18/07/2017 हिमाल खबरपत्रिका | जनताले थेगे अब राज्यको पालो स्यबरपत्रिका होमपेज | अमिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि जनताले थेगे अब राज्यको पालो रमझम Share: न्सश्युपन्त जे-जति सहयोग आएको छ, राज्यले जे-जति सक्छ त्यसलाई युद्धस्तरमा परिचालन गरेर पीडितमाझ पुन्याउनुपर्छ, भूकम्पले ध्वस्त पारेको | ce उपत्यका, हिमाल, पहाड सबैतिर एकसाथ पुनःनिर्माण थाल्नुपर्छ। हजुरआमाको काखमा बसेर हजुरबुबाको मुखबाट १९९० सालको मुईचालोबारे अनेकौं ७“ wae tA ha पटक सुनेको मैले २०७२ सालमा झ्न्डै त्यत्रै मुईचालोको प्रत्यक्ष अनुभव गरेँ। यस्तो oa =e gd ih अनुभव भावी पुस्ताले गर्न नपरे हुन्थ्यो। के हामी त्यस्तो नेपाल बनाउन समर्थ हुनेछौं? ee कपको 4 a पु ae हे अब सम्पूर्ण नेपालीको ध्यान र प्रयल त्यतातिर केन्द्रित हुनुपर्छ। eee Pig he ॥ 2. a ie ty, p ee Pape Yl Ay १ प्रकृतिको वरदान र श्राप मान्छे हेरेर लाग्दैन। उसका प्रकोप र प्रलयले सबैलाई पीडित 0 i ee ¥ pe MS बनाउँदा रहेछन्‌, साघन र सुन्दरता सबैका लागि भए जस्तै। त्यसैले पृथ्वी र प्रकृतिको ae छै “| x oa सुरक्षा सबैको साझा दायित्व बन्दोरहेछ। पृथ्वीलाई सुरक्षित राखेर त्यसमा व्यवस्थित 4 pee : जै रि ढंगले बस्न सके, प्रकृतिको सम्मान गर्न सके जीवन बढी सुरक्षित-व्यवस्थित बन्दो = १ । Ae votes रहेछ। यसपल्टको भूकम्पले सिकाएको यो पाठ जीवनमा कार्यान्वयन गर्न सकौला त10000011001 0 । “000. आ-आफ्नो ठाउँबाट यसका लागि प्रयलशील हुनैपर्छ। पह छ a ? VS {a ठाउँको देवकी बिष्ट अभाव खुला स्थानको अभावमा नारायणहिटी संग्रहालय परिसरभित्र शरण सानातिना भूकम्पले हल्लाउँदा एकछिन घर बाहिर निस्कने बानी परेको मैले यसपल्ट परेका भूकम्प पीडित। भने त्यसो गर्न सकिनँ। १२ गते भूकम्प थामिएपछि मात्र बाहिर निस्कन सकेँ। दुइटी छोरी, साली र मेट्न आएका दुई साथी विना चोटपटक बाहिर निस्कन सक्दा मैले सबभन्दा पहिले दिवंगत पितालाई सम्झ्‌झिएँ। २०४३ सालमा यो घर बनिरहँदा म पञ्चायती सरकारको जेलमा थिएँ। बुबा र माइलो भाइको रेखदेखमा बनेको घर बलिंयै रहेछ। जुनसुकै बेला आउनसक्ने भुईँचालोलाई ध्यानमा राखेर घर बनाउनु पर्दोरहेछ। भूकम्पको झ्ट्काबाट सामान्य अवस्थामा आएपछि छिमेकीहरूको खोजखबरतिर लागियो| वरपर केही घर भत्के पनि कोही हताहत भएका थिएनन्‌। त्यसपछि आउन थालेका समाचार भने अत्यन्त दुःखद्‌ थिए। सम्पदाको भण्डारका रूपमा रहेका उपत्यकाका तीनवटै दरबार परिसर, बुङ्मती, खोकना लगायत देशका अनेक सम्पदा क्षेत्र ध्वस्त भएको खबरले मन थाम्नै सकिएन। काठमाडौं र ललितपुरका भूकम्प प्रभावित क्षेत्रहरू हेरेर आवश्यक सल्लाह गर्न भनी १३ गते खाना खाएर निस्कँदा विष्णुमती नदीको ठुवै किनारामा मानिसहरू प्लास्टिकको ओतमुनि कोचाकोच बसिरहेका थिए। त्रसित मानिसहरू जताततैका स-साना खाली ठाउँमा अत्यन्त अप्ठ्यारो सहेर ज्यान जोगाइरहेका थिए। हाम्रो टोली सैँबु मैँसेपाटीहुँदै