10/07/2017 भूकम्प पर्यटक - साहित्य - नेपाल 100104410106111121410 साहित्य (०८॥(0001%//15) भूकम्प पर्यटक ge ॥ छि 0 २३ 0. 699, Eu aS - राजकुमार रेग्मी (90॥101/राजकुमार-रेग्मी) साहसिक पर्यटन हुन्छ, युद्ध पर्यटन हुन्छ, भूकम्प पर्यटन किन हुँदैन ? हुँदो र'छ । अचेल केही पोका चाउचाउ बोकेर राहत बाँड्न गाउँ पस्नेहरूलाई 'भूकम्प पर्यटक' भन्न मिल्छ कि मिल्दैन ? कोही मिल्छ भन्छन्‌, कोही मिल्दैन भन्छन्‌ । भो, यो विपत्तिमा व्यर्थको विवाद नगरौं । तर, जसले राहत सामानभन्दा राहत बोकेर जाने टोली र पेट्रोलमा धेरै खर्च गर्छन्‌, तिनलाई भूकम्प पर्यटक भनेर हालका लागि यो विवाद साम्य पारे कसो होला ? चाउचाउ नेपाली 'जहाँ पुग्देन रवि, त्यहाँ पुग्छन्‌ कवि' भन्थे तर यसपालि कविलाई पनि माथ गरिदियो, चाउचाउले । भूकम्प विपत्तिमा औषधी यत्रतत्र पुगेन तर चाउचाउ सर्वत्र पुग्यो । लाग्छ, चाउचाउ सर्वव्यापी चीज हो | दैनिक आहार त थियो नै चाउचाउ, विपत्तिको पनि आहार भयो | पीडितको हातमा एक पोका चाउचाउ थमाइदियो, राहत वितरण भयो । क्या गजब, राहत । यस्तो राहतले स्वास्थ्यमा कस्तो आहत हुन्छ भन्नेचाहिँ बेग्लै कुरा हो । चाउचाउ सर्वव्यापी भएपछि नेपालीको पहिचान भने फेरिन सक्छ । पहिलेपहिले हामी आफूले आफैँलाई 'भाते नेपाली' भन्थ्यौँ, अब 'चाउचाउ नेपाली' पो भन्ने कि ! http://nepal.ekantipur.com/news/2015-05-10/8364.html 1/4