07/07/2017 बालबालिकामा त्रास महिनौंसम्म देखिन सक्ने - समाचार - कान्तिपुर समाचार a4 - __-_-_-_-_-_4@, 0 (http://www.ekantipur.com) C wa 2 | | a ce (htto://election.ekantipur.com/) समाचार (/category/news) बालबालिकामा त्रास महिनौंसम्म देखिन सक्ने महाभुकम्प २०७२ - अतुल मिश्र /॥017101/4-4-अतुल-मिश्र-), काठमाडौ वैशाख २८, २०७२-'अब स्कुल खुल्दा सबै साथी आउँछन्‌ नि बाबा", मण्डिखाटारको काष्ठमण्डप स्कुलमा ५ कक्षामा पढ्ने जुम्ल्याहा दाजुभाइ युगोत्तम र युगेश्वर कोइराला आजकाल आफो बाबुसँग दिनहुँ यही प्रश्न सोध्ने गर्छन्‌। आफूहरू पढ्न जानुअघि स्कुल मत्के-नभत्केको हेर्नसमेत उनीहरूले बाबुआमालाई आग्रहसमेत गरिरहेका छन्‌। टेलिमिजनमा घाइते, अनाथ, क्षतिग्रस्त घर देख्ने गरेका दुवैले बैंकको आफ्नो खातामा हालसम्म जम्मा भएको करिब २७ हजार रुपयाँसमेत पीडितलाई दिन चाहन्छन्‌। “यिनीहरूमात्र होइन हामीले भेट्ने अधिकांश बालबालिका अहिले त्रासमा GA,’ बालकका बाबु बरिष्ठ दन्त रोग विशेषज्ञ डा.सुशील कोइराला भन्छन्‌, “म मर्छु कि, मेरो अभिमावक मर्छन्‌ कि, हामी कसरी बाँच्नेलगायतका प्रशस्त मानसिंक तनाव बालबालिकामा देखिइरहेको छ।' त्रिवि शिक्षण अस्पतालका भिजिटिङ बाल मनोचिकित्सक डा.अरुणराज कुँवरकहाँ पनि भूकम्पबाट भएको मानसिक त्रासको उपचारका लागि गत शुक्रबार ११ र९ वर्षे बालकलाई लिएर उनीहरूका आफन्त आएका थिए। नौवर्षे बालकमा भूकम्प गएदेखि डराइरहने, बुबा आमालाई नछाड्ने, सुत्न र घरभित्र छिर्न नमान्ने समस्या निरन्तर देखिएपछि मनोचिकित्सकको सल्लाह लिनुपरेको हो। ११ वर्षीय बालकमा भने आफू नसुले र अरुलाई पनि सुत्न नदिने, आत्तिने समस्या देखिएको छ। बालबालिकाको कमलो मनमा फेरि निरन्तर भूकम्प आउने डर पसेको छ,' डा.कुँवरले भने, उनीहरू असुरक्षित महसुस गरिरहेका छन, आफ्नो र परिवारको ज्यानको समेत डर छ।' दुःखद परिस्थिति, विपत्ति, दुर्घटना, मृत्यु आदिबाट बालबालिकासहित सवै उमेर समूहलाई चार सातासम्म डर लाग्नु सामान्य रहेको घारणा विज्ञको छ। “परिवारमा कोही बित्दा दुई-चार दिन उदास हुनु, रुन मन लाग्नुजस्ता समस्या सामान्य हुन्‌," डा.कुँवर भन्छन्‌, “तर यस्तो समस्या विस्तारै कम हुँदु;दै जान्छ, सबै सामान्य जीवनमा फर्कन्छन्‌, त्रास कम नभए समस्याका रूपमा देखिन्छ।' विज्ञहरूका अनुसार वयस्कहरू धेरैजसो कुरा बुझ्ने भए प्नि साना बालबालिका हरेक जानकारीबाट अद्यावधिक नभएकाले उनिहरूलाई झन्‌ बढी समस्या हुन्छ। के भइरहेको छ, किन भइरहेको छ, के हुन सक्छ, कतिसम्म हुन सक्छ लगायतका थुप्रै प्रश्नले बाल मस्तिष्कमा मथिंगल मच्चाइरहेको हुन्छ। “निरन्तर जारी झड्काले पनि बालबालिकालाई भूकम्पको दु:खद अवस्थालाई पुन: सम्झाइरहेको छ,' त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख प्रा.डा.सरोज ओझाले भने, 'धक्काको अनुभव कम भएपछि बालबालिकामा भूकम्पजन्य मानसिंक समस्या बिस्तारै कम हुनेछ।' विमिन्न असमान्य परिस्थिति, समस्यालगायतले बालबालिंकाको शरीरमा तनावसम्बन्धी हर्मोन निंस्किन्छ। दीर्घकालीन यस्तो हर्मोनले मस्तिष्कको संरचनालाई नै परिवर्तन गर्छ। यसले आत्तिने, उदास बन्ने, चिन्तित हुने जस्ता नकारात्मक प्रभाव बालबालिकामा पर्ने डा. SAR TASHA कुँवरले बालबालिकालाई सुरक्षाको अनुभूति गराउनुपर्ने सुझाव पनि दिए। उनका अनुसार ठूलो भूकम्पपछि आउने साना पराकम्पनमा बाबु आमा तथा परिवारका जेठो व्यक्ति डराउनु हुन्न। बच्चाका लागि अग्रज व्यक्तिहरू उनीहरूका शक्ति हुन्‌। यो समय बुबा आमालगायतले आफ्ना बालबालिकाका सामु सुरक्षा अनुभूति गराउने सशक्त मियोका रूपमा प्रस्तुत हुनुपर्छ', डा.कुँवर भन्छन्‌, 'बालबालिका अभिभावक अगाडि सुरक्षित अनुभव गर्छन्‌।' http://kantipur.ekantipur.com/news/2015-05-11/408806.html 1/4