बुङ्मती Gani यही वर्ष मत्स्येन्द्रनाथको १२ वर्षे मेला लाग्नेथियो। त्यसैले रथ बुङ्मतीमै बनाएर अलिपरसम्म तानेर राखिएको थियो, शिखर शैलीको मत्स्येन्द्रनाथको मन्दिर थिएन। सँगैको भैरव मन्दिर पनि भत्केछ। पुरानो नेवार वस्ती बुङ्मती नै ध्वस्त थियो। ठाडा रहेका अधिकांश घर चर्केका थिए। मानिसहरू चोक-चउरमा प्लास्टिकको ओतमुनि थिए| रातो मत्स्येन्द्रनाथको घर मानिने सुन्दर मत्स्येन्द्रबहाललाई महाभूकम्पले क्षतविक्षत बनाएछ। भूकम्पको विनाश लीलाले मन रन्थनिएको थियो। त्यही बेला वरिपरिका घरहरूलाई पीङ झैं मच्चाउँदै, ढाल्दै भूकम्प आयो। घन्न कसैलाई केही भएन। हामी खोकना जाने कार्यक्रम रद्द गरेर पुल्चोक फर्कियौं। उपत्यकामा खुला ठाउँ र पार्कहरूको अभाव यसपालि धेरै खट्कियो। उपत्यकामा थप २०/२५ टुँडिखेल र थुप्रै पार्क बनाउनु जरूरी छ। सरकारले यस्ता खुला मैदान र पार्कहरू बढाउनैपर्छ। अर्कोपल्ट यस्तै भुईँचालो आयो भने खुला ठाउँ नभएरै हजारौं मान्छे मर्न सक्छन्‌। राष्ट्रिय संकल्प मर्नेहरू त मरेर गैगए, आफन्तजनहरू ठूलो पीडामा छन्‌। त्यो पौडामा कसरी मलम लगाउने, कसरी जनजीवनलाई छिटोमन्दा छिटो सामान्य-सहज बनाउने भन्नेमा सबैको प्रयल केन्द्रित हुनुपर्छ अब। महाभूकम्पले उपत्यकाका सर्वाधिक मह140वपूर्ण साँस्कृतिक केन्द्र र सम्पदाहरू पनि ध्वस्त पारेको छ। पहिलेको मौलिक स्वरुपमा अझ्‌ बलियो गरी तिनीहरूको पुनःनिर्माण गर्ने, वरपरका स्थानलाई पहिलेको भन्दा फराकिलो पार्ने काम तदारुकताका साथ थाल्नुपर्छ। भत्केका सम्पदाहरूको पुनःनिर्माण र चर्केका सम्पदाहरूको मर्मत-संरक्षणको कार्य राष्ट्रिय चुनौतीका रूपमा खडा छ। यो काम गर्न सकिएन भने उपत्यकाले पर्यटकहरूको आकर्षण गुमाउनेछ। पर्यटकहरूको अर्को आकर्षण क्षेत्र हिमाली भूभागका गाउँहरूलाई पनि महाभूकम्पले ध्वस्त पारेको छ। थुप्रै पर्यटक भूकम्पको चपेटामा परेका छन्‌। ती क्षेत्रको पुनःनिर्माणमा समेत तत्काल ध्यान जानुपर्छ। सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, काभ्रे र गोरखाका साथसाथै उपत्यकाका पीडितहरूले यथेष्ट आर्थिक, भौतिक सहायता पाउनुपर्छ। जनताको नाममा जम्मा भएको पैसा प्रधानमन्त्री कोषमा थन्क्याएर यही लोसो पाराले चल्ने हो भने हामी आर्थिक-सामाजिक रूपमा वर्षौं पछिपर्नेछौं। सरकारले पुग्दो आर्थिक सहायताका साथसाथै भूकम्प पीडितहरूलाई घर पुनःनिर्माणका लागि नाममात्रको व्याजदरमा वा निर्व्याजी रूपमा दीर्घकालीन त्रध्व्ण दिन थाल्नुपर्छ। नेपाल र नेपालीलाई आइलागेको यो चुनौतीको सामना एकताबद्ध भएर गर्नुपर्दछ। सानातिना स्वार्थ र लोमहरूले हामीलाई कमजोर नबनाओस्‌, हाम्रो स्वाभिमान निर्बल नहोस्‌। हामीले यो संकटबाट छिटै पार पाउँछौं भनेर अठोटका साथ अघि बढ्ने बेला हो, यो। चुनौती र अप्ठ्याराहरूलाई पराजित गर्दै सबै मिलेर पुनःनिर्माणका लागि राष्ट्रिय संकल्प गर्नुपर्दछ। अवसरमा परिणत गरौँ http://nepalihimal .com/article/4379 1/2