1/16/2017 रातो मच्छिन्द्रनाथ मन्दिर पुननिर्माण रोकियो - भिडियो - कान्तिपुर समाचार व्ान्तिखुर्‌ मिंडियो (/0॥12001//५0०60) रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण रोकियो - प्रशान्त माली /801101/प्रशान्त--माली), ललितपुर (http://www.oppo.com/np/index.html) रातो मच्छिन्द्रनाथको मन्दिर पुननिर्माण ठप्प माघ १, २०७३- बुङ्मतीमा रहेको रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण रोकिएको छ । स्थानीयवासीले ठेकेदार कम्पनी प्रेरा/थेगिम/तुल्सी जेमीले जथामावी जग हालेको भन्दै विरोध गरेपछि एक सातादेखि पुनर्निर्माण रोकिएको हो । पुरातात्त्विक महत्त्वको मन्दिर पुनर्निर्माणमा दक्ष डकर्मी र गुणस्तरीय सामान प्रयोग हुनुपर्ने तथा स्थानीय इँटा प्रयोगमा बन्देज लगाउनुपर्ने स्थानीयवासीको माग छ । ३२ पानेजु संघका अध्यक्ष यज्ञ शाक्यले जगमा तराईबाट ल्याइएको इँटाको साटो पुरानो दाँची (इँटा) प्रयोग गर्नुपर्ने बताए । 'विमागले अन्त कतै सिफारिस नगरेको लोकल इँटा यहाँ मात्र कसरी आयो ?' उनले भने । उनले मच्छिद्रबहालको मनकामना मन्दिर पुनर्निर्माणमा मात्रै दाँची प्रयोग गर्न लगाएको बताए । 'जगले मन्दिर बलियो हुन्छ,” उनले भने, 'तर हजार/बाह्र सय वर्ष पुराना खिया लागिसकेका इँटाको डस्ट बनाएर जगमा राखेका छन्‌ । यो हामी स्वीकार गर्दैनौँ ।' कसरी अघि बढ्ने भन्ने विषयमा पुरातत्त्व विभागले स्थानीयवासी, ठेकेदार कम्पनी, श्रीलंकाली द्वृतावासका प्रतिनिधिसँग छलफल गर्नुपर्ने उनले बताए । ठेकेदारले जगको मित्तामा तराईबाट ल्याइएका जीबीयू नामक इँटा प्रयोग गरेका छन्‌ । विभागको लगत इस्टिमेटमा ३ फिटसम्म चुनासुर्की, स्टोन डस्ट र इँटा प्रयोग गरी पर्खाल लगाइने उल्लेख छ । पर्खालमा एक भाग चुनासुर्की र ४ भाग स्टोन डस्ट प्रयोग हुन्छ भने यसको मोटाइ ४ देखि ६ इन्च हुन्छ । स्थानीयवासीले दाँची इँटा महँगो हुने भएकाले लोकल इँटा प्रयोग गरेको आरोप लगाएका छन्‌ । पुरातत्त्व विभागका इन्जिनियर सम्पद घिमिरे भने स्थानीय इँटा बलियो हुने भएकाले प्रयोग गरिएको दाबी गर्छन्‌ | उनले सरकारले दिएको ५ करोड बजेटबाट सबै काम सक्नुपर्ने भएकाले स्थानीय इँटा उपयुक्त हुने बताए । (htt http://kantipur.ekantipur.com/news/2017-O1-14/201701140753 17.html 1/4