()//()//2()1/ (http://www.ekantipur.com) (http://election.ekantipur.com/) विचार/विश्लेषण (/category/opinion) प्राकृतिक प्रकोप र हाम्रो दायित्व - जनार्दन शर्मा /8पघां॥101/जनार्दन- शर्मा) 4 i »_ प्राकृतिक प्रकोप र हाम्रो दायित्व - विचार/विश्लेषण - कान्तिपुर समाचार वैशाख २०, २०७२-महामूकम्पको विपत्तिले थुप्रै प्रश्नहरू खडा गरेका छन्‌ । उत्तर खोज्न कहाँ जाने ? पहिलो प्रश्न मैले कहाँ सोधौं--सोधौं भयो र आफैलाई प्रश्न सोधें । भूकम्प त प्राकृतिक विपत्ति हो । यसमा राजनीतिको त्यत्ति अर्थ छैन । तर भूकम्पमा परेकाहरूको पीडा, उद्धार, उपचार र राहत समस्या त राजनीतिसँग जोडिएका छन्‌ नि । हो अवश्य पनि राजनीतिसँग जोडिएका छन्‌ । यसको अर्थ अहिले कसैलाई आरोपित गर्नुभन्दा पनि नेपाली जनताले जुन राजनीतिक सङ्कटको सामना गरिरहेका छन्‌, यो राजनीतिक पार्टी र त्यसका नेताहरूकै कारणले हो । यसमा म पनि एक राजनीतिकर्मी हुनुले केही न केही भाग त मेरो पनि पर्छ नै । यद्यपि म आफै निर्णायक नहुन सक्छु । नेपालको राजनीतिक व्यवस्था स्थिर र व्यवस्थित भएको भए पनि भुइँचालो नै रोक्ने हैसियत हुँदैनथ्यो । जनताको घाउमा समयमै मल्ह्यपट्टी लाग्ने स्थिति अवश्य हुन्थ्यो । क्षति कम गर्न सकिन्थ्यो । पीडा र प्रताडनाबाट छिटोभन्दा छिटो मुक्त गर्न सकिन्थ्यो । राज्य नागरिकको अभिभावक हो, तर आज राज्य निरीह छ । राज्यको स्टेरिङ हाँक्नेहरू आफ्नै सुरक्षा माग गरिरहेका छन्‌ । राज्य संवेदनहीन देखिएको छ । यसो हुनुका पछाडि दुई वटा पाटाहरू छन्‌ । एउटा राज्य स्वयंको अवस्था कमजोर हुनु, दोस्रो मएको जनशक्ति, स्रोतसाधनको समेत सही सदुपयोग गर्न नसक्नु । सहयोग गर्न चाहनेहरूले सहयोग गर्ने वातावरणसमेत पाएका छैनन्‌ । कतिपय राष्ट्र र संस्थाहरू सहयोग गर्न चाहँदाचाहँदै सहयोगका समान वातावरण र अनुमति नदिने कुरा राज्य सञ्चालनमा नेताहरूका आ-आफ्नै बुझाइ र हाम्रो स्वतन्त्रतापूर्वक काम गर्ने हैसियतको समस्या हो । भएका साघनस्रोतहरूको सही वितरण, प्रयोग र व्यवस्थापनमा मानवीय संवेदनासहितको योजना बन्नुपथ्र्यो । तर पहुँचवाला र नजिकको भन्ने गलत प्रवृत्तिले काम गरेको छ । उद्धार, उपचार र राहतमा समेत यस्तो सोच देखापर्नु असंवेदनाको प्रतीक हो भन्नुभन्दा अरू के भन्न सकिन्छ र ? http://kantipur.ekantipur.com/news/2015-05-03/408336.html 1/5