रहरी र कर्मचारीको प्रयास र लगनले सरकारको उपस्थिति देखियो। तर केन्द्रीय सरकारका नीतिगत अलमलले अस्थायी आवास निर्माण या नवनिर्माणको योजनाले अपेक्षित गति लिनसकेको छैन। दाताहरूले नेपाल सरकारको विश्वसनीयतामा प्रश्न गर्दै नवनिर्माणका लागि आउने वैदेशिक सहयोग आफ्नै संयन्त्रमार्फत खर्च गर्न पाउनुपर्ने माग राखेको समाचार हरेक स्वामिमानी नेपालीको लागि पीडादायी छ। एकछिन इतिहासतिर फर्को। राजा महेन्द्रले २०१७ सालमा सत्ता हातमा लिएपछि भारतले राजाको कदमको विरोध गरेको थियो। सम्बन्ध सुधारका लागि सबभन्दा उपयुक्त व्यक्ति खोज्दा एसएलसीका "बोर्ड फस्ट”, प्राध्यापक यदुनाथ खनाल फेला परे र राजद्वूतमा नियुक्त गरिए। यढुनाथ यति अब्बल निस्के कि उनका नेपाल, भारत र चीन सम्बन्धका प्रवचन, लेखरचना भारतका मूलधारका पत्रपत्रिकामा छापिन थाले र भारतीय बुद्धिजीवीहरूमा समेत लोकप्रिय हुनथाले। १८ वर्षसम्म नेपालमा रहेको भारतीय सेना यिनैका पालामा फिर्ता भयो। यिनै यदुनाथ, चीन तथा अमेरिकाका पनि राजद्वृत बने र प्रसिद्ध हार्वार्ड विश्वविद्यालयको 'फेलो'समेत भए। http://kantipur.ekantipur.com/news/2015-06-04/4 10237 html 1/7