07/07/2017 भूकम्प र बालबालिका - विचार/विश्लेषण - कान्तिपुर समाचार a4 - __-_-_-_-_-_4@, 0 (http://www.ekantipur.com) C wa 2 | | a ce (htto://election.ekantipur.com/) विचार/विश्लेषण (/category/opinion) भूकम्प र बालबालिका - मीनाक्षी दाहाल (/90॥101/मीनाक्षी--दाहाल) वैशाख २६, २०७२- cy विद्यालय भन्ने बित्तिकै हामी सबै संरचनागत पद्धतिलाई बुझ्छौं । नियमित पठनपाठन, अनुशासन र रुटिन हाम्रो मानसपटलमा आउाँछ । जुन स्वाभाविक हो । हामीले देखेको, पढेको र बुझेको विद्यालय यही नै हो | $ तर अहिले विद्यालयको भौतिक संरचना भत्किएका छन्‌ । हाम्रो दैनिकी रुटिन बिग्रिएको छ । मनमा भय, > त्रास र वियोगको अनुभूति भइरहेको छ । कति प्रत्यक्ष प्रभावित छौं भने कति अप्रत्यक्ष रूपमा प्रभावित “१ भएका छौं । महाभूकम्पको त्रास, त्रिपालको बास, सबै कुरा गुमाएको अवस्था । परिवारका सबै सदस्य > भयमीत र तनावप्रस्त । बालबालिकाको अवस्था अझ गम्भीर र असामान्य बन्न पुगेको यस्तो समयमा ।। विद्यालय खोल्ने चर्चा अहिले व्यापक बन्दै गइरहेको छ । सामान्य अवस्थामा त बालबालिकालाई विशेष हेरविचार र वातावरण आवश्यक पर्छ भने यो विषम र । । असहज परिस्थितिमा त अझ संयमित र संवेदनशील भएर बालबालिकासाग कार्य गर्नुपर्ने हुन्छ । यस्तो [ समयमा बालबालिकामा मानसिक तनाव तथा डर, त्रास रहिरहेको हुन्छ । उनीहरू यस्ता दर्दनाक घटनाको ली प्रत्यक्षदर्शी भएका छन्‌ । अभिभावक तथा अन्य वयस्कले गरेका कुरा सुनेर तथा आफ्नै परिवारका सदस्यहरू गुमाएको अनुभव उनीहरूसाग छ । मृत्यु के हो भन्ने बुझ्दै नबुझ्ने बालबालिका पनि आज भूकम्प गयो भने मरिन्छ भन्ने त्रास बोकेर बसेका छन्‌ । यस्तो त्रास र तनावका असरहरूलाई तुरुन्तै सम्बोधन गर्न सकिएन भने यसको प्रभाव लामो समयसम्म रहिरहन्छ । तसर्थ यस्ता प्राकृतिक प्रकोप तथा विपद आउादा बालबालिकालाई विशेष सहयोगको आवश्यकता पर्छ । खेल, चित्रकला तथा विविध क्रियाकलाप बालबालिकामा भएको तनाव, त्रास र मनोसामाजिक असरलाई न्युनीकरण तथा निराकरण गर्ने प्रभावकारी माध्यम हुन्‌ । मनोविज्ञहरू भन्छन्‌- अभिभावक तथा शिक्षकहरूमा नै बालबालिकाको मनोसामाजिक असर हटाउने प्रमुख जिम्मेवारी हुन्छ । तसर्थ यस्तो असामान्य परिस्थितिलाई क्रमश: सामान्यीकरण गर्न विद्यालयले प्रमुख भूमिका खेल्नुपर्छ । http://kantipur.ekantipur.com/news/2015-05-09/403869 1 .html 1/4