07/07/2017 राहतमा राजनीति नगर - विचार/विश्लेषण - कान्तिपुर समाचार पहि oe => FE iz (http://www.ekantipur.com) C a 2 । | | | eS (nttp://election.ekantipur.com/) विचार/विश्लेषण (/०4॥620011//0101101) राहतमा राजनीति नगर - सम्पादकीय (/॥0॥101/सम्पादकीय) A —— aN वेशाख २०, २०७२-महामूकम्पका कारण पीडित भएकाहरूको उद्धार र राहत कार्य राजनीतिक दल र प्रशासनबीचको असमझदारीले प्रभावित भएको छ जुन ढु:खद कुरा हो । यसले पीडितहरूको समयमा उद्धार गर्न होस्‌ वा राहत वितरण कार्यमा नै किन नहोस्‌ व्यवधान खडा भएको छ । यसै त उद्धार तथा राहत कार्य काठमाडौं र जिल्ला सदरमुकामहरूमा मात्रै केन्द्रित मएको थियो भने दुर्गम गाउँहरूमा पर्याप्त राहत पुगेको थिएन । यस्तो अवस्थामा दलीय असमझदारीका कारण राहत कार्य नै प्रभावित हुँदा पीडीतलाई राहत होइन, आहत भएको छ । राजनीतिक दलका स्थानीय नेताहरू आफ्नो गाउँमा मात्रै राहत लैजाने प्रतिस्पर्धामा मात्रै लागेका छैनन्‌, एकले अर्कोलाई दोषारोपण गर्ने होडबाजीमा समेत लागेका छन्‌ । यसका कारण राहत सामग्री कुनै एक स्थानमा बढी थुप्रिने र अर्कोतिर पुग्दै नपुग्ने समस्या देखिएको छ | nttp://Kantipur.ekantipur.com/news/2015-05-03/408332.html 1/5