|
|
()//()//2()1/
(http://www.ekantipur.com)
(htto://election.ekantipur.com/)
विचार/विश्लेषण (/category/opinion)
पराकम्पन, राजनीति र कविता
- प्रा. अभि सुवेदी /901101/प्रा.--अभि--सुवेदी)
he v छि छै di
पराकम्पन, राजनीति र कविता - विचार/विश्लेषण - कान्तिपुर समाचार
जेष्ठ ४, २०७२-एका हप्ताहरू असाधारण काल्पनिकीले प्रताडित रहे । त्यही भूमि, त्यही काल र त्यही
लय हो । त्यही समाज र तिनै सामूहिक चिन्ता हुन् । तर ती केही पनि सधैंजस्ता छैनन् । त्यही मायालु
पृथ्वी जसको अटलतामा विश्वास गरिन्छ, जुन यथार्थ र शाश्वत छ । तर त्यही पृथ्वीमा कम्पनहरू
आइरहँदा मन भत्किने रहेछ, डर र अनिश्चित तरङ्गले छोपिबस्ने रहेछन् । यो विषय दार्शनिक होइन । तर
यसमा मनहरूको खेल धेरै नै हुने रहेछ । नेपालको १२ वैशाखको महाभूकम्प र अर्को २९ वैशाख २०७२ को
ठूलो पराकम्पनले नेपाली जीवन तहसनहस पारेको यथार्थले यसरी छोपेको छ कि नेपालका दैनिक लय,
गति र चिन्तन पद्धतिमा नै परिवर्तन आइसकेका छन् । भूकम्प भनेको विनाशकारी प्राकृतिक घटना
भएकोले यसबाट पीडित मानिसको उद्धार र तिनलाई राहत पुन्याउने कर्म सबभन्दा प्रमुख विषय हुन्छ ।
त्यसमा व्यवस्थापन र मानवीय सहयोग गर्नेहरूको सक्रियताको अपेक्षा गरिन्छ । अरू ठाउँमा आएका
भूकम्पले गरेका विनाशको सामना गरेका घटनासँग हामी परिचित छौं । टाढा जानु पर्दैन ।
अक्टोबर २७, २००५ को पाकिस्तान शासित काश्मीरको मुइँचालोलाई लिन सकिन्छ । नेपालको यो
महाभूकम्पजत्रै थियो त्यो भूकम्प पनि, तर त्यसमा असी हजार मानिसको ज्यान गयो । जीवन तहसनहस
भयो । एउटा नियन्त्रित समाज, कम्युनिकेसन पद्धतिमा रोक लागेको ठाउँ, नियमहरूले बाँधिको समाज एकाएक खुल्यो । विश्वभरिबाट सहयोगीहरू आए । त्यो भूकम्पले देखायो
यस्ता सङ्कटको सामना गर्न खुला, बहुलता र स्वतन्त्रता नै शक्तिका स्रोत हुने रहेछन् । सरकार त्यसमा बाधक होइन, सहजकर्ता हुनुपर्छ । विनाशभन्दा पहिलेका एकतन्त्रीय
चिन्ता, स्वार्थ र भ्रष्टाचार अनि राजनीतिक लडाइँका कुनै पनि आग्रहहरू तेर्सिएर बाटो छेक्नु हुँदैन । अजय दीक्षित र उनका पाकिस्तानी साथीहरूले लेखेको लेख “द नेपाली
हेजार्डस्केप' (काठमाण्डु पोस्ट, मे १५) मा मानवीय संवेदना, समाधान र यत्रो विनाशसँग लड्न कसरी मानवीय स्वतन्त्रता र मुक्तिको भावना नै सबभन्दा बलियो शक्ति हो भनी
राखेको तर्कले भावुक भएँ । यस्ता तर्कको आधार के हो भने, यदि तिमी आफूलाई सरकारमा रहेको कारणले, राजनीतिक दल भएको कारणले जिम्मेवार व्यक्ति वा संस्था हुँ
भन्ने मान्छौ मने तिमीले पहिले आफ्ना आग्रहहरू बिसाइदेञ । समाधान गर्ने, योजना गर्नेहरूले गतिला योजना निकाल्छन् । विज्ञको संसार हो । प्रतिभाशाली मानिसहरू छन्,
जसले योजना बनाउँछन् । तर योजना लागू गर्न तिमी सहायक हुन्छौ कि बाधक हुन्छौ, त्यो नै तिम्रो सबभन्दा ठूलो चुनौती हो । आपत्कालीन सचेतना भनेको मानिसहरूलाई
कष्टबाट मुक्ति दिन तिमीले सबै कुरा छोडेर आफूलाई समर्पित गर्ने कुरा हो । त्यही कारणले गर्दा आपत्कालमा पुराना आग्रहहरू बिर्सौ अनि सामूहिक चिन्ताले काम गरौं
भनिएको हो |
http://kantipur.ekantipur.com/news/2015-05- 18/4092 16.html
1/5
|
|
|