|
|
07/07/2017 पुनर्निर्माणमा एकद्वार - अन्य - कान्तिपुर समाचार
(http://www.ekantipur.com) C wa 2 | | a ce
(htto://election.ekantipur.com/)
3 (/category/900)
पुनर्निर्माणमा एकद्वार
एकद्वारें लागू गर: संसदीय समिति
- कृष्ण आचार्य /001101/--कृष्ण-- आचार्य), राजेन्द्र फुयाल /॥०॥101/राजेन्द्र-फुयाल), काठमाडौ
वैशाख २०५, २०७२-दातृ निकाय भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण योजना निम्ति एकद्वार (वान डोर) प्रणालीमा जान सहमत भएका छन्। अर्थ मन्त्रालयमा बिहीबार भएको
बैठकमा यस्तो सहमति जुटेको हो।
योजना बनाउने विषयको नेतृत्व राष्ट्रिय योजना आयोगले गर्नेछ। विज्ञको रूपमा दातृ निकायले आयोगलाई सहयोग गर्ने समझदारी भएको छ,' अर्थसचिव सुमनप्रसाद शर्माले
भने, “यसमा सबै दातृ निकाय सहमत छन्।'
बैठकमा युरोपेली युनियन, विश्व बैंक, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), एसियाली विकास बक (एडीबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका),
बेलायती सहयोग नियोग (डीफीड), योजना आयोग र अर्थका अधिकारीहरू सहभागी थिए।
“दातृ निकायले आ-आफै ढंगले योजना बनाउने सम्भावना देखिएको थियो। तर सबैको सहयोगमा योजनाको दस्तावेज एउटै बनाउने सहमति भयो,” शर्माले भने, “सहयोग
रकमबारे बैठकमा कुरा उठेन।
योजना बनाउने विषयमा मात्रै छलफल भयो।' दातृ निकाय सहयोग रकम आफैं खर्च गर्ने सुरमा छन्। त्यही किसिंमको उच्चस्तरीय लबिङमा उनीहरू लागिपरेका छन्।
सहयोगमा दोहोरोपन र प्रशासनिक शीर्षकमा ठूलो खर्च हुने विगतको अनुभव देखाउँदै सरकार दातृनिकायलाई एकद्वार प्रणालीमा ल्याउन चाहन्छ। सरकार खर्च प्रणाली
पारदर्शी र चुस्त हुनेमा दातृ निकायलाई आश्वस्त पार्न खोजिरहेको छ।
बिहीबारको सहमतिअनुसार योजना तर्जुमा निम्ति आयोगले दातृ निकायसँग समन्वय गर्न सरकारी अधिकारीहरू तोक्नेछ। अर्थमन्त्री रामशरण महतले दाताहरूको दक्षता, इच्छा
र क्षमताअनुरूप भूमिका तय गर्ने बताए। “यसका लागि नेपाल सरकार तपाईँहरूसँग बसेर पुनर्निर्माणको सम्भावनाबारे विस्तृत विचारविमर्श गर्न चाहन्छ,' महतले छलफलमा दातृ
निकायलाई मभने।
http://kantipur.ekantipur.com/news/2015-05-08/408627 .html 1/5
|
|
|