07/07/2017 दाता-सरकार किचलो - अन्य - कान्तिपुर समाचार (http://www.ekantipur.com) C a 2 । | | | eS (nttp://election.ekantipur.com/) अन्य (/८01€20011//900) दाता-सरकार किचलो सरकारी कोषमा रकम जम्मा गर्न दातामाथि दबाब - चन्द्रशेखर अधिकारी (/॥1101/चन्द्रशेखर- अधिकारी), काठमाडौ वेशाख २४, २०७२ “दातृ निकायले सरकारी संयन्त्र अस्वीकार गरी सिधै आफू या निंकटका अन्तर्राष्ट्रिय/राष्ट्रिय गैससबाट भूकम्प पीडित सहायता खर्च गर्ने रणनीति लिएपछि विवाद उत्पन्न भएको छ। एकाघबाहेकका दातृ निकायले घोषित सहायता रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा पुनःस्थापना कोषमा जम्मा गर्न चाहेका छैनन्‌। भूकम्प पीडितको पुनःस्थापना र ध्वस्त संरचना पुननिर्माण गर्न सहयोग परिचालन प्रक्रियालाई लिएर सरकार र दातृ निकायबीच विवाद उत्पन्न भएको हो। तीन दर्जन मुलुक र २० अन्तर्राष्ट्रिय दातृ संस्थाले उल्लेख्य भौतिक सहयोग घोषणा गरेका छन्‌। तर उनीहरूले पुनःस्थापना र ध्वस्त भौतिक संरचना पुनर्निर्माणका निम्ति आफूनिकट संस्थाबाट सहायता परिचालन गर्न खोजेका छन्‌। दातृ पक्षले आफूखुसी हालीमुहाली गर्न खोजेको बुझाइ सरकारको छ। त्यो तरिकाबाट प्रशासनिक खर्च अधिक हुने र अत्यन्त न्यून रकम पीडितसम्म पुग्ने सरकारको भनाइ छ। दातृ पक्षले चाहिँ सरकारी कर्मचारीतन्त्र अत्यन्त सुस्त र गाउँहरू जनप्रतिनिधिविहीन अवस्थामा रहेको भन्दै आफैं सहयोग परिचालन गर्ने अडान राख्दै आएको छ। यो सन्दर्भमा दुई निकटस्थ छिमेकी भारत र चीनले भने नेपाल सरकारलाई साथ दिएका छन्‌। ढुवै मुलुकको सहयोग रकम सरकारी कोषमा जम्मा भइसकेको छैन। यही विवादका कारण घोषणा भइसकेको सहायता रकम पनि सरकारी कोषमा जम्मा हुन नसकेको हो। भूकम्पपीडितलाई राहत र पुनःस्थापनाका निम्ति आवश्यक रकमको ४ दशमलव ५ प्रतिशतमात्रै राज्य कोषमा जम्मा भएको सरकारी आँकडामा देखिन्छ। धेरै पश्चिमा मुलुक उत्तरी भेगमा गएर काम गर्न इच्छुक रहेको र विपत्तिलाई 'अवसर'का रूपमा लिइएको अवस्थासमेत देखिने अधिकारीहरू बताउँछन्‌। अमेरिकी राजद्वृत पिटर डब्लू बोडीले हालै प्रधानमन्त्रीसँगको भेटमा आफूहरू सरकार, गैरसरकारी संस्था र आफ्ना तर्फबाट समेत सहयोग गरेर पुनःस्थापना तथा पुनर्निर्माणमा संलग्न हुन चाहेको बताएका थिए। बेलायत, युरोपेली युनियन र राष्ट्रसंघले समेत आफैं काम गर्ने भन्दै सरकारलाई दबाब दिइरहेको एक अधिकारीले बताए। nttp://Kantipur.ekantipur.com/news/2015-05-07/408573 .html 1/5