|
|
07/07/2017 भारतीय सेनाको आफूखुसी उडान - अन्य - कान्तिपुर समाचार
@___.gg,_________________________E = CCU
(http://election.ekantipur.com/)
अन्य (/८0€200०1"//०900)
भारतीय सेनाको आफूखुसी उडान
- सरोजराज अधिकारी (/00॥1०1/सरोजराज- अधिकारी), काठमाडौ
वैशाख १८, २०७२-महामूकम्पपीडित नेपालीको खोज, उद्धार र राहतका लागि आएको भारतीय सैनिक टोलीले समन्वय नगरी आफूखुसी उडान कार्यलाई निरन्तरता दिएपछि
नेपाली पक्ष असन्तुष्ट बनेको छ। विमानस्थलस्थित सुरक्षा स्रोतका अनुसार नेपाली पक्षको आवश्यकताभन्दा भारतीय सैनिकले नेपाल-चीन सीमातिर मात्र उडान गर्ने गरेबाट
प्रभावकारी रूपमा उद्धार कार्य हुन सकेको छैन।
भारतीय टोलीको बढीजसो उडान रसुवाको लाङटाङ, सोलुखुम्बुको लुक्लातिर हुने गरेको छ। उनीहरूले पटकपटक उत्तरी नाका तातोपानी जाने चासो व्यक्त गर्न गरेको
विमानस्थलमा खटिएका नेपाली सैनिकको गुनासो छ। विदेशी सैनिक तथा उद्धारकर्ताको समन्वयको जिम्मा पाएको नेपाली सेनाका अधिकृतहरूसमेत भारतीय पक्षको रवैयाबाट
आजित बनेका छन्।
सैनिक जनसर्म्पर्क निर्देशनालयले बिहीबार दिउँसो गरेको पत्रकार सम्मेलनमा पनि यस विषयमा प्रश्न उठेको थियो। तर, सैनिक अधिकारीहरूले नेपाली सेनालाई जस्तो भारतीय
सेनालाई यहाँको भूगोलबारे जानकारी नभएको जवाफ दिएका थिए। नेपाली सेनाका तर्फाट खोज, उद्धार र राहत कार्यको संयोजन गरिरहेका उपरथी विनोज बस्न्यातले साँझ
5 गर्दै भो, 'केही गनासो सुनिएको फ्र। सबैले हाम्रो समन्वयमा काम गर्नुपर्छ। हामी सबैको उद्देश्य विपत्मा परेकाको उद्धार गर्नु हो, कसैले अन्यथा सोच्नु हु“दैन।
छन गा. TEM AAR S|
सबभन्दा छिटो चासो देखाएर ठूलो संख्यामा सेना, उद्धारकर्ता र राहत पठाएको थियो। नेपाली सेनासँग सीमित हेलिकप्टर मात्र रहेको अवस्थामा भारतीय
(ले मतका बाई छगाहरू उद्वार कार्यमा प्रभावकारी हुने ठानिएको थियो। तर, त्यससँगै आएका भारतीय सैन्य कमान्डरको व्यवहारबाट समन्वयकर्ता नेपाली सैनिक रुष्ट
भएका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भूकम्प गएको एक घण्टामित्रै आपतकालीन बैठक राखेर तत्काल उद्धारका लागि चारवटा नेसनल डिजास्टर रेस्पोन्स फोर्स
(एनडीआरएफ) टोली नेपाल पठाउने निर्णय गरेका थिए। एनडीआरएफका महानिर्देशक मेजर जनरल ओपी सिंहले टोलीको कमान्ड गरिरहेका छन्।
http://kantipur.ekantipur.com/news/2015-05-01/408229 html I/D
|
|
|