07/07/2017 सम्हालिने र सम्हाल्ने समय - विचार/विश्लेषण - कान्तिपुर समाचार = (http://www.ekantipur.com) C a 2 । | | | eS (hitp://election.ekantipur.com/) विचार/विश्लेषण (/category/opinion) सम्हालिने र सम्हाल्ने समय - केशव दाहाल (/80॥१01/केशव- दाहाल), काठमाडौ प्र = Lop: वेशाख १८, २०७२-बंसाख १२ गते महाभूकम्प आयो र हाम्रो धेरैथोक लुट्यो। हामी आफन्त, प्रियजन, सम्पत्ति र सम्पदा गुमाउनुको शोकमा छौँ। मान्छेहरू सडकमा छन्‌। घर हुनेहरू घर फर्किनसकेका छैनन्‌। घर नै नहुनेहरूको कुनै ठेगाना रहेन। उद्धारकार्य पूर्ण भएको छैन। द्रूरदराजमा भत्किएका घर अझै खोतलिएका छैनन्‌। के होला, नखोलिएका घरहरूमा- यो त्रासले अनेकौ परिवारलाई निदाउन दिएको छैन। धेरैको खाना, नाना र छानामात्र गुमेको छैन, न्यायो काख, प्रेमपूर्ण साथ र भविष्यका आसाहरू पनि गुमेका छन्‌। वसन्तपुर चोकदेखि सिन्धुपाल्चोकका विकट गराहरू सबै शान्त छन्‌, मर्दाघाटजस्तो। दुःखका कथाहरू सुन्ने पनि केही छैनन्‌, गाउँमा। केही मान्छेहरू भन्छन्‌, 'सरकार छैन'| hnttp://Kantipur.ekantipur.com/news/2015-05-01/408234.html 1/5