10/07/2017 सूचना ! सूचना ! ! सूचना ! ! ! - साहित्य - नेपाल (http://election.ekantipur.com/) साहित्य (/०0/0001%/15) सूचना ! सूचना ! ! सूचना ! ! ! | I ‘ fo ee eo Ce ४“ fe 102; २) टाटा i ४) ( %। 7 Bile — ee क in - लक्ष्मण गाम्नागे (/901101/लक्ष्मण-गाम्नागे) रत्नपार्कसँगैको भोटाहिटी सब-वे क्रसिङमा छिर्ने ठाउँमा 'सूचना ! सूचना !! सूचना !!!' भनेर एउटा सूचना लेखिएको रहेछ- 'बाटो चिप्लो भएकाले सावधानीपूर्वक हिँड्नुहोला ।' बाटो साँच्चै चिप्लो, अँध्यारो र अप्ठ्यारो रहेछ । धन्य त्यो सूचना पढेकाले म सकुशल पारि पुगेँ। नत्र के थाहा चिप्लेर डङ्ग्रङ्ग लडिन्थ्यो कि ! खुट्टै पो भाँचिन्थ्यो कि ! उस्तै पर्दा भित्तामा टाउको ठोकिएर मर्नै पनि के बेर ! यत्रो आततायी भूकम्पले पनि नमारेको ज्यान सब-वे क्रसिङमा चिप्लेर मरेको भए मेरो कत्रो बदनाम हुन्थ्यो ! जे होस्‌, सरकारी सडकमा यस्तो महत्त्वपूर्ण सूचना दिई सतर्क गराएको देखेर म सरकारप्रति कृतज्ञ भएँ र मनमनै सरकारको जयजयकार गरेँ। हो नि त, चिप्लो बाटो भएको ठाउँमा यसरी सावधान गरायो भने बटुवा चिप्लेर लड्दैनन्‌ । बिस्तारै हिँड्छन्‌ । चिप्लिइएला भन्ठान्नेहरू वा हिँड्न नसक्नेहरू अर्कै बाटो हिँड्लान्‌ । क्या जनउत्तरदायी सरकार ! यस्ता हरेक अप्ठ्यारा र जोखिम हुने ठाउँहरूमा 'सूचना ! सूचना !! सूचना !!!' लेख्नु सरकारको कर्तव्य हो । यसबाट जनताको जिउज्यानको रक्षा हुन्छ । अरू पनि यस्ता धराप र जोखिमका स्थानहरूमा सरकारले जनतालाई जानकारी गराउनुपर्छ | छ & Cheer for cricket with Selfie Expert Know ® oman ore os bia. F3 | F3 Plus http://nepal.ekantipur.com/news/2015-05-24/8420.html 1/4