10/07/2017 भूकम्प होइन, नीति दोषी - विचार - नेपाल 1001044101076111121410 विचार (/category/269) भूकम्प होइन, नीति दोषी - दीपक चम्लागाइ (/00॥101/दोपक--चम्लागाइ) भूकम्पीय दृष्टिकोणले नेपालको सम्पूर्ण भूभागलाई प्रकोपयुक्त मानिएको छ । तर, हालसम्मका भूकम्प केन्द्रविन्दुहरूको अवस्थितिलाई हेर्दा प्रायःजसो भूकम्प उच्च हिमालयको अग्रभागमा पूर्वदेखि पश्चिमसम्म गएको छ । साथै, केन्द्रविन्दुहरू नेपालको तीन क्षेत्रमा केन्द्रित भएको छ । पूर्वमा उदयपुर आसपास, मध्य क्षेत्रमा काठमाडौंदेखि उत्तरतर्फको भूभाग र पश्चिममा बझाङ वरिपरि सूक्ष्म भूकम्पहरू जाने गर्छन्‌ | मझौला, ठूला तथा महाभूकम्प भने हिमालयको अग्रभागमा केन्द्रित भएको पाइन्छ, जुन उच्च जमिनदेखि १० देखि २० किलोमिटर गहिराइबाट उत्पन्न हुने गर्छन्‌ । १२ वैशाखमा गएको ७.६ म्याग्नेच्युडको भूकम्प यस क्षेत्रमा गोर्खालाई केन्द्रविन्दु गरी १५ किलोमिटर गहिराइबाट उत्पन्न भएको थियो | विगत सय वर्षमा मात्र हिमालय क्षेत्रमा चारवटा महाभूकम्प गएका छन्‌ । सन्‌ १९९७ मा भारतको सिलोङ उच्च समस्थलीमा ८.७, सन्‌ १९०५ मा कांगडामा ८, सन्‌ १९३४ मा नेपालमा ८.२ र उत्तर पूर्वी हिमालय (असम) मा सन्‌ १९५० मा ८.६ म्याग्निच्युडका भूकम्प गएका छन्‌ | यी भूकम्पमा परेर २३ हजार भन्दा बढी मानिसले अकालमा ज्यान गुमाउनु परेको थियो । यसका अतिरिक्त सन्‌ २००५ मा पाकिस्तानमा गएको ७.४ म्याग्निच्युडको भूकम्प हिमालय क्षेत्रकै महाप्रलयकारी भूकम्प हो । गुजफ्फरवाद नजिक केन्द्रविन्दु भएको उक्त भूकम्पले पाकिस्तान र भारतमा गरी करिब ७४ हजार मानिसको ज्यान लिएको थियो | जसमा बालबालिकाको संख्या मात्र करिब आठ हजार थियो । यस भूकम्पले पाकिस्तानको समग्र आर्थिक संरचनामा ठूलो क्षति पुन्याएको थियो | नेपालमा भूकम्प मापनको इतिहास छोटो छ । सन्‌ १९७८ बाट भूकम्प मापन खानी तथा भूगर्भ विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रले गर्दे आएको छ | यस केन्द्र अन्तर्गत २१ वटा च्याइस्मिक स्टेसन र सातवटा एक्सिलेरोमिटर स्टेसन राखिएका छन्‌ | यस नेटवर्कको सञ्चालन तथा मर्मत संभारमा फ्रान्स सरकारको सहयोग रहँदै आएको छ। विभिन्न ऐतिहासिक दस्तावेजमा उल्लेख भए अनुसार नेपालमा सन्‌ १२५५ मा ठूलो भूकम्प गई काठमाडौंका एकतिहाइ मानिसको मृत्यु भएको थियो | उक्त भूकम्पमा परी राजा अभय मल्लको पनि निधन भएको थियो । उक्त भूकम्पपछि नेपालमा सन्‌ १२६०, १४०८, १६८१, १७६७, १८१०, १८२३, १८३३, १८३४, १८३७, १८६९, १८९७ र १९१७ मा ठूला भूकम्पले काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न भागमा क्षति पुन्याएको पाइन्छ । सन्‌ १९३४ को ८.२ म्याग्निच्युडको भूकम्प भने नेपालको इतिहासमा हालसम्मको सबैभन्दा ठूलो भूकम्प मानिन्छ । उक्त विनाशकारी भूकम्पपश्चात्‌ नेपालमा १९३६, १९५४, १९६५, १९६६, १९८० र १९८८ मा मझौला तथा ठूला भूकम्प गएको पाइन्छ । भूकम्पको इतिहासमा सन्‌ १९३४ सालको भूकम्पपछि १२ वैशाखमा गएको भूकम्प साइज र क्षतिका हिसाबले विनाशकारी मानिन्छ | खु, ie छुः & Cheer for cricket with Selfie Expert Know © @o= Se F3|F3 Plus More 11[[[)://116])91 .€](01111[)पा.6011/16€60/5/2015-05-04/8558.111111 1/5