|
|
07/07/2017 विदेशी सहायताको तीतो यथार्थ - विचार/विश्लेषण - कान्तिपुर समाचार
०0. ) ८ = a
(http://www.ekantipur.com) PpPircdae | छु ८ | खु र्
()
(htto://election.ekantipur.com/)
विचार/विश्लेषण (/category/opinion)
विदेशी सहायताको तीतो यथार्थ
- हरिबहादुर थापा /॥0॥101/हरिबहादुर--थापा)
Ce
RA
वैशाख २६, २०७२-हामीभन्दा घेरै टाढाको सानो मुलुक हाइटी महामूकम्पसँगै नेपालीको सामिप्यमा
आइपुगेको छ । अमेरिकाको मियामी नजिकको क्यारिवियन टापु मुलुक हो- हाइटी । त्यो मुलुकले पाँच
वर्षअघि महाभूकम्प खेपेको थियो, ठूलो संख्यामा हताहती र अधिक क्षति बेहोरेको थियो । अझ त्यो
भूकम्पपछि हैजा, महामारी फैलिनुमा जबर्जस्त “नेपाली सेना' जोडिएपछि हाइटी र नेपालीबीच 'तिक्त'
सम्बन्ध बन्न पुग्यो । राष्ट्रसंघीय सुरक्षा मिसनमा पुगेका नेपाली सेनाबाट “हैजा' फैलिएको दुस्प्रचार
गरिएपछि असहज अवस्था सिर्जना भएको थियो । त्यो घटनाले पनि नेपालीको मनमस्तिष्कमा “हाइटी'
मुलुक निरन्तर
रह्यो । अझ महाभूकम्पसँगैको सन्दर्भका रूपमा हाइटी स्वाभाविक जोडिने नै भयो ।
राजनीतिक &वन्द्'बाट जर्जर मुलुक हाइटीलाई महाभूकम्पले गहिरो पीडा थोपरेको थियो । महाभूकम्पसँगै
हाइटीमा विश्वबाट “मानवीय सहायता'को ओइरो लाग्यो । अझ छिमेकी अमेरिकाले हाइटीमा राम्रै 'डेरा'
जमायो, ठूलो सहायता राशिंसहित । बहुपक्षीय, द्विपक्षीय र व्यक्तिगत तवरमा संकलित विदेशी सहायता
धारो लाग्यो । सँगै विदेशीहरूको क्रीडास्थल बन्न पुग्यो । तर त्यतिखेर जसरी ठूलो परिमाणमा विदेशी
सहायता प्रवाहित भयो, त्यसले हाइटीको स्वरुप फेरिनेछ भन्ने अपेक्षा हाइटीवासीलाई जगायो । अझ शक्तिसम्पन्न मुलुक अमेरिकाले दीर्घकालीन, सबल र सक्षम मुलुकमा
हाइटीलाई स्थापित गर्ने उद्घोष गरेपछि आशा जाग्नु स्वाभाविक थियो ।
अमेरिकी जसरी नै युरोपेलीहरू पनि सहायताको पोका बोक्दै हाइटी पुगे । भूकम्प पीडित उद्धारका निम्ति त्यतिखेर १३ अर्ब अमेरिकी डलर हाइटी प्रवेश भएको तथ्यांकहरू
सार्वजनिक भए । डलरसँगै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था छ्यापछ्याप्ती हुनपुगे । उनीहरूले स्थानीय स्तरमा “साझेदारी” गर्ने नाममा दस हजार राष्ट्रिय गैरसरकारी संस्था जन्माए
। विदेशी सहायतासँगै ठूलो संख्यामा 'डलर तलब बुझ्ने' विदेशी अनुहारको प्रवेश भयो । विदेशी सहायता र विदेशी अनुहारले हाइटीको 'काँचुली' फेर्छ भन्ने ठानियो ।
http://kantipur.ekantipur.com/news/2015-05-09/408684.html
1/7
|
|
|