07/07/2017 विदेशी फोज फिर्तीबारे - विचार/विश्लेषण - कान्तिपुर समाचार oR (http://www.ekantipur.com) (htto://election.ekantipur.com/) विचार/विश्लेषण (/category/opinion) विंदेशी फौज फिर्तीबारे - सम्पादकीय (/00॥1101/सम्पादकीय), काठमाडौ A — a वैशाख २४, २०७२-महामूकम्पपश्चात्‌ अन्यौलको घडीमा पीडितहरूको खोजी एवम्‌ उद्धार कार्यमा मित्रराष्ट्रहरूले देखाएको तत्परता सहानीय छ। खासगरी विदेशी सैनिकहरूले आवश्यक साघनस्रोतसहित यहाँ आएर जसरी सघाए, त्यसैकारण उद्धार कार्य तीव्रताका साथ अगाडि बढेको र च्यापिएर रहेका दर्जनौंको ज्यान जोगिएको महत्त्वपूर्ण उपलब्धिलाई हामीले बिर्सनु हुन्न। यस क्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निजामती प्रशासनसमेतले जुन अग्रसरता देखाए, त्यसले खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सघाउ पुग्यो। खासगरी नेपाली सेनाले तत्कालै मुख्यालय परिसरमा बहुराष्ट्रिय सेना समन्वय केन्द्र खडा गरेर अन्तर्राष्ट्रिय जगतमा विपरीत घारमा उभिएका शक्तिराष्ट्रहरूबीच जसरी कुशलतापूर्वक नेतृत्वदायी संयोजन गर्न सक्यो, त्यो पनि आफैँमा नयाँ र सफल अनुभव हो। यस्ता प्राकृतिक प्रकोपका बेला खोजी तथा उद्धार कार्यमा बाह्य सहयोग लिने/स्वीकार्ने एउटा समयसीमा हुन्छ, जुन लगभग पूरा भइसकेको छ र अब विदेशी सेनालाई सघन्यवाद चरणबद्ध रूपमा फर्काउने प्रक्रिया थाल्नु उचित हुनेछ। http://kantipur.ekantipur.com/news/2015-05-07/408579 html 1/5