07/07/2017 विपत्‌का बेला एमेच्योर रेडियो - विचार/विश्लेषण - कान्तिपुर समाचार (http://www.ekantipur.com) C a 2 । | | | eS (nttp://election.ekantipur.com/) विचार/विश्लेषण (/category/opinion) विपतका बेला एमेच्योर रेडियो - तेजस्वीता खरेल (/00॥101/तेजस्वीता-- खरेल) (थे > जेष्ठ ३, २०७२-एमेच्योर रेडियो अझै पनि आमनेपालीहरूको जानकारीको विषय होइन। देशमा एमेच्योर रेडियोको राम्रो विकास भएको अवस्थामा यसले प्राकृतिक/ मानवसिर्जित विपद्को क्षति न्यूनीकरण र उद्धार कार्यमा ठूलो सहयोग पुन्याउन सक्छ। के हो एमेच्योर रेडियो? चलनचल्तीको भाषामा यसलाई (ह्याम रेडियो' पनि भन्छन्‌। एमेच्योर रेडियो अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त मनोविनोद (हबी) हो। आफ्नो देशको कानुन अनुसार परीक्षा उत्तीर्ण गरी अनुमतिपत्र प्राप्त गरेको व्यक्तिले यो मनोविनोद अपनाउन सक्छन्‌। नेपालमा सूचना तथा सञ्चार मन्त्रालयबाट अनुमति लिएर एमेच्योर रेडियो राख्न पाइन्छ। एमेच्योर रेडियो अपरेटरको लाइसेन्स पाएका व्यक्तिले विश्व द्वूरसञ्चार संगठन (आईटीयू) ले तोकेको फ्रिक्वेन्सीमा सञ्चार गर्न पाउने गरी आफ्नै वायरलेस उपकरण राख्न पाउँछन्‌। अन्य बेलामा वैज्ञानिक परीक्षण र पारस्परिक चाखका विषयमा वायरलेसमा कुराकानी गर्ने एमेच्योर रेडियो सञ्चालकहरू प्राकृतिक प्रकोप र विपदको nttp://Kantipur.ekantipur.com/news/2015-05-17/409166.html 1/5