18/07/2017 हिमाल खबरपत्रिका | भुईँसँगै चकिए लाखौं मन स्वबरपत्रिका होमपेज | अमिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि भुईंसँगै च्किए लाखौं मन Share: = — _ मिंलन बगाले मध्यपुर ठिमीबाट रलपार्क हिँडेको माइक्रोबस बानेश्वरमा अस्वाभाविक क नि फि रूपमा उफ्रिएपछि भुईचालो आएको मेसो पाएर यसो बाहिर हेरेको त, बाफ ७ i | ame रे बाफ! जगदम्बा टावर डरलाग्दोसँग दायाँ-बायाँ लच्कँदै रहेछ। हेर्दाहेर्दै पलको uss , । cas a हत 3 gs त्यसको छानाको ट्याङ्की फुट्यो। त्यसपछि थाहा भइहाल्यो, मुईँचालो rae eee age टी? कति शक्तिशाली रहेछ भनेर। त्यसलगत्तै सुरक्षा निकायका मोटरहरू : ae 1“ vo । ee साइरन बजाउँदै सडकमा निस्कन थाले। सडकमा कतिपय मानिस रुँदै छ - 7 Si! ok “aa यताउता दयुर्दै थिए। घटना यति छिट्छिटो भैरहेको थियो, सपनाहोकि 5.2 ख्तति र) oie 3 विपना खुट्याउनै मुश्किल। त्यसमाथि, मोबाइल फोन नलागेर थप ॥ Oe he आतंकित बनायो। | ow : थि. । त्यो दिन बुवा ललितपुर, दाइ काठमाडौं र आमा तनहुँ घरमा हुनुहुन्थ्यो। क )' आफू सुरक्षित भए पनि त्यस्तो बेला परिवार, इष्टमित्र, साथीमाइबाट / oa बेखबर भएर बस्नुपर्दा असाध्यै निरीह अनुभव भयो। भूकम्पको थर्कन थेग्न L ८ । ED ea सक्ने घर बनाउन र मापदण्डभन्दा अग्लो नबनाउन सल्लाह दिँदा नटेर्ने गोपेन राई आफ्ना सेवाग्राहीसँग चर्काचर्की गरेको पनि याद आयो। अन्तरमनले भन्यो- “हाम्रो टीमको डिजाइनमा बनेका एउटै घर भत्केका छैनन्‌, कोही मरेका छैनन्‌।” बारम्बारको थर्कन खेप्दै बानेश्वरबाट शहीदगेट पुगेर यस्सो अगाडि हेरेको, छैन घरहरा| घरहरा नदेखेपछि सातोपुत्लो उड्यो। बाटामा ढलान घरहरू खासै भत्केको देखिएको थिएन। सुन्धारा क्षेत्र आतंकित थियो। थुप्रै सर्वसाधारण, सुरक्षाकर्मी युद्धस्तरमा जुटेका थिए। बुल्डोजर र एम्बुलेन्सको लर्को थियो। अर्काथरी रमितेहरूको भीडले आकाशे पुल भाँच्ला कि जस्तो भएको थियो। सुरक्षाकर्मीले माइकिङ गरेर टुँडिखेलभित्र जान भनेपछि भीड अलि हट्यो। टुँडिखेलभित्र रामदेवको योग शिविर शरणार्थी शिविरमा परिणत भइसकेको थियो। म चाहिँ टुँडिखेलको वल्लो र पल्लो छेउतिर भौतारिरहेको थिएँ। त्यसैबीच बुवाको आवाज आयो। आमा-बुवा सुरक्षित हुनुभएको खबरले सास आयो। दाइलाई फोन नलागेपछि म्यासेज गरेर आफू सुरक्षित रहेको खबर पठाइसकेको थिएँ। अब कसैको घरमा मानवीय क्षति भए/नभएको बुझन थालेँ। 'म चिहानको हैन, सुरक्षित बासको डिजाइनर हो' भन्दै सम्झाएको काम लागेछ। तर, देशभर अपार मानवीय क्षति भइरहेको थियो। म आफैँ अमूल्य सम्पदा क्षणमरमै सखाप भएको दृश्यको लाचार साक्षी बनिरहेको थिएँ। गह्रौं पाइला उचाल्दै आफ्नो डेरा रहेको रानीवनतिर लागेँ। त्यहाँका पुराना घरहरू घेरै भत्किएछन्‌। ढुंगेघाराभन्दा अलिकता भित्र बिहान सर्लक्क देखेको चारतले घर जगैबाट भाँचिएर पसारिएको थियो। त्यहाँ मानवीय क्षति नभएको जानकारीले ढाडस दियो, तर सानो भन्याङको रुम्बा डिपार्टमेन्टल स्टोरको खबरले हृदयलाई विदीर्ण बनायो। भोलिपल्ट त्यहाँ पुग्दा २० जनाजति मान्छे च्यापिएको, केहीको लाश निकालिएको थाहा भयो। १२ वैशाख साँझ्‌ दृश्य फेरियो। घरछेउका पालहरूमा बत्ती पिलपिलाउन थाले। म पनि पालमै छु। वरिपरिका पालहरूमा आमा बच्चा स्याहार्दै थिए, पुरुष खानेकुराको जोहो गर्दै थिए। चार दिनको पाल बसाइँ आतंकितहरूलाई सम्झ्‌शउने, सरसर्ती वरिपरिका घर हेर्ने, आफूले डिजाइन गरेका घरको हालखबर बुझने, खासै क्षति नभएका घरका घरघनी र डेरावाललाई सुरक्षित तरीकाले बस्न प्रोत्साहन गर्ने जस्ता क्रियाकलाप गरेर बिताइयो। भुइभन्दा बढी मन हल्लिएका छन्‌ सबैका। मानवीय र भौतिक क्षतिको हिसाबकिताब छैन। देश शोकमा डुबेको छ। आफन्त र इष्टमित्र गुमाएका छन्‌, घेरैले। जिन्दगीभरिको कमाइ बाटोछेउमा थुप्रो बनेको छ। यो अवस्थामा अनेक अफवाह फिँजाउनेहरू पनि देखिएका छन्‌, तिनीहरूबाट सचेत रहनुपर्छ। एउटा विपत्ले सय विपत नजन्माओस्‌। नयाँ घरका लागि बलियो-राम्रो उपाय पछ्याउँदै गरौँला, सम्पदा पुनःनिर्माण र जीर्णोद्धार पनि बिस्तारै गरौंला। अहिलेको पहिलो प्राथमिकता भने घरसँगै भत्केका मनहरूमा मलमपट्टी हो। मृतकका परिवारलाई राहत दिने, घरबारविहीन भएकालाई पुनर्स्थापन गर्ने र सबैलाई सामान्य स्थितिमा फकडउिने काममा ध्यान जाओस | नेपाललाई विपत्तिको भइखालोबाट छिट्टै उम्काउन पहल गर्नेहरूको जय होस्‌। http://nepalihimal .com/article/4338 1 1/2